समाचार समाज

रवि लामिछा’नेसहित तीन जनाबारे दर्ता भयो निवेदन, अब के होला ?

भदौ २३, काठमाडौं । पत्रकार शालि’कराम पुडा’सैनी आत्मह’त्या प्रकारणमा टिलिभिजन प्रस्तोता रवि लामि’छानेसहित तीन जनालाई पुर्पक्षका लागि थुनामा राख्न उच्च अदालत पाटनको हेटौँडा इजलासमा निवेदन दर्ता गरिएको छ ।

सोमबार सरकारी वकिल कार्यालयले उच्च अदालत पाटनको हेटौँडा इजलासमा निवेदन दर्ता गराएको हो । जिल्ला अदालतको आदेशलाई बदर गरी उनीहरुलाई पुर्पक्षका लागि थुनामा पठाउन माग गर्दै उच्च अदालतमा पुनरावेदन दर्ता भएको हेटौँडा इजलासका प्रवक्ता अमृत घिमिरले बताए ।

उनका अनुसार सो निवेदनको प्रारम्भिक सुनावाई मंगलबार तोकिएको छ । यसअघि सरकारी वकिल कार्यालयले अभियुक्त तीनै जनालाई ५ वर्ष कैद र ५० हजार जरिवान माग दावी गर्दै जिल्ला अदालतमा अभियोग पत्र दायर गरेको थियो ।

चितवन जिल्ला अदालतले अस्मिता भन्ने रुकु कार्कीलाई साधारण तारेखमा, लामिछाने र युवराज कँडेललाई धरौटीमा रिहा गर्ने आदेश दिएको थियो ।

र यो पनि

रवि लामि’छानेको मुद्दामा उच्च अदालतले दियो यस्तो आदेश

उच्च अदालत पाटनको हेटौंडा इजलासले पत्रकार शालि’कराम पुडा’सैनीको आत्मह’त्या प्रकरणमा मुछिएका ‘सिधा कुरा जनतासँग’ कार्यक्रम प्रस्तोता रवि लामि’छानेको मुद्दामा कैफियत प्रतिवेदन मागेको छ ।

लामि’छाने र उनका सहकर्मी युवराज कँडेलले हिजो उक्त मुद्दामा जिल्ला अदालत चितवनले दिएको आदेशविरूद्ध हेटौंडा इजलासमा निवेदन दिएका थिए।

उक्न निवेदनको सुनुवाइ गर्दै न्यायाधीश टेकराज नेपालको इजलासले कैफियत प्रतिवेदन माग्ने निर्णय गरेको हो। लामि’छानेले मंगलबार पाटन उच्च अदालतको हेटौंडा इजलासमा निवेदन दिएका थिए । उनको निवेदनमा आफूलाई पाँच लाख धरौटी तिराउने जिल्ला अदालतको आदेश बेरितपूर्ण भएको भन्दै बदर गर्न माग गरिएको उच्च अदालतको हेटौंडा इजलासका सहरजिष्ट्रार केशर अर्यालले जानकारी दिए ।

लामिछानेको निवेदनमा आफूले आत्मह’त्या दुरुत्साहन नगरेकाले साधारण तारिखमा रिहा हुनुपर्ने र विदेश जान प्रतिबन्ध लगाउन नहुने जिकिर गरिएको छ ।

पुडासै’नीलाई आत्मह’त्या गर्न ‘दुरुत्साहन’ गरेको अभियोग लागेका लामि’छाने र युवराज कँडेल जिल्ला अदालत चितवनले भदौ ९ गते क्रमश: पाँच र तीन लाख रुपैयाँ धरौटी मागेको थियो ।

जिल्ला न्यायाधीश हेमन्त रावलको इजलासले सोही मुद्दामा पक्राउ परेकी अस्मिता कार्की ‘रूकु’लाई सामान्य तारेखमा छोड्न आदेश दिएको थियो।

‘लामिछाने र कँडेलले पुडा’सैनीको आत्मह’त्याबारे प्रस्तुत मुद्दाको टुंगो नलागेसम्म न्यायिक प्रकृयाको बारेमा देश तथा विदेशबाट टेलिभिजन कार्यक्रम, फेसबुक लाइभ युट्युबजस्ता काम नगर्ने/नगराउने, औषधि उपचारको लागि जानुपर्‍यो भने यो अदालतको पूर्वअनुमति लिएरमात्र जानुपर्ने,’ अदालतको आदेशमा भनिएको छ।

पुडा’सैनी साउन २१ गते चितवनको कंगारू होटलमा झु’ण्डिएको अवस्थामा फेला परेका थिए। उनको साथबाट आत्मह’त्याअघि खिचिएको भिडिओ प्राप्त भएको थियो । जसमा उनले लामि’छानेसहित तीनै जनाका कारण आफू म’र्नुपरेको बताएका थिए।

पुडा’सैनी न्युज २४ टेलिभिजनमा लामि’छानेले चलाउँदै आएको सिधाकुरा जनतासँग भन्ने कार्यक्रमका पूर्वसंवाददाता हुन् ।

र यो पनि 

चितवन जिल्ला अदालतको आदेशविरुद्ध उच्च अदालत पुगे रवि लामि’छाने

टेलिभिजन कार्यक्रम प्रस्तोता रवि लामि’छानेले पत्रकार शालि’कराम पुडा’सैनी मृ’त्यु प्रकरणमा चितवन जिल्ला अदालतले जारी गरेको आदेशविरुद्ध पाटन उच्च अदालतमा पुनरावलोकन रिट दायर गरेका छन् ।

लामि’छानेसँगै शालि’कराम मृ’त्यु प्रकरणमा मुछिएका अर्का अभियुक्त न्यूज २४ टेलिभिजनमा कार्यरत युवराज कँडेलले पनि चितवन अदालतको आदेशविरुद्ध उच्च अदालत पाटनको हेटौंडा इजलाशमा पुनरावलोकन रिट दायर गरेका हुन् ।

उच्च अदालत पाटको हेटौंडा इजलाशका प्रवक्ता अमृत घिमिरेले रवि र कँडेलका तर्फबाट चितवन जिल्ला अदालतको थुनछेक आदेशविरुद्ध पुनरावलोकन रिट निवेदन दर्ता भएको बताए ।

‘उहाँहरु (रवि र युवराज)ले पुनरावलोकन रिट निवेदन दिनुभएको छ,’ घिमिरेले भने, ‘रिट दर्ता भइसकेको छ ।’

पत्रकार शालि’कराम पुडा’सैनी मृ’त्यु प्रकरणका अभियुक्त ला’मिछाने र कँडेलबाट जनही ५ तथा ३ लाख रुपैयाँ धरौटी लिइ तारेखमा राखेर मुद्दाको पुर्पक्ष गर्न भन्दै चितवन जिल्ला अदालतले भदौ ९ गते थुनछेक आदेश जारी गरेको थियो ।

तर, लामि’छाने र कँडेलले चितवन जिल्ला अदालतको आदेश बेरितको रहेको भन्दै उक्त आदेश खारेज गरी साधारण तारेखमा रही मुद्दाको पुर्पक्ष गराइ पाउँ भन्दै उच्च अदालत पाटनको हेटौंडा इजलाशमा पुनरावलोकन रिट दायर गरेका हुन् ।

प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *