छिमेकी विन्देश्वरको त्यो घात जसले गर्दा रेखाबाट टाढियो परिवार [नालीबेली]

भदौ २३, जनकपुरधाम । धनुषा शहीदनगर नगरपालिकाका वडा नम्बर ३ की रेखा मण्डलले जनकपुरधाममा जग्गा किन्ने र राम्रो घर बनाउने सपना बुनिन्।

नेहा झाले सेतोपाटीमा लेखेका छन् । यसका लागि रेखाले वडा नम्बर १ स्थित चार धूर जग्गामा रहेको घडेरी बेचेर उक्त वडामै १० धूर जग्गा किन्ने योजना बनाइन्।

गाउँकै विन्देश्वर मण्डलले जनकपुरको वडा नम्बर १ मा आफ्नो जग्गा रहेको र उक्त जग्गा बेच्न चाहेको कुरा रेखालाई सुनाए।

बेचिएकै घर नजिक रेखाले जग्गा पाउने भएपछि १० धूर जग्गा किन्न तयार भइन्।

विन्देश्वरले आफूसँग भएको ६ कठ्ठा जग्गामध्ये १० धूर रेखालाई बेच्न तयार भए। रेखासँगै गाउँकै ३ जना अन्जन मण्डल, अनिता मण्डल र ओपिन्द्र मण्डल समेतले जग्गा किन्ने भए।

१०/१० धूर जग्गाको ४/४ लाख रुपैयाँका दरले चारै जनाले १६ लाख रुपैयाँ बुझाए।

रेखाको त्यो सपना त्यति बेला चकनाचुर भयो, जति बेला विन्देश्वरले आफ्नो जग्गा भनी देखाएको जग्गा उनको नरहेको खुलासा भयो।

रेखाका श्रीमान् श्याम मण्डल विगत १६ वर्षदेखि वैदेशिक रोजगारीको क्रममा मलेसियामा छन्। रेखा ठगिएपछि श्रीमानले समेत पैसा पठाउन छोडेका छन्।

‘पैसा त गयो, सँगसँगै घर र परिवार समेत टाढियो’ रेखा भन्छिन् ‘श्रीमानले समेत अन्तै जा भन्छन्।’

उनका दुई छोरा छन्।

पछिल्लो समय उनी मिल्स एरियामा किराना पसल र कपडा सिउने मेसिन राखेर सिलाइकटाई गर्दै आएकी छिन्।

अरुको जग्गा देखाइ ठगेपछि रेखाले जिल्ला अदालत धनुषामा विन्देश्वरविरूद्ध मुद्दा समेत दर्ता गराएकी छन्।

प्रहरीले समेत विन्देश्वरलाई पक्राउ गर्न नखोजेको उनको गुनासो छ। विन्देश्वर गाउँमै भएका बेला समेत प्रहरी प्रशासनको असहयोगका कारण पक्राउ पर्न नसकेको रेखाको आरोप छ।

जिल्ला प्रहरी कार्यालय धनुषाका प्रहरी उपरीक्षक शेखर खनालले ठगीमा संलग्न विन्देश्वरको खोजीमा प्रहरी सक्रिय रहेको दाबी गरे। प्रहरीले विन्देश्वरको कल डिटेलमार्फत् लोकेसन ट्रयाक गरेर खोजी गरिरहेको उनको भनाइ छ।

खाता नै नरहेको बैंकको चेक दिए

एक वर्ष अघि विन्देश्वर गाउँमा आउँदा विन्देश्वरले राष्ट्रिय वाणिज्य बैंकको चेक काटेर दिए, त्यो दिन शुक्रबार परेपछि उनी सटहीका लागि आइतबार गइन्। चेक साटिएन।

एक महिनापछि बैंकका कर्मचारीले विन्देश्वरको खाता नै नरहेको बताए।

विन्देश्वरले रेखासँग जग्गाको रकम बाहेक पनि पैसा लिएका छन्। विन्देश्वरले रेखासँग २३ लाख लिएको तमसुक समेत बनाएका छन्।

‘छोरीको विवाहमा गरगहना र ज्वाइँको लागि साढे दुई लाख मूल्य बराबरको मोटरसाइकल समेत मेरै पैसाबाट खरिद गरी थप नगद पनि लिएका छन्’ रेखाले भनिन् ‘म त अब घर न घाटको भएँ।’

प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *