स्वास्थ्य

वाणको शय्यामा हुँदा भीष्म पितामहले बताएका धर्म, अर्थ, काम र मोक्ष प्राप्त गर्ने १० तरिका

महाभारतको अनुशासन पर्व अनुसार भीष्म पितामह जब बाणको शय्यामा सुतेका थिए तब उनलाई भेट्न पाँच पाण्डव पुगेका थिए । त्यतिबेला धर्मराज युधिष्ठिरले भीष्म पितामहसँग ब्रह्मर्षि र देवर्षिका सामू धर्मको विषयमा थुप्रै प्रश्न सोधे । तत्वज्ञानी र धर्मका जानकारी भीष्मले वर्णाश्रम र राग–वैराग्यसहित थुप्रै ज्ञानको कुरा र अनेक रहस्यमयी भेद सम्झाए । यसकास ाथै भीष्मले पाण्डवलाई दानधर्म, राजधर्म, मोक्षधर्म, स्त्रीधर्म र अन्य जीवनका रहस्यबारे विस्तारपूर्वक चर्चा गरे । धर्म, अर्थ, काम र मोक्ष कसरी प्राप्त गर्न सकिन्छ भनेर पनि भीष्मले बताए ।

१. परिवर्तन संसारको नियम हो र सबैले यो स्विकार गर्नुपर्छ, अनिमात्रै सुख–शान्ति पाउन सकिन्छ ।

२. जो व्यक्तिले आफ्नो आमा–बुवाको सेवा गर्छ, उसले परलोकमा पनि मान–सम्मान प्राप्त गर्छ ।

३. एक राजाले आफ्नो पुत्र र प्रजामा भेदभाव गर्नु हुँदैन ।

४. आफ्नो गुरुका लागि मान–सम्मान र प्रेमले नै व्यक्तिलाई सर्वश्रेष्ठ बनाउन सक्छ ।

५. धर्ममा थुप्रै द्वार छन् । सन्तजनले ती मार्गको कुरा गर्छन् जुन उनीहरुलाई थाहा हुन्छ तर सबै मार्गको आधार आत्मसंयम हो ।

६. मुश्किल स्थिती यो जीवन चक्रको नियम हो । तनाव नलिइकनै यसको सामना गर्दा मात्रै सफलता पाइन्छ ।

७. सत्य र धर्मको मार्गमा हिँड्ने सानो कमिला पनि एक हात्तीभन्दा शक्तिशाली हुन्छ ।

८. यदि कोही महान व्यक्तिले अधर्म र अन्यायलाई साथ दिन्छ भने धर्मको अगाडि ऊ झुक्नै पर्छ ।

९. सत्ता सुख भोग चलनका लागि नभई कठिक परिश्रम गरेर समाजलाई कल्याण गर्नका लागि हुन्छ ।

१०. समय असाध्यै बलवान हुन्छ, एकै क्षणमा सबै परिस्थिती परिवर्तन हुन्छ ।

सद्गुरुले यसरी बताए एकादशी र उपवासको महत्व

एकादशी भनेको के हो ?

पूर्णिमा पछिको एघारौँ दिन अनि औँशी पछिको एघारौँ दिनलाई एकादशी भनिन्छ । हरेक ४० देखि ४८ दिनमा मानव प्रणाली एउटा चक्रबाट गुज्रिन्छ, जसलाई मण्डल भनिन्छ । यो अवधिमा तीन दिनहरू यस्ता हुन्छन्, जहाँ शरीरले खाना खान चाहँदैन । ती ३ दिनहरू व्यक्ति(व्यक्तिहरू बीच फरक हुन सक्छन्, अनि बराबर अन्तरालमा नआउन पनि सक्छन् । यदि तपाईंले ती ३ दिनहरू पत्ता लगाउनुभयो र ती दिनहरूमा शरीरलाई खाना दिनुभएन भने ९किनकि शरीरले खान चाहँदैन०, यो सरल अभ्यासले पनि तपाईंका थुप्रै समस्याहरू समाधान गर्नेछ ।

एकादशीको महत्त्व

″यति क्यालोरी, यति प्रोटिन र यति मिनिरल खानुपर्छ″ भन्ने वाहियात् कुरालाई नपछ्याएर आफ्नो शरीरलाई पर्याप्त ध्यान दिने हो भने, शारीरिक प्रणालीमा हुने यो चक्रलाई अधिकांश मानिसहरूले पहिचान गर्न सक्छन् । साथै, ती तीन दिनहरू सजिलै थाहा पाउन सकिन्छ । तसर्थ, यो बताइएको थियो कि ४८ दिनमा ३ दिन तपाईंले केही खानुहुँदैन । यो यसकारण भनिएको हो, किनकि कसैले आफ्नो प्रणालीलाई गहिराइमा हेरे अनि त्यसबाट यो कुरा व्यक्त गरे । तर, सबै मानिसहरू यसप्रति सचेतन नहुने भएकोले उपवासको लागि एकादशी निर्धारित गरिएको हो । यदि तपाईंले हेर्नुभयो भने, ४८ दिनमा ३ वटा एकादशी पर्छन् ।

एकादशी उपवास

उपवास वा व्रत बस्नुको कारण के हो भने, यसदिन पृथ्वी विशेष अवस्थामा हुन्छ, अनि हामीले आफ्नो शरीरलाई हलुका राखी ग्रहणशीलताको लागि उपलब्ध बनायौँ भने, हाम्रो जागरुकता वा चेतना भित्रतर्फ फर्किन्छ । यसदिन आफ्नो भित्री आयामको ढोका खोल्ने सम्भावना बढी हुन्छ । तर, यदि तपाईंको पेट टन्न भरिएको छ अनि तपाईं अचेतन र सुस्त हुनुहुन्छ भने, तपाईँ यसलाई महसुस गर्न सक्नुहुन्न । अतः सतर्क र सजग रहन, साथै शरीरलाई शुद्ध गर्नको निम्ति यसदिन हामी केही खाँदैनौँ— अघिल्लो रातमा खाना खाएपछि हामी एकादशीको रातमा मात्र खाना खान्छौँ ।

आफ्नो कामको प्रकृतिले गर्दा वा उचित साधनाको अभावले गर्दा, तपाईं केही नखाइकन बस्न सक्नुहुन्नँ भने, तपाईं फलाहार रोज्न सक्नुहुन्छ— यो पेटको लागि हलुका हुन्छ र आफ्नो भित्री आयामको लागि ढोका खोल्न सहायक हुन्छ । जबरजस्ती केही नखाइकन बस्नु उचित होइन । उपवासको अभिप्राय के हो भने, हामी हरेक चीजलाई चेतनशील हुने प्रक्रिया बनाउन चाहन्छौँ । हामी बाध्यात्मक रूपमा खान चाहँदैनौँ, बरु सचेतनपूर्वक रोज्दछौँ ।

isha.sadhguru.org बाट साभार

Leave a Reply

Your email address will not be published. Required fields are marked *