टिप्स

थरीथरीका प्रेम, यस्ता छन् प्रेमका प्रकार, तपाई कस्तो प्रेम गर्नुहुन्छ ? पढ्नुहोस

प्रेम आफैंमा एक यस्तो चिज हो, जसमा भावना र महसुस (फिलिङ) जोडिएको हुन्छ । प्रेम यस्तो अनुभव हो जसमा मानिसहरुलाई संशार पहिलेभन्दा सुन्दर लाग्न थाल्छ । प्रेममा परेका मानिसहरुलाई यस्तो लाग्छ मानौं उसको वरिपरि चारैतिर मात्र प्रेम छ ।

तर के तपाईलाई थाहा छ प्रेम कति प्रकारको हुन्छ ? या तपाईले कहिल्यै सोच्नु भएको छ कि मैले कस्तो प्रकारको प्रेम गरिरहेको छु ? पक्कै पनि हरेक मान्छेको मनमा आफूले गरिरहेको प्रेम कस्तो प्रकारको हो भन्ने जिज्ञासा उत्पन्न हुन्छ । तर धेरैजसोले त्यसको जवाफ पाउँदैनन् ।

प्रेम गर्ने तर प्रेमको प्रकार थाहा नपाउनेका लागि हामीले सहज होस् भनेर एक आलेख तयार पारेका छौं । यो आलेखमा प्रेमका प्रकारबारे उल्लेख गरिएको छ ।

रोमान्टिक प्रेम

यस्तो प्रेम प्राचिन ग्रीसका प्रेमका देवता मानिने ‘ईरोश’प्रति समर्पित मानिन्छ । रोमान्टि प्रेमलाई सबैभन्दा खतरनाक प्रेम पनि भनिन्छ । यति खतरानाक कि यो प्रेमले धेरैजसो समस्याहरु निम्त्याउँछ । यस परिभाषाअन्तर्गत विवाहेत्तर सम्बन्धलाई रोमान्टिक प्रेमको संज्ञा दिने गरिन्छ ।

रोमान्टिक प्रेमको अर्को परिभाषा पनि छ । जसमा भनिन्छ कि प्रेममा परे पछिको पहिलो अनुभव नै ‘रोमान्टिक लभ’ हो । यस प्रकारको प्रेममा परेका जोडीहरु एक दोस्रोको विना बाँच्न नै नसकिने सोच्छन् ।

लङ्गटर्म लभ

लामो समयसम्म चल्ने प्रेम नै ‘लङ्गटर्म लभ’ हो । प्रेममा परेर धेरै दुख, कष्ट तथा तमाम व्यवधान सहेर पनि कोही जोडी सम्बन्धमा बाँधिरहन्छन् भने उनीहरुको प्रेमलाई ‘लंगटर्म लभ’ भनिन्छ ।

यस प्रकारको प्रेम विवाहमा गएर परिणत हुन्छ । र जीवनपर्यन्त चलिरहन्छ । यस्तो प्रेम गर्नेहरु बुढेसकालसम्म पनि एकअर्काप्रति समर्पित हुन्छन् ।

चंचल प्रेम

यस्तो प्रकारको प्रेम बचपनमा हुने गर्छ । कतिपयलाई भने किशोरावस्थामा पनि चंचल प्रेम हुन्छ । यस्तो प्रेम केटाले केटी तथा केटीले केटालाई जिस्क्याएर, फ्लर्ट गरेर सुरु हुन्छ ।

यस्तो प्रेममा पर्नेहरुलाई लाग्छ कि पूरै संशार रंगीन छ । सबैजना धेरै खुसी छन्, कोही कसैसँग रिसाउँदैन ।

प्रेमिल प्रेम

यस्तो प्रकारको प्रेम बढी नै भावनात्मक हुन्छ । यस्तो प्रेम तपाईले आफ्नो साथीसँग बढी गर्नुहुन्छ । केटा होउन् या केटी, विपरित लिङ्गीहरु पनि साथित्व निर्वाह गर्छन् भने त्यो प्रेमिल प्रेम हो ।

यस्तो प्रेममा कुनै शारीरिक आकर्षण हुँदैन । यस्तो प्रकारको फिलिङ बचपनमा भाई–बैनी तथा आमाबुवासँग पनि हुन सक्छ ।

खाली (रित्तो) प्रेम

जब कुनै जोडी प्रेममा परे पछि पश्चाताप, दुख या पीडामा हुन्छ भने यस्तो अवस्थालाई खाली (रित्तो) प्रेम भन्न सकिन्छ । धाध्यताबस प्रेमी भइरहनुपर्ने अवस्था हुन्छ भने त्यसलाई खाली प्रेम भनिन्छ ।

यस्तो प्रेम खासगरी विवाहित जोडीहरुमा हुन्छ, जो एकअर्काप्रति समर्पित हुँदैनन् । तर बच्चा, परिवार अथवा समाजका कारण मात्रै बन्धनमा हुन्छन् ।

आवेगपूर्ण प्रेम

यस प्रकारको प्रेममा मानिसहरुमा अरु कुनै पनि चिजको मतलव हुँदैन । यस्तो प्रेममा परेकाहरु पागलपनको हद पार गरेर पनि आफ्नो प्रेमी प्रेमिकालाई पाउने कोशिष गर्छन् । यस्तो प्रेममा परेका जोडीहरु जात र परम्परालाई चुनौति दिँदै एक हुन्छन् ।

यस्तो प्रेममा परेका व्यक्ति चाहन्छन् कि उनी जससँग प्रेम गर्छन् उसले पनि आफूलाई त्यति नै प्रेम गरोस् जति आफूले उसलाई गरेको हुन्छ । यस्तो प्रेममा रहेकाहरुको रिलेनशनसिमा कहिलेकाँही जलनको कारण खटपट पनि पर्ने गर्छ ।

स्वयंलाई प्रेम

यस्तो पनि भनिन्छ कि अरुलाई प्रेम गर्नुभन्दा पहिले स्वयं आफूलाई प्रेम गर्नुपर्छ । यसलाई साधारण भाषामा भन्नुपर्दा आफूलाई उपयुक्त लाग्ने (सुहाउने) प्रेम भन्दा पनि हुन्छ ।

यस्तो प्रेम गर्नेहरु आफ्नो आदर्श, आवश्यकता र भौतिक चाहनाबाट निर्देशित हुन्छन् । जस्तै कुनै साकाहारी केटीले साकाहारी केटालाई नै प्रेम गर्नु यसको उदाहरणका रुपमा लिन सकिन्छ । किनकी त्यहाँ तसको आदर्शले काम गरेको हुन्छ ।

निस्वार्थ प्रेम

यस प्रकारको प्रेममा प्रेमीहरुले कसैका लागि कुनै पनि प्रकारको द्वेष राख्दैनन् । यस्तो प्रेम जोसुकैसँग पनि हुन सक्छ ।

यस्तो प्रेम कुनै पनि प्रकारको दायरको बन्धनमा बाँधिएको हुँदैन । जात, धर्म या उमेरले नै पनि यस्तो प्रेमममा कुनै रुकावट ल्याउन सक्दैनन् । बौद्ध धर्ममा यस्तो प्रेमलाई ‘यूनिभर्सल लभ’ भनिन्छ । यस प्रकारको प्रेममा शान्ति र खुसी प्राप्ती हुन्छ ।

एकतर्फी प्रेम

यस प्रकारको प्रेममा पीडाको अलावा अरु केही पाइँदैन । जसलाई प्रेम गरिन्छ त्यसलाई नै जानकारी नदिइ गरिने यस्तो प्रेममा प्रेमी तड्पिएरै पागल हुन्छन् ।

यस्तो प्रेम गर्नेहरु अक्सर साहित्यकार बन्छन् भन्ने गरिन्छ । यस्तो प्रेमबाट मानिसहरु डरउँछन् । तर यस्तो प्रेममा आधारित (वियोगान्त) कथाहरुलाई भने खुब मन पराइन्छ ।

स्वार्थी प्रेम

यो त्यस्तो प्रेम हो, जो एकतर्फी प्रेमभन्दा पनि बढी खतरनाक हुन्छ । आजकल यस्तो प्रेमलाई ‘स्मार्ट लभ’ पनि भन्ने गरिन्छ । किनकी यस्तो प्रेम गर्नेहरु आफ्नो स्वार्थबाट निर्देशित हुन्छ । र स्वार्थ पूरा गर्ने दाउमा हुन्छ ।

यस्तो भन्नु गलत नहोला कि यसप्रकारको प्रेमले ‘प्रेम’को पवित्रतालाई धुमिल बनाइदिन्छ । धेरैले स्थार्थबाट प्रेरित भएर गरिने प्रेमलाई धोकाको संज्ञा दिन्छन् ।

सुत्ने पोजिसनबाटै थाहा हुन्छ स्वभाव

राति ओच्छ्यानमा तपाईं कसरी सुत्नुहुन्छ भन्ने कुराले तपाईंको व्यक्तित्वको रहस्य खोलिदिन्छ ।

स्कटल्यान्डको एडिनबरामा रहेको स्लीप सेन्टरका निर्देशक क्रिस इडजीकोव्स्कीका अनुसार तपाईंले सुत्ने तरिकाले तपाईंको व्यक्तित्वका बारेमा बताउँछ ।

त्यस्तै, शारीरिक भाषाविज्ञ रोबर्ट फिप्सले पनि सुत्ने पोजिसनबाट व्यक्तित्व र जीवनप्रतिको दृष्टिकोण थाहा लाग्ने बताउँछन् । यसबाट तपाईंको दिन कति तनावपूर्ण थियो, तपाईं कति चिन्तित हुनुुहुन्थ्यो र जीवनमाथि तपाईंको कति नियन्त्रण छ भन्ने थाहा लाग्छ ।

तपाईं अडैल हुनुहुन्छ, हाकिम पाराको हुनुहुन्छ र कल्पनाशील सपनामा रम्नुहुन्छ कि आफूलाई नै आलोचना गर्ने खालको हुनुहुन्छ भन्ने कुरा पनि सुताईको पोजिसनले खोल्छ ।

धेरैजसो मान्छे छातीमा घुँडा मारेर फिटल पोजिसन (गर्भमा बसेको बच्चा) मा सुत्छन् । चिन्ता लिने मान्छेहरूले यस्तो पोजिसनमा सुत्ने गरेका छन् । तनावपूर्ण दिनपछि आराममा पुगेको आभास पाउन मान्छे यसरी सुत्छन् ।

यसरी सुत्ने मान्छे बाहिर चाहिँ रफटफ देखिन्छन् भने भित्रभित्रै चाहिँ लजालु र संवेदनशील हुन्छन् । नयाँ मान्छेसँग खुल्न उनीहरू समय लगाउँछन् तर बिस्तारै उनीहरू सामाजिक हुन थाल्छन् ।

कोल्टे परेर सिधा खुट्टा अनि दुवै हात सिधा पारेर सुत्ने मान्छे समाजमा घुलमिल गर्न सक्ने खालका, सजिला र विश्वासी हुन्छन् । यिनीहरू कहिलेकाहीँ ठगीमा पर्न सक्छन् । यसलाई लग पोजिसन भनिन्छ ।

अर्काथरी मान्छे कोल्टे सुत्छन् तर दुवै हात अगाडितिर तन्काउँछन् । यसलाई यर्नर पोजिसन भनिन्छ । उनीहरू खुल्ला व्यक्तित्वका हुन्छन् तर कहिलेकाहीँ शंकालु व्यवहार देखाउँछन् । यिनीहरू ढिलो गरी निर्णय लिन्छन् र लिएको निर्णयमा अडिग रहन्छन् ।

अर्काथरी मान्छे ढाडलाई मुनि पारेर सिधा तन्केर सुत्छन् । उनीहरूको हात पनि सिधा तन्किएको हुन्छ । यसलाई सोल्जर पोजिसन भनिन्छ । यस्ता मान्छे अनुशासित हुन्छन् । आफू र अरूका लागि यिनीहरू उच्च अपेक्षा राख्छन् । शान्त र रिजर्भ्ड खाले हुन्छन् यिनीहरू ।

अर्काथरी मान्छे पेट थिचेर सुत्छन् भने यिनीहरूको टाउको एकातिर हुन्छ अनि दुवै हात सिरानी नजिकै हुन्छ । यसलाई फ्रीफल पोजिसन भनिन्छ । यस्ता मान्छे समाजमा घुलमिल गर्न सक्छन् र छुच्चा पनि हुन्छन् । भित्रभित्रै नर्भस हुन्छन् अनि आलोचनाप्रति संवेदनशील पनि हुन्छन् ।

अर्काथरी मान्छे ढाडलाई मुनि पारेर खुट्टा फट्याएर अनि हातलाई टाउकोनेर तन्काएर सुत्छन् । यसलाई स्टारफिस पोजिसन भनिन्छ । यस्ता मान्छेले साथीलाई महत्व दिन्छन् । आकर्षणको केन्द्र हुन यस्ता मान्छे मन पराउँदैनन्, बरू अरूको समस्या सुन्ने अनि दुःखमा परेकालाई सहयोग गर्ने खालका हुन्छन् ।

तपाईँको कम उमेरमै कपाल फुल्यो ? यो उपाय उपाय अपनाउनु उत्तम

बुढ्यौली लाग्दै गएपछि कपाल फुल्नु सामान्य हो तर आजकल धेरै मानिसलाई सानै उमेरमा कपाल सेतो हुने समस्याले सताउँछ ।

पोषणविद्का अनुसार, शरीरमा आवश्यक भिटामिन र खनिजको कमीका कारण वा उमेर बढ्दै जाँदा एक विशेष पिग्मेन्टमा कमी आउँछ र कपाल फुल्न थाल्छ । यो पिग्मेन्ट के हो र यो किन कम हुन्छ ? थाहा पाऔँ

कपालको जरामा भएका कोशिकाहरूमा भएका मेलेनिन नामक पिग्मेन्टमा कमी आएपछि कपाल सेतो हुन थाल्छ । मेलेनिनले कपाललाई कालो राख्छ । वातावरण प्रदूषण तथा तनावका कारणले मेलेनिन घट्छ ।

कपाल कालो बनाउनुछ भने सातवटा करी पात सर्स्युँको तेलमा हालेर तताउनुस् । अनि अलिक सेलाएपछि त्यो तेलले टाउको मालिश गर्नुस् ।

बराबर मात्रामा भृंगराज र अश्वगन्धाको धूलो नरिवलको तेलमा मिसाउनुस् । राति सुत्नुभन्दा दश मिनेटअगाडि यसले टाउकोमा मालिश गर्नुस् । यो उपाय एक हप्तासम्म प्रयोग गर्नुस् ।

कपालको जरामा गाईको घिउ हप्ताको तीनचोटि दल्नुस् । घिउ दलेको १५ मिनेटपछि श्याम्पू लगाउनुस् । कपाल छिट्टै कालो हुन थाल्छ ।

जैतूनको तेल हल्का तताउनुस् अनि त्यसमा कपूर हालेर कपालको मालिश गर्नुस् । पन्ध्र मिनेटपछि श्याम्पू दल्नुस् ।

आधी कचौरा दहीमा एक चम्चा नून र मरिचको धूलो हालेर कपाल मालिश गर्नुस् । पन्ध्र मिनेटपछि श्याम्पू लगाउनुस् ।

कागतीको रसमा अमलाको धूलो हालेर कपालको जरामा मालिश गर्नुस् । पन्ध्र मिनेटपछि श्याम्पू गर्नुस् । हप्तामा दुईचोट यसो गर्नुस् ।

थाहा पाइराख्नुस् मृत्युसँग जोडिएका यी अनौठो तथ्य

जीवन र मृत्युमा कसैको नियन्त्रण हुँदैन । कसैलाई पनि आफ्नो मृत्यु कहिले हुन्छ थाहै हुँदैन । यहाँ हामी मृत्युसँग जोडिएका केही कुरा बताउँदैछौं ।

मृत्युपछि हाम्रो शरीरको अंग एक एक गरी काम गर्न छोड्छ । सुन्ने क्षमता चाहिँ सबभन्दा पछि सकिन्छ । मृत्युको केही क्षणपछि हाम्रो दिमागका केही भाग सक्रिय रहन्छन् ।

एक अध्ययन अनुसार दाहिने हात चलाउनेहरू देब्रे हात चलाउनेको तुलनामा तीन वर्ष बढी बाँच्छन् ।

अमेरिकाको न्यु योर्कमा हत्याभन्दा बढी आत्महत्या हुन्छन् । अमेरिकामा हरेक घन्टा एक व्यक्तिको मृत्यु रक्सी पिएर गाडी चलाएका कारण हुन्छ ।

आँकडाअनुसार प्रत्येक वर्ष शार्कको आक्रमणबाट मृत्यु हुनेको संख्याभन्दा टाउकोमा नरिवल खसेर मृत्यु हुनेको संख्या बढी हुन्छ ।

हरेक दिन एक लाख ५३ हजार व्यक्तिको कुनै न कुनै कारणले मृत्यु हुन्छ । नवजात शिशुको शरीरमा २७० वटा हड्डी हुन्छन् तर वृद्ध भएर मर्ने बेलामा जम्मा २०६ वटा हड्डी बाँकी रहन्छन् ।

हाम्रो दिमागको कोशिकाले तीन मिनेटसम्म अक्सिजन पाएनन् भने हाम्रो मृत्यु हुन सक्छ । मृत्यु भएको दुईदेखि ६ घन्टासम्ममा पूरा शरीर अररो हुन्छ ।

साङ्लोको टाउको काटिदिनुभयो भने पनि ऊ नौ दिनसम्म बाँच्छ । हरेक ४० सेकेन्डमा संसारभरि कोही न कोहीले आत्महत्या गरेको हुन्छ ।

हरेक ९० सेकेन्डमा बच्चा जन्माउँदा कुनै आमाको मृत्यु भएको हुन्छ । भारतमा हरेक घन्टामा एक महिलाको दाइजोका कारण मृत्यु भइरहेको हुन्छ ।

चिकित्साविज्ञानले खुबै प्रगति गरेको भएपनि प्रत्येक वर्ष उपचारको कमीका कारण चार लाख ४० हजार मानिसको मृत्यु हुन्छ ।

मोटोपनको समस्या ‘खतरनाक’

एक सोधका आधारमा किशोरावस्थामा अत्यधिक मोटो हुँदा या दुब्लो हुँदा औसत आयु उत्ति नै कम हुन्छ, जति एक दिनमा दश चुरोट पिउँदा हुन्छ ।

स्वीडेनका सोधकर्ताले १८ वर्षदेखि ३८ वर्षसका पुरुषमा गरेको एक सोधका अनुसार यस्तो नतिजा आएको हो । ब्रिटिश मेडिकल जर्नलमा प्रकाशित रिपोर्टका अनुसार मोटो हुनु या दिनको दश खिल्ली चुरोट पिउनु भनेको आफ्नो आयु घटाउनु हो ।

रिपोर्टका अनुसार धेरै वजन हुनु, कम तौल हुनु या दश खिल्ली चुरोट एकै दिनमा खानुले तीस प्रतिशत आयु घटाउँछ । अर्को कुरा धुम्रपान नगर्ने मोटो व्यक्तिका लागि पनि उत्तिकै खतरा छ, जति धुम्रपान गर्ने मोटो मान्छेलाई छ ।

अध्ययनमा १९४९ देखि १९५१ का मा जन्मेका ४५९२० व्यक्तिको बीचमा शोध गरिएको थियो । अध्ययनका अनुसार सामान्य तौल हुनेमध्ये ३ हजारको मृत्यु भएको थियो, जो अरु श्रेणीमा मर्नेवालामध्ये सबैभन्दा कम संख्या थियो ।

सोध गर्ने दलका डाक्टर मार्टिन नियोवियसले भनेका छन्, ‘सामान्य तौल हुने नवयुवकको तुलनामा धेरै मोटो हुनेको छिटो मृत्यु हुने सम्भावना कम हुन्छ, मोटोपनको शिकार ५० प्रतिशतभन्दा बढी देखियो ।’

किन केही मानिस निद्रामा बर्बराउँछन् ?

हामीमध्ये केहीलाई निद्रामा कुरा गर्ने बानी हुन्छ । राति सुतेका बेलामा यसरी बर्बराउनुलाई सोम्नीलोकी भनिन्छ ।

यो कुनै रोग होइन तर यसरी निद्रामा बर्बराउँदा तपाईंसँगै सुत्ने मानिसलाई डिस्टर्ब चाहिँ हुन्छ ।

निद्रामा बर्बराउने मानिसले निद्रामै अचम्मको व्यवहार देखाउँछ र उसले बर्बराएको प्रस्ट नबुझ्न पनि सकिन्छ । यस्ता मानिसहरू लामो समय चाहिँ बर्बराउँदैनन् । आधी मिनेट जति बर्बराएर उनीहरू चुप लाग्छन् ।

विद्यालय जाने बच्चाहरूमाथि गरिएको एक अध्ययन अनुसार तीनदेखि दश वर्षका बच्चाहरूलाई निद्रामा बर्बराउने बानी हुन्छ । तर दश प्रतिशतभन्दा कम बच्चा दिनदिनै राति बर्बराउँछन् । ठूलो हुँदै गएपछि यो समस्या समाधान हुँदै जान्छ । यसका लागि केही गरिरहनुपर्दैन ।

निद्रामा बर्बराउनुका धेरै कारण हुन सक्छन् । तपाईं धेर तनाव लिनुहुन्छ, डिप्रेसनको शिकार हुनुहुन्छ, रक्सी पिउनुहुन्छ र पर्याप्त सुत्नुहुन्न भने निद्रामा बर्बराउने समस्या आउँछ ।

तपाईंको परिवारमा कसैलाई निद्रामा कुरा गर्ने बानी छ भने तपाईंलाई पनि हुनसक्छ । यसका साथै तपाईंका मातापितामा यो समस्या थियो भने आनुवंशिक रूपमा यो सर्न सक्छ ।

तपाईंलाई निद्रासम्बन्धी रोग छ भने पनि बर्बराउनुहुन्छ । चिकित्सकलाई देखाइहाल्नुस् । नडराउनुस्, यो कुनै रोग हैन । तर दिनदिनै निद्रामा बर्बराउन थालनुभयो भने चाहिँ मनोविज्ञानवेत्तासँग सम्पर्क गर्नुस् ।

मानसिक तनाव लिने र अत्यधिक सोच्ने बानी हटाउनुभयो भने पनि यो समस्या समाधान हुन्छ । मनलाई शान्त राख्नका लागि नियमित योग र ध्यान गर्नुस् । अनि आफूसँग सुतिरहेको मानिसलाई आफूले बर्बराउनेबित्तिकै उठाइदिन भन्नुभए हुन्छ ।

कब्जियतको समस्या छ भने यसरी गर्नुस् घरमै उपचार

सरल तरिकाले विकास दिसा गर्न नसकी बल प्रयोग गर्नुपर्ने अवस्था आउनु नै कब्जियत हो ।

दिनमा एकपटक पनि सजिलोसँग दिसा गर्न नसक्ने अवस्था आयो भने पनि कब्जियत भन्ने बुझ्नुपर्दछ । कब्जियत लामो समय रहिरह्यो भने विभिन्न साइड इफेक्टहरु रहन सक्छन् ।

कब्जियतका लागि धेरैले चूर्णको प्रयोग गर्छन्, जुन वास्तवमा सही तरिका होइन । कब्जियतको उपचार घरमै पनि सहजै गर्न सकिछ । यदी तपाईमा कब्जियतको समस्या छ भने सबैभन्दा पहिले यसको कारण थाहा पाएर यसबाट बच्नुपर्छ ।

राती सुत्नुअघि तातो दुधमा एक चम्चा घ्यू हालेर पिउन सकिन्छ । दुधमा चीनीको साटो मह वा मिश्री प्रयोग गर्दा पनि हुन्छ । राती यो उपाय अपनाउँदा बिहान मज्जाले पेट सफा हुन्छ ।

तुरुन्त पेट सफा गर्न कागती पानीले पनि सहयोग पुर्याउँछ । एक गिलास मनतातो पानीमा एउटा कागती निचोरेर राती सुत्नुपूर्व पिउँदा बिहान तपाईंको पेट हल्का हुन सक्छ ।

चार चम्चा सूपमा एक गिलास पानीमा उमाल्ने र पानी चिसो भएपछि त्यसलाई छानेर पिउँदा पनि कब्जियतबाट राहत पाउन सकिने छ ।

यसो त बिहान खाली पेटमा स्याउ खाँदा यो रोगबाट चाँडै नै आराम मिल्छ । यस्तै प्रत्येक दिन काँचो पालुङ्गोको रस दुई पटक पिउँदा पनि केही दिनमा नै कब्जियत ठिक हुन्छ ।

कब्जियतबाट ग्रसित व्यक्तिले फलको अत्यधिक सेवन गर्नुपर्छ । मेवा, स्याउ, मौसम, नरिवल, सुन्तला, अंजिर, काँक्रो, गाजरलगायतका फलफूल खानुपर्छ । सागसब्जीको रस, ताजा फलफूलको रस, नरिवलको पानीले कब्जियतलाई निकै फाइदा पुर्याउँछ ।

कब्जियत ठिक गर्नका लागि आहारमा हरियो सागसब्जी र आँटाको रोटी समावेश गर्दा हितकर हुन्छ । यसो त दैनिक तीनदेखि चार लिटर पानी पिउनु उत्तम हुने चिकित्सकहरु बताउँछन् ।

कब्जियतबाट बच्ने उपाय भनेकै आफ्नो आहारमा विशेष ध्यान दिने हो । यसका लागि खानालाई मज्जाले चपाएर खानुपर्ने हुन्छ ।

कसैलाई पुरानो कब्जियत छ भने घरेलु उपायका साथै खानपिनमा विशेष ध्यान दिनुपर्ने हुन्छ । राम्रोसँग पेट सफा भएको छैन भने तारेको भुटेको खानेकुरा खानु उचित हुन्छ । साथै मैदा, बेसन र मसालेदार भोजन पनि नरादा राम्रो हुन्छ ।

बेलुकाको खाना सुत्नुभन्दा दुई वा तीन घण्टा अघि नै खानु, खाना खानु एक घण्टा अघि कम्तीमा एक गिलास पानी पिउनु उचित मानिन्छ ।

चिसो खानेकुराको अत्यधिक सेवन, फास्ट फूड र प्याक गरिएको खानेकुरा खानु, धेरै चिया वा कफी पिउने, समयमा दिसा नगर्नेलगायत कब्जियतको कारण हुन् ।

प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *