स्वास्थ्य

ज्योतिषका कुरा: तपाईंको सपनासँग जोडिएका प्रश्नको जवाफ यहाँ छ !

एजेन्सी

सुतिरहेका बेला हरेक मानिसले सपना देख्दछ । केही सपना देखेपछि राम्रो महसुस हुन्छ भने कसैले भने घोचिरहन्छ । परम्परागत मान्यताअनुसार तपाईंले देखेका सपनाका अर्थ हुन्छन् । के तपाईंलाई यसबारे थाहा छ ?

देवीको दर्शनः रोगबाट मुक्ति || रातो फूल देखेः भाग्य चम्कनु || आँखामा गाजल लगाइरहेको देख्नु
शारिरिक कष्ट हुनु || झरना देख्नुः दुःखको अन्त्य हुनु ||

गुरुलाई देख्नुः सफलता पाउनु || जनावरलाई देखेः सर्प, बिच्छीलाई देख्नु अशुभ || आफैंलाई मरेको देख्नुः
आयु बढ्नु || परीक्षा दिइरहेको देख्नुः जीवनमा अगाडि बढ्नु ||

धनको हानी देख्नुः चेतावनी हो, सोचेर मात्र कदम उठाउनुहोस् || जनावर देख्नुः भैंसी, गाई, सिंह, हात्ति देख्नु शुभ ||

आफ्नै हात काटिएको देख्नुः कुनै निकट परिवारको सदस्यको मृत्यु || सुकेको बगैंचा देख्नुः कष्टको प्राप्ति || राजनेताको मृत्यु भएको देख्नुः देशमा समस्या हुनु || पहाड हल्लिएको देखेः कुनै रोगको प्रकोप हुनु ||

हरियो जंगल देख्नुः प्रसन्नता पाउनु || आफू उडेको देख्नुः कुनै समस्याबाट छुटकारा || सानो जुत्ता लगाउनुः
कुनै महिलासँग झगडा || लडाईंमा मृत्यु हुनुः राज प्राप्तिको योग ||

चन्द्रमा टुटेको देख्नुः कुनै समस्या आउनु || चन्द्रग्रहण देख्नुः रोग लाग्नु || कमिला देख्नुः कुनै समस्यामा पर्नु || दाँत फुस्केको देखेः समस्यामा वृद्धि ||

खुल्ला ढोका देखेः कुनै व्यक्तिसँग मित्रता हुनु || बन्द ढोका देख्नुः धनको हानी हुनु || धुँवा देख्नुः व्यापारमा हानी || भूकम्प देख्नुः सन्तानलाई कष्ट || चश्मा लगाउनुः ज्ञान वृद्धि||

मासु देख्नुः आकस्मिक धन लाभ || पूजा पाठ गरेको देख्नुः समस्याहरुको अन्त्य || शिशु हिँडेको देख्नुः रोकिएको धन प्राप्त हुनु || सिंहको जोडी देख्नुः दाम्पत्य जीवनमा अनुकुलता ||

सेतो बिरालो देख्नुः धनको हानी || खच्चर देख्नुः धन सम्बन्धी समस्या || शव देख्नुः रोगबाट टाढा हुनु || धन उधारो दिनुः अत्यधिक धन प्राप्ति || चन्द्रमा देख्नुः सम्मान पाउनु || चील देख्नुः शत्रुबाट हानी ||

चामल देख्नुः कसैसँगको शत्रुता समाप्त हुनु || चाँदी देख्नुः धन लाभ हुनु || कैंची देख्नुः घरमा कलह हुनु || सुपारी देख्नुः रोगबाट मुक्ति || फलफूल खानुः धन लाभ हुनु ||

सुन पाउनुः धन हानी हुनु || काग देख्नुः कसैको मृत्युको समाचार पाउनु ||

Leave a Reply

Your email address will not be published. Required fields are marked *