पर्बतको जलजला ५ स्थित कुकुरचिहान खानेपानी आयाेजनाकाे काम धमाधाम भैरहेको छ । खानेपानीलाई सहज बनाउनका लागी जलजलाको उपल्लो भेग साबिक लेखफाट वडा नं ७, ८ र ९ मा पिउने पानीलाई सहज बनाउन आयोजना शुरु भएको हो ।
योजना अनुसार बनबढेमा ५८ ओटा धारा, २० घनमिटरकाे १ रिजर्भ ट्याङ्की १०/१० घनमिटरकाे २ ओटा रिजर्भ ट्याङ्की बनाउने कार्य तिब्रगतिमा भईरहेकाेछ । अहिले ५० मिलिमिटरको पाईपमा बनबढेमा पानी सुचारु भैसकेको छ भने २५ सेकेन्डमा २० लिटर पानी भरिएकाे छ । साथै लाप्रे, कुवापानी, टिमुराबाेट, मालगाउँ र आरुबाेटकाे लागि ९० मिलिमिटरको पाईपलाईन फलामेडाडा सम्म पुर्याउने लक्ष्यका साथ काम भैरहेको पुर्खबहादुर पुनले बताउनु भएकोछ ।
जि.सि. म्युजिक एण्ड मिडिया प्रा.ली द्वारा संचालित
जलजला अनलाइन डट कमका लागि
जलजला ३, राधास्वामी टोल, बगरफाँट पर्वत
ईमेल: [email protected]
सम्पर्क फोन- ०६९-५२१२९७
सूचना विभाग दर्ता नम्बर: ३४२१-२०७८/७९
प्रेस काउन्सिल सूचीकरण नम्बर : ३४६०
संचालक /सम्पादक :
कृष्ण बहादुर जि.सि.
सह-सम्पादक : देवी सुबेदी जि.सी .
संवाददाता: दीक्षा जिसी (काठमाडौँ )