रोचक

के मोबाइलले खोल्ला त मु.ना का.र्कीको ह.त्या र.हस्य ?

काठमाडौं, २ फागुन । गएको २७ माघमा ललितपुर सानेपास्थित निवासमा आफ्नै घरेलु सहयोगीबाट पूर्वसचिव अ.र्जुन कार्कीकी श्रीमति मु.ना का.र्की अ.धिकारी (४८) को ह.त्या भयो ।

अनुसन्धानमा जुटेका प्रहरी अधिकारीहरू घटनास्थलमा मु.ना र वि.जय चौ.धरी बाहेक तेस्रो व्यक्तिको प्रवेश नभएकोमा विश्वस्त छन् । घटनाको समयमा घरमा पालेको जर्मन सेर्फड जातको कुकुर पनि घर परिसरमै डुलिरहेको थियो ।

‘विजयले मु.नाको ह.त्या गरेर आफूले आ.त्मह.त्या गरेकोमा कुनै शंका छैन’, महानगरीय प्रहरी परिसर ललितपुरका प्रमुख एसएसपी टेकप्रसाद राई भन्छन्, ‘तर वि.जयले किन यसो गरे, कारणको खोजीमा हामी जुटेका छौं ।’ उनले घ.टनास्थलबाट बरा.मद सबुतप्रमाणहरूको प्राविधिक अनुसन्धानका लागि विधि विज्ञान प्रयोगशालामा पठाएको बताए ।

अहिले प्रहरीले मु.ना र वि.जय दुवैको मोबाइल फोन परीक्षणका लागि प्रयोगशालामा पठाएको छ । ‘यसबाट थप तथ्य खुल्न सक्ने हाम्रो आशा छ’, राई भन्छन् । एसएसपी राईका अनुसार वि.जयको मृ.त्यु श्वासप्रश्वास बन्द भएकाले र मु.नाको मृत्यु गम्भीर चोटका कारण भएको हो । यद्यपि बिहीबारसम्म पाटन अस्पतालले दुवैको पोष्टमार्टम रिपोर्ट भने प्रहरीलाई दिएको छैन ।
प्रहरीका अनुसार, २०४८ सालमा अ.र्जुन र मु.नाको विवाह भएको हो । दुवैका तीन सन्तान छन् । दुई छोरी विदेशमा बस्छन् । छोरा भने उनीहरूसँगै थिए ।

घ.टना अघि वि.जयको मनस्थिति

घ.टना भएको दिन पूर्वसचिव अ.र्जुन का.र्की बिहान पशुपतिनाथको दर्शनका लागि गए । छोरा स्कूल गएपछि घरमा घरेलु सहयोगी वि.जय र मु.ना मात्र थिए । प्रहरीले कार्कीको घरमा रहेका चार थान क्लोज सर्किट क्यामेरामा कैद दृष्यको विश्लेषणमा त्यो दिन वि.जयमा केही छटपटी भएको निष्कर्ष निकालेको छ । कार्कीको घरको भान्सा कोठा बाहिर राखिएको क्यामेराले भान्सा कोठाको एउटा भागको दृष्य कैद भएको छ ।

घ.टनाको अनुसन्धान गरिरहेका प्रहरी अधिकारीका अनुसार क्यामेरामा कैद भिडियोका अनुसार १० बजेर ८ मिनेटमा मु.ना किचनमा काम गरिरहेको देखिन्छ । यही समयमा विजय धेरै पटक उनको नजिक ओहोरदोहोर गरेको देखिन्छ ।

त्यसको केही समयमा मु.ना झ्यालतर्फ विपरीत दिशामा फर्किएको बेला प.छाडिबाट वि.जयले डो.रीले घाँ.टीमा बाँधेर मु.नालाई भुईंमा ल.डाएको देखिन्छ । त्यसपछि भान्सामै रहेको पिर्काले उनलाई अ.न्धाधु.न्ध प्रहार गरे । त्यसपछिको १० मिनेटको भिडियोमा केही देखिंदैन । दुवै भुईंमा रहेकाले सीसीटीभीले यसपछि दृश्य कैद गर्न नसकेको हो ।

‘वि.जयको मनमा केही योजना भएको उसको हाउभाउले देखाउँछ’, परिसरका अपराध अनुसन्धान शाखा प्रमुख डीएसपी सन्तोष तामाङ भन्छन्, ‘मु.ना भान्सामा छिरेपछि पनि ऊ वरिपरी घुमिरहेको दृष्यमा देखिन्छ ।’ पूर्वस.चिव का.र्की ११ बजेर २० मिनेटमा घर फर्कंदा वि.जय .लडिरहेका थिए । उनको वरिपरी र.गतले बनाएका पाइतालाका डो.बहरू थिए । श्रीमती मु.ना भान्सा कोठामा र.ग.ताम्य थिइन् ।

का.र्की प्रसादको पोका त्यहीँ फ्याँकेर चिच्याउँदै बाहिर आए । हारगुहार गर्दा केही सेकेण्डमै छरछिमेक भेला भए। कसैले प्रहरीलाई खबर गरे । एकैछिनमा महानगरीय प्रहरी परिसर ललितपुर र महानगरीय अपराध महाशाखाको टोली घटनास्थल पुग्यो । चिकित्सक सहितको टोली लिएर प्र.हरी घ.टनास्थल पुग्दा मु.ना गम्भी.र घा.इते थिइन् । उनलाई तत्काल ए.म्बुलेन्स मगाएर नजिकैको स्टार अस्पताल पठाएर प्र.हरी घ.टनास्थलको मु.चुल्का बनाउन थाल्यो ।

प्रहरीले मु.ना लडिरहेको स्थानमा टुक्रा.टुक्रा भएका प्लाष्टिकको पिर्का र नाइलनको डो.रीको गुजुल्टो फेला पार्‍यो । डाइनिङ हलको टेबलमा केही पैसा, दुई वटा कैंची, एउटा डोरीको सानो टुक्रा लगायत सामग्री पनि फेला परेका थिए । भान्सामा र.गतका टाटाहरू यत्रतत्र देखिए ।

प्रहरीले वि.जयको श.व मु.चुल्कामा उनको घाँ.टीमा चुँडिएको नाइलनको डोरी फेला पा¥यो । यस्तै उनको शरीरका अन्य भागमा कुनै चोट पटक थिएन, दुवै घुँडामा बजारिएको जस्तो घाउ र कट्टुमा वी.र्य चुहिएको भेटियो । यस्तै मु.नाको टाउकोमा धेरै ठाउँमा घाउ र बा.याँ स्त.नमा धेरै पटक प्र.हार गरे जस्तो चोट देखिएको थियो । ‘विज.यको भित्री ब.स्त्रमा वी.र्य भेटिएको हो’, एसएसपी राईले भने, ‘तर, आ.त्मह.त्याको अधिकांश घ.टनामा वीर्य भेटिन्छ ।’

कारणको खोजी

प्रहरी परिसर ललितपुरमा २७ माघमा मु.नाका पति अर्जुन र २९ माघमा वि.जयका बुवा जानकी चौधरीले घ.टनाको अनुसन्धान गरी सत्यतथ्य पत्ता लगाइदिन भन्दै जाहेरी दिएका छन् । दुवैले आफन्तको श.व बुझेर लगिसकेका छन् ।

प्र.हरीमा वि.जयका बुबा जानकीले दिएको जानकारी अनुसार वि.जय उनका जेठा छोरा हुन् । २४ वर्षका उनी पछिल्लो सात वर्षदेखि सानेपास्थित का.र्कीको घरमा घरेलु सहयोगीका रुपमा बसिरहेका थिए । यहाँ बसेको पाँच वर्षसम्म वि.जय घर गएनन् । त्यसपछि उनी जम्मा तीन पटक दाङको रनियापुरस्थित घरमा पुगेका थिए । पछिल्लो पटक उनी तिहारमा घर गएका थिए ।

जानकीले घटनाको केही दिन अघि (२०्२१ माघ यकिन मिति खुलाउन सकेनन्) वि.जयले फोन गरेको बताएका छन् । उनका अनुसार वि.जयले फोनमा मसुरोको दाल र पाँच लिटर तोरीको तेल मगाएका थिए । ‘काम गर्न आएपछि सबैभन्दा ठूलो भनेको एक पटक २० हजार रुपैयाँ पठाएका रहेछन्’, वि.जयका बुवा जानकीको भनाइ उद्धृत गर्दै एसएसपी राईले भने, ‘वि.जय बसेको कोठा हेर्दा ऊ माथि घ.रेलु हिं.सा भएको संकेत भेटिएन ।’

सबै ठीकठाक भए यति क्रु.रतापूर्वक उनले किन मु.नाको ह.त्या गरे ? ‘हामी कारण खोज्दैछौं’, एसएसपी राई भन्छन्, ‘सामाजिक, आर्थिक वा व्यवहारको विषय हुनसक्छ, त्यसको चाँडै यकिन हुनेछ ।’ प्रहरीले घरमा आउजाउ गर्ने आफन्त सहित अन्य कामदारहरूसँग क्रमशः बयान लिइरहेको छ । ‘पी.डामा विक्षिप्त रहेका कारण का.र्कीसँग ब.यान लिन बाँकी छ’, राई भन्छन् । हिमाल खबर पत्रिकाबाट

Leave a Reply

Your email address will not be published. Required fields are marked *