धेरै समय पछी मुलुकमा नेकपाको बहुमतको सरकार बनेको थियो । लामो अस्थिरता पछी यसरी सरकार बनेपछि जनतामा एक प्रकारको उत्साह थियो र त्यो भन्दा बढी आधार अनि आशा थियो । अव मुलुकले स्थिर सरकार पायो सम्व्रिद्दिको शुरुवात पक्कै हुन्छ करिव साढे तिन बर्ष पछि यसरी तुषारापात हुन पुग्यो कि जनता अलमल परेका छन् ।
राजनीति बुझेका त आफ्नै तर्क अनि विश्लेशानामा लागेका छन् तर अधिकांश मतदाता जसले राजनीति राम्रो संग बुझ्न सकेका छैन तिनले कसरी बुझ्ने एउटा सामान्य नागरिकको हैसियतले प्रश्न गर्नु पर्दा र सोध्नु पर्दा के यसको जवाफ पाउन सकिएला ?
नेपालमा पंचायती ब्यबस्था त्यसपछि मुलुकमा स्थापना भएको बहुदलीय प्रजातान्त्रिक ब्यबस्था त्यसपछि देशमा चलेको ससस्त्र द्वन्द त्यसपछि लोकतन्त्र, पहिलो सम्बिधान सभाको निर्बाचनको असफलता अन्तमा मुलुकले पाएको नया संबिधान, संघियता र संसदीय निर्वाचन दुइ तिहाइ बहुमतको सरकार सम्ममा आइपुग्दा थुप्रै तितो र बिगत भोगेका पुस्ताले यसको जवाफ पाउन सकेका छैनन् र सायद अव पाउदैनन ।
मुलुकमा केहि काम नभएका होइनन तर आखिर किन स्थिर राजनीति देशमा हुन सक्दैन ? व्यक्तिगत स्वार्थ आपसी द्वन्द आदिको शिकार मुलुक किन बन्छ र सर्वसाधारण यसको धारमा कतिदि रेतिनु पर्ने हो ? यो प्रश्न अनुत्तरित छ साचै सम्ब्रिद्दी कस्तो हुन्छ कहिले अनुभूति गर्न पाउने ? आम नागरिकले दलगत स्वार्थ व्यक्तिगत खिचातानीको प्रहार हामी जनताले कहिले सम्म खापिरहने ? अहिले जनता यसको जवाफ खोजिरहेका छन् र मुलुकको बर्तमा अवस्था देखेर ट्वाल्ल परेको अवस्था छ ।
जि.सि. म्युजिक एण्ड मिडिया प्रा.ली द्वारा संचालित
जलजला अनलाइन डट कमका लागि
जलजला ३, राधास्वामी टोल, बगरफाँट पर्वत
ईमेल: [email protected]
सम्पर्क फोन- ०६९-५२१२९७
सूचना विभाग दर्ता नम्बर: ३४२१-२०७८/७९
प्रेस काउन्सिल सूचीकरण नम्बर : ३४६०
संचालक /सम्पादक :
कृष्ण बहादुर जि.सि.
सह-सम्पादक : देवी सुबेदी जि.सी .
संवाददाता: दीक्षा जिसी (काठमाडौँ )