समाचार समाज

अदालतको आदेशअनुसार रवि लामि’छानेले पालना गर्नुपर्ने यस्ता छन् ३ सर्त

भदौ ९, काठमाडौं । पत्रकार शालि’कराम पुडा’सैनी आत्मह’त्या दुरुत्साहनका आरोपी रवि लामि’छाने जिल्ला अदालत चितवनको आदेशबाट रिहा भएका छन्।

अदालतमा उनले गरेको बयान, प्रमाण तथा बहस सुनिसकेपछि जिल्ला न्यायाधीश हेमन्त रावलको एकल इजालसले उनलाई ३ वटा सर्तमा रिहा गरेको हो।

पहिलो, उनी साधारण तारेखमा रिहा भएका होइनन्। रिहा हुन उनले ५ लाख रुपैयाँ बुझाए। मुद्दामा धरौटी मागको अर्थ उनी सो प्रकरणमा उनी सत्प्रतिशत निर्दोष छैनन् भन्ने हो।

दोस्रो, पत्रकार शालि’कराम पुडा’सैनी आत्मह’त्या प्रकरणमा आफैँले टेलिभिजन कार्यक्रम बनाएर प्रसारण गर्न पाउने छैनन्। आफू अभियुक्त रहेको प्रकरणबारे आफैँले निर्माण गर्ने सामग्री तटस्थ नहुने एवं तथ्यहरु तोडमोडको सम्भावना रहने भएकाले अदालतले त्यसलाई प्रतिबन्ध लगाएको हो। उनी अभियुक्त भएको प्रकरण बाहेक न्युज २४ को ‘सिधा कुरा जनतासँग’मा अन्य सामग्री देखाउन प्रतिबन्ध हुने छैन।

तेस्रो, उनी सुटुक्क विदेशतिर लाग्न पाउने छैनन्। विदेश जानुपर्ने भए जिल्ला अदालत चितवनबाट अग्रिम रुपमा उद्देश्य र कारण खुलाई लिखित अनुमति माग गर्नुपर्नेछ। अदालतलाई मनासिब लागेमा उनलाई अनुमति दिन सक्नेछ। अनुमतिबिना विदेश जान खोजे उनी पक्राउ पर्न सक्नेछन्। यस्तो अवस्थामा पक्राउ परे उनी पुर्पक्षको लागि थुनामा जानेछन्।

र यो पनि

न्यूज२४ कर्मी ढुंगेल र रविकै बयान बाझियो !

पत्रकार शालि’कराम पुडा’सैनी दुरुत्साहन अभियोगमा अनुसन्धानका लागि पक्राउ परेका न्यूज २४ का टिभी प्रस्तोता रवि लामि’छाने र सोही संस्थामा कार्यरत क्यामराम्यान अनिल ढुंगेलको बयान बाझिएको छ ।

प्रहरीसँगको बयानमा रविले शालि’करामकी प्रेमिका भनिएकी अस्मितालाई नचिनेको बताएका छन् । रविले बयानमा ‘रुकु’ भन्ने अस्मितालाई चितवनको थुनुवा कक्षमा मात्रै चिनेको बताएका हुन् ।

रविले आत्मह’त्याको दुई÷तीन दिनअघि अस्मिता न्युज २४ को कार्यालयमा आएको र क्यामराम्यान अनिल ढुंगेललाई भेटेर आफ्नो समस्या राखेको भन्ने कुरा आफूले सुनेको बताएका छन् ।

यता ढुंगेलले बयानको क्रममा रवि र दीपकको सल्लाहमा नै अस्मितालाई न्यूज२४ को कार्यालय देखिने गरी सेल्फी खिच्न आग्रह गरेको बताएका छन् ।

शालिकलाई ‘तिमी न्यूज२४ गएको कुरा थाहा हुने र फलो गर्न छोड्ला’ भनेर आफूले पनि अस्मितालाई सेल्फी खिच्न भनेको उनले बयानमा बताएका छन् ।

पछि पनि अस्मिताले मलाई १–२ पटक फोन गरेर सहयोग गरिदिनुपर्यो भनेकीले दीपक बोहरा र रवि लामि’छानेको सल्लाहअनुसार अस्मितालाई प्रहरीमा जान समेत आग्रह गरेको उनले बताएका छन् ।

बयानमा उनले शालि’करामले आत्मह’त्या गरेको भोलिपल्ट २ः३० बजे दीपक बोहरा र रवि आफै अस्मितालाई भेट्न ग्रिन सिटी अस्पताल पुगेको पनि बताएका छन् ।

यता, अस्मिताले पनि घटनापछि आफूलाई न्यूज२४ बाट भिडियो बाइट दिनका लागि पटक–पटक फोन आउने गरेको बताएकी छिन् ।

बयानमा अस्मिताले न्यूज २४ को सिधा कुरा जनतासँग कार्यक्रममा काम गर्ने क्याम्याराम्यान अनिल ढुंगेललाई भेटि शालि’करामले दुःख दिएको घटनाबारे जानकारी गराएको भनेकी छन् ।

सो क्रममा अनिललाई अस्मिताले रवि लामि’छानेसमेतलाई यो कुरा जानकारी गराइदिन भनेको र शालि’करामसँग भएका म्यासेजका केही स्क्रिनसटहरु समेत अनिललाई दिएको उल्लेख गरेकी छिन् ।

‘सो विषयमा निज अनिल ढुंगेलले प्रतिवादी रवि लामि’छाने, युवराज कँडेल समेतलाई जानकारी गराएको भनेका थिए, मृतकसँग सम्बन्ध बिग्रपछि मैले अनिल ढुंगेललाई शालि’कराम र मेरोबीचको मेसेज तथा अन्य कुराकानी सेयर गरिदिएकी थिएँ र सो पश्चात अनिल ढुंगेल, युवराज कँडेल, रवि लामि’छानेले सो सम्बन्धमा सल्लाह गरी पुडा’सैनी हतो’त्साहित हुने किसिमले केही कुरा भनेको या गरेको हुनपर्छ’ अस्मिताको बयानमा आधारित अभियोगपत्रको पृष्ठ नम्बर १३ मा भनिएको छ ।

अस्मिताले सोही कारणबाटै शालि’करामले आत्महत्या गरेको हुनुपर्छ भन्ने बयान दिएकाले उनको कारणबाट समेत आत्महत्या गर्नुपर्ने परिस्थिति सिर्जना भएको दाबी गरिएको छ ।

र यो पनि

पुडा’सैनी आत्मह’त्या प्रकरण: अस्मिताको पहिलो सम्पर्क सूत्राधार अनिलको बयानमा के छ ?

न्यूज२४ टिभीमा २ वर्षदेखि क्यामेराम्यानको रुपमा कार्यरत अनिल ढुंगेलले पत्रकार शालि’कराम पुडा’सैनीले आत्मह’त्या गर्नु २ दिनअघि अस्मिता भन्ने रुकु कार्की न्यूज२४ को कार्यालय आएकी बयान दिएका छन् ।

ढुंगेल उनै हुन् जो पुडा’सैनी र रुकुको सम्बन्धलाई लिएर रवि लामि’छाने र युव’राज कँडेलसम्म पुग्ने व्यक्ति हुन् । अस्मिता उनीमार्फत नै न्यूज २४ टिभीसम्म पुगेकी थिइन् ।

बयानमा ढुंगेलले शालि’करामले नक्कली फेसबुक आइडी समेत बनाएर अस्मितालाई पठाएको म्यासेजको स्क्रिनसर्ट अस्मिताले आफूलाई पठाएको बताएका छन् ।

शालि’करामले दुःख दिइरहेकाले तपाईंहरुले सहयोग गरिदिनुपर्यो भनेपछि आफूले अस्मितालाई न्यूज२४ को कार्यालयमा आएर रवि लामि’छानेसँग कुरा गर्न आग्रह गरेको ढुंगेलले भनेका छन् ।

न्यूज२४ आएकी अस्मिताले शालि’करामले आफूलाई धम्की दिने, बाटो छेक्नेजस्ता कामहरु गर्दै आएकाले सम्झाईदिनुपर्यो भन्दै सहयोग मागेकी उनले बयानको क्रममा बताएका छन् ।

अस्मिताको भनाई उद्धृत गर्दै बयानको क्रममा ढुंगेलले शालिकले धेरै नै दुःख दिएको कुरा दीपक बोहरा र रवि लामिछानेलाई सुनाएको समेत बताएका छन् ।

रवि र दीपकको सल्लाहमा नै अस्मितालाई न्यूज२४ को कार्यालय देखिने गरी सेल्फी खिच्न आग्रह गरेको बयानमा उनले बताएका छन् ।

शालि’कलाई ‘तिमी न्यूज२४ गएको कुरा थाहा हुने र फलो गर्न छोड्ला’ भनेर आफूले पनि अस्मितालाई सेल्फी खिच्न भनेको उनले बयानमा बताएका छन् ।

पछि पनि अस्मिताले मलाई १/२ पटक फोन गरेर सहयोग गरिदिनुपर्यो भनेकीले दीपक बोहरा र रवि लामि’छानेको सल्लाहअनुसार अस्मितालाई प्रहरीमा जान आग्रह गरेको उनले बताएका छन् ।

अस्मितालाई पुडा’सैनीले आफ्नो श्रीमती भनेर चिनाएको समेत ढुंगेलले बयानमा उल्लेख गरेका छन् ।

बयानको क्रममा ढुंगेलले शालि’कको रिर्पोटिङ शैली अलि आक्रामक प्रकृतिको हुने पनि बताएका छन् । जुन कुरा आफूलाई चित्त नबुझ्ने ढुंगेलको भनाई छ ।

शालि’कराम प्रायजसो फेसबुकमा अस्मितासँग व्यस्त रहने गरेको पनि ढुंगेलले बताएका छन् ।

शालि’करामले धम्की दिएको म्यासेज अस्मिताले घटना हुनुपूर्व आफूलाई पठाएपछि युवराज कँडेललाई फरवार्ड गरेको उनले बयानमा भनेका छन् । पछि भने रवि लामि’छाने र दीपक बोहरालाई पनि पठाएको उनको भनाई छ ।

शालि’कराम र अस्मि’ताको सम्बन्धबारे जानकार भएपछि घटना हुनुपूर्व शालि’कसँग बीचमा कुनै पनि माध्यमबाट कुरा नभएका बयानमा उनले बताएका छन् ।

तर, साउन २० गते राती कँडेलमार्फत शालि’करामले आत्मह’त्या गरेको खबर सुनेको उनको भनाई छ । लगत्तै आफूले अस्मितालाई फोन गरेर शालि’करामसँग भएका कुराकानीहरुका कुनैपनि म्यासेजहरु डिलिट नगर्नु भनेको ढुंगेलको भनाई छ ।

बयानमा उनले घटनाको भोलिपल्ट २:३० बजे दीपक बोहरा र रविले अस्मितालाई भेट्न ग्रिन सिटी अस्पताल पुगेको पनि बताएका छन् ।

 

रवि लामि’छानेसहित तीनै जनाको बैंक खाता माग्दै प्रहरीद्वारा राष्ट्र बैंकलाई पत्राचार

जिल्ला प्रहरी कार्यालय चितवनले रवि लामि’छानेसहित तीन जनाको बैंक खाता विवरण उपलब्ध गराउन राष्ट्र बैंकलाई पत्राचार गरेको छ।

भदौ ४ गते नै प्रहरीले राष्ट्र बैंकलाई पत्र लेख्दै लामि’छाने, पत्रकार युवराज कँडेल र अस्मिता कार्कीको बैंक खाता विवरण उपलब्ध गराउन अनुरोध गरेको हो।

फौजदारी अपराध अनुसन्धान सिलसिलामा यो सामान्य प्रक्रियाभित्रै पर्ने भएकाले उनीहरूको बैंक खाता विवरण मागिएको चितवन प्रहरीले जनाएको छ।

प्रहरीले चितवन जिल्ला अदालतमा पेश गरेको अभियोगपत्रमै बैंक खाता विवरण मागिएको हो। अभियोग पत्र बुझाउनुअघि नै प्रहरीले बैंक खाता विवरण मागेको अनुसन्धानमा संलग्न केन्द्रीय अनुसन्धान ब्युरोका प्रहरी उपरीक्षक दीपक रेग्मीले बताए।

‘अहिले सार्वजनिक मुद्दामै पनि बैंक खाता विवरण हेर्ने गरिएको छ,’ उनले भने, ‘मुद्दा अनुसन्धान सिलसिलामा यो सामान्य प्रक्रिया अन्तर्गतै पर्छ।’ फौजदारी अपराध अनुसन्धानका क्रममा प्रहरीले विभिन्न कोणबाट अनुसन्धान गर्ने क्रममा सम्पत्ति शुद्धीकरणको पाटोलाई पनि उत्तिकै प्राथमिकतामा राख्ने गरेको छ।

पत्रकार शालि’कराम पुडासै’नीले आत्मह’त्या गर्नुअघि खिचेको भिडियोमा रबि लामि’छाने सञ्चालक रहेको न्युज २४ को ‘सिधा कुरा जनतासँग’ टिमले बालुवाखानी, ठूला व्यापारिक प्रतिष्ठान, व्यवसायीहरूसँग करोडौं रकम अशुल्ने गरेको उल्लेख थियो।

भिडियोमा लगाइएको आरोपको सत्यता परीक्षण गर्न पनि बैंक खाता विवरण आवश्यक परेको चितवन प्रहरी प्रमुख एसपी दानबहादुर मल्लले बताए। अनुसन्धानका क्रममा लामि’छानेले आर्जन गरेकोमध्ये केही रकम अमेरिका पठाउने गरेको अनौपचारिक जानकारी प्राप्त भएको उनको भनाइ छ।

ब्युरोका प्रहरी उपरीक्षक रेग्मीका अनुसार राष्ट्र बैंकले बैंक खाता विवरण उपलब्ध गराइसकेको छैन। बैंक खाता उपलब्ध भएपछि त्यसमाथि अनुसन्धान गरिने उनले बताए। ‘हालको अनुसन्धान टिमले वा छुट्टै अनुसन्धान अधिकारी तोकेर बैंक खाताको विस्तृत विवरण अनुसन्धान गरिन्छ,’ रेग्मीले भने, ‘अनुसन्धान भएर प्राप्त विवरण अभियोग पत्रकै रुपमा सरकारी वकिलमार्फत अदालतमा बुझाइन्छ।’

यसमा प्रहरी तथा आवश्यकता अनुसार सम्पत्ति शुद्धीकरण अनुसन्धान विभाग दुबै सक्रिय हुने गरेका छन्। सम्पत्ति शुद्धीकरण विभागले प्रहरीको सहयोग लिएर आर्थिक आर्जनको अनुसन्धान विवरण अदालतमा पेस्ने गरेको छ। शालि’कराम आत्मह’त्या प्रकरणमा तीनै जनालाई आत्मह’त्या दुरुत्साहन मुद्दामा अनुसन्धान भई मुद्दा अदालतमा पेश आदेश जारी भइसकेको छ।

उक्त मुद्दामा लामि’छानेलाई चितवन जिल्ला अदालतले सोमबार पाँच लाख रुपैयाँ धरौटी मागेको छ। कँडेललाई तीन लाख धरौटी माग गरेको छ। कार्की भने साधारण तारेखमा छुटेकी छिन्।

रवि लामि’छानेलाई अदालतको अनुमतिबिना विदेश जान रोक

चितवन जिल्ला अदालतले पत्रकार शालि’कराम पुडासै’नीको आत्मह’त्या गर्न ‘दुरुत्साहन’ गरेको अभियोग लागेका रवि लामि’छानेलाई अदालतको अनुमतिबिना विदेश जान नपाउने गरी ५ लाख धरौटी तोकेको छ।

अर्का अभियुक्त युवराज कँडेलसँग पनि यही शर्तसहित ३ लाख धरौटी मागेको छ।

सोमबार जिल्ला न्यायाधीश हेमन्त रावलको इजलासले पुडा’सैनीको आत्मह’त्या दुरूत्साहन मुद्दा लागेका लामि’छानेलाई ५ लाख धरौटी, युवराज कँडेललाई ३ लाख र अस्मिता कार्की ‘रूकु’लाई सामान्य तारेखमा छोडेको हो।

‘लामि’छाने र कँडेलले प्रस्तुत मुद्दाको टुंगो नलागेसम्म पुडा’सैनीको आत्मह’त्या मुद्दाको न्यायिक प्रकृयाको बारेमा देश तथा विदेशबाट टेलिभिजन कार्यक्रम, फेसबुक लाइभ युट्युबजस्ता काम नगर्ने/नगराउने, मुद्दाको अनुसन्धान गरेका प्रहरी, अभियोजन गरेका सरकारी वकिल र न्यायाधीशबारे उनीहरूले टिभिकार्यक्रम फेसबुक लाइभ लगायतका प्रकाशन प्रशारण नगर्नु नगराउनु भनि यो आदेश गरिदिएको छ,’ अदालतको आदेशमा भनिएको छ, ‘उनीहरूदुवैले औषधि उपचारको लागि जानुपर्‍यो भने यो अदालतको पूर्वअनुमति लिएरमात्र जानुपर्नेछ।’

तत्काल प्राप्त प्रमाणका आधारमा लामि’छाने र कँडेललाई धरौटीमा छाड्ने र रूकुलाई सामान्य तारेखमा छाड्ने निर्णय अदालतले गरेको हो।

आइतबारदेखि भएको तीन जनाको बयान र बहसपछि जिल्ला अदालतले यस्तो निर्णय गरेको हो। यो मुद्दाको कारबाही भने जिल्ला अदालत चितवनमा जिल्ला सरकारी वकिल कार्यालयले लामिछा’नेसहित ‘सिधा कुरा जनतासँग’ कार्यक्रमका युवराज कँडेल र अस्मिता कार्की (रूकु) लाई दुरूत्साहनको अभियोगमा आइतबार जिल्ला अदालत चितवनमा मुद्दा दायर गरेको थियो।

लामि’छानेसहित तीन जनालाई पाँच वर्ष जेल र ५० हजार जरिवाना माग गर्दै सरकारी वकिल कार्यालयले मुद्दा दायर गरेको थियो।

रवि लामि’छानेले शालि’कराम प्रकरणबारे कार्यक्रम चलाउन नपाउने

न्युज २४ का कार्यक्रम प्रस्तोता रवि लामि’छानेले शालि’कराम प्रकरणबारे कार्यक्रम चलाउन नपाउने भएका छन्।

सोमबार जिल्ला न्यायाधीश हेमन्त रावलको इजलासले उनले शालि’कराम प्रकरणबारे कार्यक्रम चलाउन नपाउने आदेश दिएको हो।

‘लामि’छाने र कँडेलले प्रस्तुत मुद्दाको टुंगो नलागेसम्म पुडा’सैनीको आत्मह’त्या मुद्दाको न्यायिक प्रकृयाको बारेमा देश तथा विदेशबाट टेलिभिजन कार्यक्रम, फेसबुक लाइभ युट्युबजस्ता काम नगर्ने/नगराउने, मुद्दाको अनुसन्धान गरेका प्रहरी, अभियोजन गरेका सरकारी वकिल र न्यायाधीशबारे उनीहरूले टिभिकार्यक्रम फेसबुक लाइभ लगायतका प्रकाशन प्रशारण नगर्नू/ नगराउनू भनि यो आदेश गरिदिएको छ,’ अदालतको आदेशमा भनिएको छ।

पत्रकार शालिकराम पुडासैनीको आत्महत्या गर्न ‘दुरुत्साहन’ गरेको अभियोग लागेका रवि लामिछाने र युवराज कँडेल अदालतले मागेको धरौटी बुझाएर थुनामुक्त भएका छन्।

लामि’छानेका वकिल अधिवक्ता सुनिल पोखरेलका अनुसार अदालतको आदेशपछि उनीहरूले अदालतले मागेको धरौटी बुझाएर छुटेका हुन्।

सोमबार जिल्ला न्यायाधीश हेमन्त रावलको इजलासले पुडा’सैनीको आत्मह’त्या दुरूत्साहन मुद्दा लागेका लामि’छानेलाई ५ लाख धरौटी, युवराज कँडेललाई ३ लाख र अस्मिता कार्की रूकुलाई सामान्य तारेखमा छोड्न आदेश दिएको हो।

रवि लामिछाने ५ लाख र युवराजले ३ लाख धरौटी बुझाएर छुटेका हुन्।

आइतबारदेखि भएको तीन जनाको बयान र बहसपछि जिल्ला अदालतले यस्तो निर्णय गरेको हो।

पुडा’सैनी साउन २१ गते चितवनको कंगारू होटलमा झु’ण्डिएको अवस्थामा फेला परेका थिए।

उनको साथबाट आत्मह’त्याअघि खिचिएको भिडियो प्राप्त भएको थियो। जसमा उनले लामि’छानेसहित तीनै जनाका कारण आफू मर्नुपरेको बताएका थिए।

पुडासैनी न्युज २४ टेलिभिजनमा लामि’छानेले चलाउँदै आएको सिधाकुरा जनतासँग भन्ने कार्यक्रमका पूर्वसंवाददाता हुन्।

जिल्ला सरकारी वकिल कार्यालयले लामि’छानेसहित ‘सिधा कुरा जनतासँग’ कार्यक्रमका युवराज कँडेल र अस्मिता कार्की (रूकु) लाई दुरूत्साहनको अभियोगमा आइतबार जिल्ला अदालत चितवनमा मुद्दा दायर गरेको थियो।

लामि’छानेसहित तीन जनालाई पाँच वर्ष जेल र ५० हजार जरिवाना माग गर्दै सरकारी वकिल कार्यालयले मुद्दा दायर गरेको थियो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *