रेखा थापा भन्छिन- ‘हामी विप्लवले पनि नेतृत्व गरेको हेर्न चाहान्छौँ’

साउन २, काठमाडौँ । नेपाली सिनेमा क्षेत्रकी चर्चित अनि कुनै समयकी नम्बर वान नायिका रेखा थापा यतिबेला आफनो राजनीतिक अभिव्यक्तिको कारण चर्चामा आउँने गरेकीछिन् ।

पछिल्लो समय सरकारको कट्टर आलोचक र विप्लव समूहको प्रशंसक बन्दै आईरहेकी उनी यही कारण पनि लाईमलाईटमा आईरहेकीछिन् ।

तत्कालीन एमाओवादीमा प्रवेश गर्दै कमल थापाको पार्टी राप्रपा नेपाल हुँदै राष्ट्रिय प्रजातन्त्र पार्टी (प्रजातान्त्रिक) मा केन्द्रीय सदस्य समेत बनेकी उनले सरकारले विप्लवलाई प्रतिबन्ध लगाउँदा समेत उनले कडारुपमा आलोचना गरेकी थिईन् । उनी विप्लव समूहलाई देशभक्त बन्न रुचाउँछिन् । उनले विप्लवले पनि सरकार नेतृत्व गरेको हेर्न चाहेको बताएकीछिन् ।

एक अन्तरावार्ताको क्रममा उनले अहिले यदि सरकारले विप्लवसंग वार्ताको लागि पहल गरिरहेको हो भनेस करात्मक भएको भन्दै २ तिहाईको सरकारले जुनसुकै हालतमा विप्लवसंग भएको वार्ता सकरात्मकरुपमा टुंग्याउँनु पर्ने उनले बताईन् ।

सरकारले विप्लवलाई फकाएर सम्झाएर के गरेर हुन्छ मुलधारमा ल्याउँनु पर्ने उनको भनाई छ । विप्लवलाई अहिलेसम्म वार्तामा ल्याउँन नसक्नु सरकारको असफलता भएको उनी बताउँछिन् ।

उनले देशका गरिब जनताले समेत कर राज्यलाई कर तिरिरहेको अवस्थामा सरकारले देशमा बिकास र शान्ती कायम गर्न असफल भएको उनी बताउँछिन् ।

विप्लवका नेता तथा कार्यकर्ताहरुलाई इन्काउन्टर भन्दै मार्ने गरेको भन्दै उनले सरकारले नै द्धन्द चाहेको जस्तो पनि देखिएको उनको आरोप छ ।

सरकारले एनसेलबाट कर समेत उठाउँन नसकेको, गरिब जनताले समेत कर तिरिहेको अवस्थामा नेताहरुको मात्र झोला भरिने जस्तो देखिएको एनसेलले कर तिर्नु पर्छ होईन भने बन्द हुनु पर्छ भन्दै विप्लवले एनसेलको कार्यालयमा बम बिस्फोट गराएको उनको ठम्याई छ ।

उनले विप्लवले मान्छे ताकेर बम नहानेको तर एनसेल बिस्फोटको क्रममा दुर्घटनाबस मानविय क्षति हुँदा माफी समेत मागेको उनको भनाई छ । उनी भन्छिन् “यहाँ त बिदेशी कम्पनी आएर जे पनि गर्दा भयो ।

नेपाली नागरिकले खोलेको कम्पनी जहिले मारमा पर्ने । बैंकहरुले समेत बिदेशीलाई लगानी दिने तर आज एउटा गरिबको छोराले म केही गरिखान्छु भनेर ऋण खोज्दा पाउँदैन । यो देश कसका लागि हो ? त्यसैले विप्लवले उठाएका कतिपय मुद्धाहरुमा म सहमत छु” ।

कालिकान्युजबाट

प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *