समाचार समाज

आज पनि भारी वर्षाको सम्भावना: सतर्क रहन आग्रह, कहाँ कस्तो हुन्छ वर्षा ?

साउन ४, काठमाडौं । मनसुनको सक्रियतासँगै देशभर वर्षाको क्रम जारी छ ।

मौसम पूर्वानुमान महाशाखाले आज (शनिबार)देशका केही क्षेत्रमा भारी वर्षा तथा अन्य केही क्षेत्रमा वर्षाको सम्भावना रहेको जनाएको छ।

मनसुन न्यून चापीय रेखा नेपालको दक्षिणतिर अवस्थित भएतापनि बंगालको खाडीबाट प्रवेश गरेको जलवाष्प युक्त हावा र स्थानीय वायुको प्रभावको कारण केही स्थानहरुमा ठूलो वर्षा को सम्भावना रहेको महाशाखाको अनुमान छ।

हाल देशैभरी सामान्य देखि पूर्ण वदली रही काठमाडौंसहितका केही स्थानहरुमा मेघ गर्जन सहित वर्षा भैरहेको महाशाखाले जनाएको छ। केही दिनदेखि रोकिएको पानी पर्ने क्रम अब फेरि बिस्तारै बढ्दै जाने भएको छ।

आज, भोली र पर्सी प्रदेश १, ३,५ र गण्डकी प्रदेशको मध्यपहाडी तथा चुरेको भुभागबाट बहने केही साना नदीहरूमा आकस्मिक बहाव को संभावना रहेकाले तटीय क्षेत्रमा सामान्य सतर्कता अपनाउन समेत आग्रह गरिएको छ।

देशका थोरै स्थानहरुमा भारी वर्षाको सम्भावना रहेको र जसका कारणले ती क्षेत्रका पहाडी भू-भागमा पहिरो जान सक्ने र पहाड तथा चुरेबाट बहने खोलाहरुमा जल सहत बढ्न सक्ने भएकोले सामान्य सतर्कता अपनाउन अनुरोध गरिएको छ।

यस्तो छ जल तथा मौसम पूर्वानुमान महाशाखाले जारी गरेको ३ दिने मौसमी विवरण
साउन ४ गते (शनिबार)

दिउँसो: देशभर आंशिकदेखि सामान्य वदली रहि केहि स्थानहरुमा वर्षा हुने सम्भावना छ। देशको थोरै स्थानहरुमा भारि वर्षा (Heavy rainfall) हुने सम्भावना छ ।

राती: देशभर सामान्य वदली रही देशका केहि स्थानहरूमा वर्षा हुने सम्भावना छ। । देशको थोरै स्थानहरुमा भारि वर्षा (Heavy rainfall) हुने सम्भावना छ ।

साउन ५ गते (आइतवार)

दिउँसो: देशभर आंशिकदेखि सामान्य वदली रहि केहि स्थानहरुमा वर्षा हुने सम्भावना छ। देशको पुर्वी र मध्य क्षेत्रका थोरै स्थानहरुमा भारि वर्षा (Heavy rainfall) हुने सम्भावना छ ।

राती: देशभर सामान्य वदली रही देशका केहि स्थानहरूमा वर्षा हुने सम्भावना छ। । देशको पुर्वी र मध्य क्षेत्रका थोरै स्थानहरुमा भारि वर्षा (Heavy rainfall) हुने सम्भावना छ ।

साउन ६ गते (सोमबार)

दिउँसो: देशभर आंशिकदेखि सामान्य वदली रहि केहि स्थानहरुमा वर्षा हुने सम्भावना छ। देशको थोरै स्थानहरुमा भारि वर्षा (Heavy rainfall) हुने सम्भावना छ ।

राती: देशभर सामान्य वदली रही देशका केहि स्थानहरूमा वर्षा हुने सम्भावना छ। । देशको थोरै स्थानहरुमा भारि वर्षा (Heavy rainfall) हुने सम्भावना छ ।

यस्तो छ मौसम पुर्वअनुमान

श्रावण ०४
आगामी ३ दिन देशका प्रमूख र मझौला नदीमा बहाव सतर्कता तह पार गर्ने संभावना न्न्यून,
आज ईलाम, पाँचथर,धनकुटा, झापा, मोरङ, सुनसरी, सप्तरी, मकवानपुर, सिन्धुली, ओखलढुङगा, सर्लाही, रौतहट, बारा, पर्सा, नवलपरासी, रूपन्देही, गुल्मी, पाल्पा, गोरखा, लमजुङ, चितवन, धादिङ, दाङ, काठमाण्डौ उपत्यका, कैलाली, कञ्चनपुर र आसपास जिल्लाको पहाड र चुरेबाट बहने केही स-साना नदीहरूमा बहाव तुलनात्मक रूपमा बढी हुने तथा केहीमा आकस्मिक बहाव (Flash Flood) को संभावना समेत छ ।

आज, भोली र पर्सी प्रदेश १, ३,५ र गण्डकी प्रदेशको मध्यपहाडी तथा चुरेको भुभागबाट बहने केही साना नदीहरूमा आकस्मिक बहाव(Flash Flood) को संभावना रहेकाले तटिय क्षेत्रमा सामान्य सतर्कता अपनाऔ

Leave a Reply

Your email address will not be published. Required fields are marked *