स्वास्थ्य

ढोका वा गाडीमा किन झुण्ड्याइन्छ कागती र खुर्सानी, यस्तो छ धार्मिक र वैज्ञानिक बिश्वास

काठमाडौं – हामिहरुले देखिरहेका छौ होला प्राय घर र गाडीहरुमा कागती र खुर्सानी झुण्ड्याइएको हुन्छ । बजारमा पसलहरुमा पनि कागती र खुर्सानी गासेर झुण्ड्याएको देखिएको छ । धार्मिक मान्यता अनुसार घर, पसल र गाडीमा कागती र खुर्सानी झुण्डाउदा कसैको नजर नलाउने बिश्वास गरिएको छ । गाडीमा कागती र खुर्सानी झुण्ड्याउदा दुर्घटना र कुनै क्षति नहुने बिश्वास पनि गरिएको छ ।

धेरैले यस कुरालाई अन्धविश्वास पनि भनेका छन् तर वैज्ञानिकहरुले भने कागती र खुर्सानीले स्वास्थ्यलाई राम्रो बनाउने बताएका छन् ।

पसलमा मेसीनहरुबाट हुने जोखिमको वास्तुदोष हटाउन कागती र खुर्सानी झुण्ड्याइने गरिन्छ । कागतीको रूख घर वरीपरि रोपेमा वातावरण स्वच्छ हुने बताइएको छ । हावालाई सफा बनाउन धेरै भुमिका निभाएको हुन्छ । कागतीबाट सुगन्ध हावामा फैलिदा विभिन्न किराहरू भाग्ने पनि बिश्वास गरिएको छ । पसलमा वा घरमा कागती र खुर्सानी झुण्ड्याइएको छ भने प्रत्येक हप्तामा परिबर्तन गर्नु राम्रो हुन्छ ।

अमलाको जुसले निको पार्छ यी रोगहरु, यस्ता छन् फाइदाहरु

काठमाडौं – सिजनमा अमला सजिलै पाइन्छ । स्वादमा अमिलो हुने अमलाको सेवनले हाम्रो स्वास्थ्यलाई धेरै फाइदा पुर्याउछ । अमलाको जुस बनाएर पिएमा धेरै रोगहरुबाट पनि बच्न सकिन्छ । अमलाको जुस औषधिय गुणले भरिपुर्ण छ ।

यसको सेवन गर्ने गरेमा आँखाको ज्योति बढ्छ । अमलाको जसमा क्याल्सियम, प्रोटिन भिटामिन, मिनरल्स लगायतका पोषक तत्त्व पाइन्छ । शरिरलाई स्वस्थ राख्न अमलाको जुस सेवन गर्नु आवस्यक छ । यसको सेवनले दिमाग तेजिलो हुन्छ । अमलाको जुस पिएमा कपाल फुल्ने समस्याबाट टाढा रहन सकिन्छ । यसको सेवनले महिलाहरूको महिनावारी समस्या समाधान हुन्छ ।

अमलाको जुसको सेवनले मुत्रनलीमा देखिने समस्या समाधान हुन्छ । यसको सेवनले पेट र मिर्गौलालाई पनि सफा राख्छ । अमलाको सेवनले कब्जियत हुन नदिई झाडापखाला रोक्छ । यसको सेवन गर्नाले पत्थरी हुनबाट जोगिइन्छ ।

आँखाको तेजलाई बढाउन सेवन गर्नुहोस् शरिफा, हुन्छन् यस्ता फाइदाहरु

काठमाडौं – शरिफा अर्थात सीताफल हाम्रो गाउँघरमा पाइने गरिन्छ । यसबारे धेरैलाई थाहा पनि नहुन सक्छ । यसमा प्रशस्त मात्रामा भिटामिन सी, ए, राइबोफ्लेविन, थियामिन, नियासिनलगायतका तत्वहरु पाइन्छ ।

बिभिन्न रोगसँग लड्न सक्ने क्षमता राख्ने शरिफा स्वास्थ्यको लागि फाइदाजनक छ । शरिफाले हाम्रो आँखाको तेजलाई बढाउने काम गर्छ । यसको सेवन गर्ने गरेमा शरीरको जोर्नी दुखेको ठिक हुन्छ ।

खाँदा निकै मिठो हुने शरिफाको सेवनले हृदयघात र क्यान्सर जस्ता रोगबाट पनि बच्न सकिन्छ । यसको नियमित सेवन गर्नाले रक्तचाप नियन्त्रण हुन्छ । शरिफाको पात र बोक्रालाई पनिमा उमालेर सेवन गरेमा जुका नियन्त्रण हुने गर्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *