हालै प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभा विघटन गरेपछि नेकपामा देखिएको विभाजनको असर प्रवासका पार्टी संगठनमा पनि परेको छ । केन्द्रमा जस्तै त्यहाँ पनि नेता तथा कार्यकर्ताहरु दाहाल–नेपाल र ओली पक्षमा विभााजित हुन् थालेका छन् । उनीहरु संसद विघटनको पक्ष र विपक्षमा उभिएर वकालत गरिरहेका छन् । भने झन्डै फरक फरक समुहमा उभीइ सकेका छन्
त्यति मात्रै नभई उनिहरुले आ–आफ्ना पक्षबाट विरोध र समर्थन जनाउने क्रम पनि सुरु गरेका छन् । नया दिल्ली स्थित नेकपा को पुर्व माओबादी पक्षाले प्रतिनिधिसभा विघटनविरुद्ध सोमबार नै विज्ञप्ति निकालेर विरोध गरेको थियो । पूर्वएमालेका नेताहरुले भने संगठनमा सल्लाह नै नगरी विज्ञप्ति निकालिएको आरोप लगाएका छन् । पूर्वएमालेको भारत प्रवास संगठनका अध्यक्ष तथा हालका नेकपाको भारतस्थित संगठन प्रवासी एकता मञ्चका संयोजक लोकनाथ भण्डारीले आफूले संगठनका साथीहरुलाई केही दिन पर्खौं भनेको तर पूर्वमाओवादीका नेताहरुले सोमबार नै संसद् विघटनको विरोधमा एकतर्फी रुपमा विज्ञप्ति निकालेर आफैले विभाजनको बाटो रोजेको आरोप लगाए ।
पार्टीभित्र बनेको विभाजनको परिस्थितिको असर प्रवासमा पनि देखिनु स्वाभाविक भएको संयोजक लोकनाथको जिकिर छ । उनले प्रधानमन्त्रीको संसद् विघटन गर्ने निर्णयको भने बचाउ गरे । उनले दुई तिहाई नजिकको सरकार भएर पनि पार्टी भित्रैबाट घेराबन्दी भएका कारण ओलीले संस्द विघटन गरेर चुनावमा जाने निर्णय लिन बाध्य पारिएको बताए ।
त्यसो त नेपाल कम्युनिष्ट पार्टी (एमाले) र नेकपा माओवादी एकीकृतबीच तीन वर्षअघि नै औपचारिक एकता भए पनि सांगठनिक एकता भने पूर्ण रुपमा सम्पन्न हुन सकेको थिएन । एकतापछि एकीकृत संरचनालाई प्रवासी एकता मञ्च नाम दिइएको थियो । मञ्चको संयोजकमा एमालेका तर्फबाट प्रवासी नेपाली मञ्च भारतका अध्यक्ष लोकनाथ भण्डारीलाई र सहसंयोजकमा पूर्वमाओवादीको अखिल भारत नेपाल एकता मञ्चका पूर्व अध्यक्ष ईश्वरी भण्डारीलाई तोकिएको थियो ।
श्रोत- कान्तिपुर अनलाइन
जि.सि. म्युजिक एण्ड मिडिया प्रा.ली द्वारा संचालित
जलजला अनलाइन डट कमका लागि
जलजला ३, राधास्वामी टोल, बगरफाँट पर्वत
ईमेल: [email protected]
सम्पर्क फोन- ०६९-५२१२९७
सूचना विभाग दर्ता नम्बर: ३४२१-२०७८/७९
प्रेस काउन्सिल सूचीकरण नम्बर : ३४६०
संचालक /सम्पादक :
कृष्ण बहादुर जि.सि.
सह-सम्पादक : देवी सुबेदी जि.सी .
संवाददाता: दीक्षा जिसी (काठमाडौँ )