मलेसियाले देखायो यस्तो चमत्कार

असार २५, काठमाडौँ । सन् १२६० मा अरनिको तिब्बत गएपछि नेपाली कामदार वैदेशिक रोजगारीमा जान सुरु गरेको इतिहास रहेको संस्कृतिविद सत्यमोहन जोशीको पुस्तक ‘कलाकार अरनिको’ मा उल्लेख छ ।

यो खबर रमेश भारतीले खबरहबमा लेखेका छन् । चीनको तिब्बतमा करीब साढे ७ सय वर्ष पहिला अरनिकोको नेतृत्वमा ८० जना मुर्तिकारहरु गएदेखि नेपालीहरु रोजगारका लागि विभिन्न मुलुकमा पुग्ने चलनको शुरुवात भएको मानिन्छ ।

त्यसयता नेपाली रोजगारीको खोजीमा भारत हुँदै तेस्रो देश जाने क्रम बढ्दै गएको हो । हाल भारतसहित करिब ५० लाखभन्दा धेरै नेपाली वैदेशिक रोजगारीअन्तर्गत विभिन्न देशमा कार्यरत छन् । सन् १८७५ देखि नेपालीहरू मलेसिया जान थालेको बारे देवेन्द्र सुर्केलीले लेखेको एक प्रतिवेदनमा उल्लेख गरिएको छ । नेपाली युवाको प्रमुख रोजगार गन्तव्य देशभित्र मलेसिया पनि पर्छ । हाल करिब ८ लाख नेपाली रोजगारीका लागि मलेसिया पुगेको वैदेशिक रोजगार विभागको तथ्यांकले देखाउँछ ।

मलेसियाका प्रायजसो सबै शहरमा नेपाली नागरिक रोजगारीका लागि पुगेका छन् । मलेसियामा काम गर्ने नेपालीलाई रोजगारदाता कम्पनीले ‘गोर्खे’ नामबाट चिन्ने गरेका छन् । सुर्केलीका अनुसार सन् १९२० तिर नेपाली कामदार मलेसियाको सुनखानीमा काम गर्ने पुगेका थिए ।

भारतको बाटो हुँदै पानी जहाजमार्फत करिब ५ सय नेपाली एक बेलायतीले सञ्चालनमा गरेको सुनखानीमा काम गर्न मलेसिया पुगेका जनाइएको छ । तत्काल सुनखानी सुचारु नभएपनि नेपाली कामदार मलेसियामै घरजम गरेर बस्न थालेको सुर्केलीले सरकारलाई बुझाएको प्रतिवेदनमा उल्लेख छ ।

मलेसिया सरकारले रोजगारीका लागि गएका नेपाली युवालाई बस्नका लागि गोर्खा काम्पोङ (गाउँ) नै दिएको थियो । तर, गोर्खा काम्पोङमा नेपालीहरूले घर बनाएर बस्न नसकेपछि उक्त जग्गा त्यहाँ स्थानीय पेराक राज्यको सरकारले निन्त्रणमा लिएको सुर्केली बताउँछन् । यो ठाउँ ‘गोर्खाबस्ती’को नामबाट परिचित छ ।

बेलायती साम्राज्यको अधिनमा मलेसियाको पेराक राज्यमा स्थानीय फौज विरुद्धको लडाइँका लागि गोर्खालीले पहिलो पटक मलेसिया टेकेको सुर्केलीको अध्ययनमा उल्लेख गरिएको छ । नेपालीलाई मलेसिया सरकारले गोर्खाबस्ती उपहार र गोर्खे नाम परिचयको रुपमा दिएको छ ।

‘नेपालीहरुले त्यसबेला बेलायतलाई समर्थन गर्दै दोस्रो विश्वयुद्धमा सामेल भएका थिए । गोर्खाली फौज भने लडाँइपछि नेपाल फर्किएको थियो । विश्व युद्ध लड्न गएका धेरै नेपाली मलेसिया बसोबस गरेका रहेछन्’ उनले भने, ‘मलेसियामा नेपालीलाई ‘गोर्खाली’ र नेपाली बस्तीलाई ‘गोर्खा काम्पोङ’ भनेर चिनिइन्छ । नेपालीले मलेसियामा सुरक्षा गार्डका रूपमा काम गर्दै आएपछि मलेसियन नागरिकले नेपाली युवालाई ‘गोर्खाली गार्ड’भनेर रोजगारी दिँदै आएका छन् ।’

विश्वव्यापीकरण बढेसँगै नेपाली पनि कामको खोजीमा विभिन्न देशका साथै मलेसिया पनि जाने संख्या बढ्दै गएको छ । बिस्तारै मलेसियाले विदेशी कामदार पनि लिन क्रम बढेपछि नेपाली श्रमिक मलेसियाली नागरिकको रोजाइमा पर्ने थालेका थिए । नेपालीका विषयमा मलेसियाका नागरिक पहिलेदेखि नै जानकार रहेकाले नेपाली कामदार उनीहरुको रोजाइमा पर्दै आएका छन् ।

मलेसियाली रोजगारदाता कम्पनी तथा त्यहाँका नागरिकले नेपाली कामदारलाई सम्मान र विश्वास गर्ने गरेका एनआरएनए मलेसियाका महासचिव सुन्दर आलेको बुझाइ छ । मलेसिया नागरिकले नेपाली ‘सुरक्षा गार्ड’ पाए आफनो रक्षा हुने विश्वास गर्नेगरेको उनको भनाइ छ ।

३ हजार नेपालीसँग मलेसियाको नागरिकता

सन् १९२० मा सुनखानी र विश्व युद्ध लड्न गइ उत्तै बसेका करिब ३ हजार नेपालीले मलेसियाको नागरिकता पाएको अनुमान गरिएको छ । एनआरएन मलेसियाका पूर्वउपाध्यक्ष शंकर पौडेलका अनुसार ३ हजार नेपालीले मलेसियाली नागरिकता पाएका छन् । जो सन् १८ सय तिर नै मलेसिया आएका नेपालीहरु भएको उनको भनाइ छ । उनीहरुले मलेसियाका नागरिक सरह सुविधा र अधिकार पाएको पौडेलले बताए ।

मलेसियामा करिब ८ लाख नेपाली रोजगारीका कार्यरत छन् । त्यसमध्ये करिब २ लाख करार अवधि सकिएपनि रोजगारदाता कम्पनीको शरण लिएर काम गरेर बसीरहेका छन् ।

३५ प्रतिशत रेमिट्यान्स मलेसियाबाट

रोजगारीका लागि नेपालबाट मलेसिया पुगेका नेपाली कामदारबाट निकै ठूलो रकम रेमिट्यान्सका रुपमा भित्रने गरेको छ । मलेशियामा पसिना बगाएर कमाएको पैसा सुरुमा मानिसहरुले आफू आउँदा सँगै लिएर आउने चलन थियो । तर पछिल्लो समय बैंक तथा रेमिट्यान्सबाट रकम भित्रने गरेको छ । मलेसियाबाट मात्र वार्षिक ३५ प्रतिशत रेमिट्यान्स नेपाल भित्रने गरेको छ ।

अवैध बाटोमार्फत पनि मलेसियाबाट रकम नेपाल भित्रने गरेको छ । गएका १० वर्षमा मलेसियाबाट करिब १७ खर्बभन्दा बढी रेमिट्यान्स भित्रिएको राष्ट्र बैकको तंथ्याकमा छ ।

मलेसियामा रोजगारीका लागि गएका नेपाली श्रमिकले त्यहाँबाट सीप लिएर नेपाल आउने र त्यहाँको भाषा, रहनसहन, काम गर्ने वातावरण बारे राम्रोसँग बुझेर आउने गरेका छन् । उनीहरुले नेपालमा त्यहाँ सिकेको सीपका आधारमा व्यवसायी पनि चलाइरहेका छन् ।

मलेसियामा धेरै नेपाली उद्योग व्यवसाय सञ्चालन गरे बसेका छन् । यसरी व्यापार व्यवसायी गरेर बसेका नेपालीहरुको नेपाल बिजनेस सोसाइटी अफ मलेसिया व्यवसायीको छुट्टै संगठन समेत गठन भएको छ । हाल मलेसिया ५२ वटाभन्दा धेरै नेपाल संघसंस्था रहेका छन् । यी सस्थाले नेपाली कामदारको हकहितका लागि काम गदै आएका छन् ।

नेपाली कामदार लैजान नपाएपछि मलेसियाले गर्यो यस्तो तयारी, अब के होला ?

पहिलो रोजाईमा पर्दै आएका नेपाली कामदार लैजान नपाएपछि अन्तत: मलेसियाले नेपाली कामदारको विकल्प खोजेको छ।

आगामी अगष्ट महिना भित्रै बंगलादेशबाट कामदार आपूर्ति गर्ने मलेसियाको तयारी छ। प्रमुख स्रोत गन्तव्य नेपालबाट १३ महिनासम्म कामदार लैजान नपाएपछि मलेसियाका विदेशमन्त्री साइफुद्दीन अब्दुलाह बन्द रहेको बंगलादेशबाट कामदार लिने विषयमा छलफल गर्न बंगलादेश आइपुगेका छन्।

मलेसियालि विदेशमन्त्री साइफुद्दीनले बंगलादेशी कामदारका लागि गतवर्ष डिसेम्बरदेखि बन्द रहेको मलेसियाको ढोका अगष्ट महिना भित्रै खुल्ने आशा व्यक्त गरेकोको भनाइ उदृतगर्दै बंगलादेशका संचार माध्यमले भनेका छन्- ‘विदेशी कामदार आपूर्ति गर्ने विषयमा प्रधनमन्त्री महाथिरले नै एउटा प्रक्रियाको नेतृत्व गरिरहनु भएको छ। मलाई लाग्छ त्यहि नेतृत्वले कामदार आपूर्तिको विषयमा भविष्यमा थप निर्णय गर्नेछ। बंगलादेशकालागि एउटा नयाँ अवसर खुल्दैछ।’

बंगलादेशले आफ्नो देशबाट कामदार लिन उच्च राजनीतिक स्तरबाटै पटक-पटक आग्रह गरे पनि मलेसियाले भने बंगलादेशबाट कामदार लिन इच्छा देखाएको थिएन। तर मलेसियाली कम्पनीमा कामदारको चरम अभाव हुँदा समेत नेपालले कामदार नपठाएपछि मलेसिया नेपालको विकल्प खोज्न अघिसरेको हो।

मलेसियाले बंगलादेश खोलेको खण्डमा त्यसको प्रत्यक्ष असर नेपालमाथि पर्नेछ। ‘मलेसियाले बंगलादेशी कामदार लिन सुरु गर्यो भने नेपालीले पाउँदै आएको कोटा काटिने निश्चित छ। त्यसको प्रत्यक्ष असर नेपालीले पाउँदै आएको रोजगारीमा मात्र नभइ समग्र अर्थतन्त्रमा पर्छ’ एक रोजगार व्यवसायीले भने-‘त्यो भन्दा पहिला नेपालबाट कामदार जाने प्रक्रिया सुरु गर्न आवस्यक छ।’

श्रम सम्झौता भएको ८ महिना बित्दा समेत कामदार जाने प्रक्रिया सुरु नहुँदा त्यसले दुई देशको कुटनीतिक सम्बन्धमै असर पर्ने भन्दै सरकारलाई यथासक्य छिटो निर्णय लिन सुझाउँछन् वैदेशिक रोजगार विज्ञ गणेश गुरुङ।

‘हाम्रो अडानले वर्षौ सम्म हुन नसकेको श्रम सम्झौता त भयो। तर हाम्रै अडानका कारण नेपालीले पाउँदै आएको रोजगारी नखोसियोस। धेरै कुरा श्रम सम्झौता अघि नै टुंगिनु पर्थ्यो तर थोरै काम गरेर धेरै कुराको जिम्मा हामीले सम्झौतापछि बन्ने प्राविधिक समितिलाई जिम्मा दियौं। दुई देशका प्राविधिक बसेर टुंग्याइसकेको कुरालाई लिएर बिबाद गर्नु राम्रो होइन। अब त्यो बिबादको फाइदा अरु देशले नलिउन। त्यसमा नेपाल सरकार समयमै सजग बन्नुपर्छ। एउटा निर्णय गरेर कामदार जाने बाटो खोल्नु नै अहिलेलाई सबैको हित हुन्छ’ गुरुङले भने।

बंगलादेशबाट कामदार लिने सबै प्रक्रिया नखुलाइएको भए पनि मलेसियाले अन्य देशबाट कामदार आपूर्ति गर्दा अपनाएको प्रक्रिया नै बंगलादेशमा पनि अपनाउने बुझिएको छ। अर्थात नेपाली कामदार आपूर्ति गर्दा विगतमा अपनाइएको भिसा प्रक्रिया र स्वास्थ्य परीक्षणकै माध्यमबाट कामदार आपूर्ति हुनेछन्।

२०७५ जेठ २ गते श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले मलेसियाको भिसा प्रक्रिया तथा स्वास्थ्य परीक्षण गर्दै आएका संस्था एकतर्फी रुपमा खारेज गरे सँगै नेपालीका लागि मलेसिया रोजगारी बन्द छ। नेपालले एकतर्फी रुपमा बन्द गरेको मलेसिया रोजगारी खुलाउन २०७५ कार्तिक १२ गते दुई देशबीच श्रम समझदारी भए पनि कामदार जाने प्रक्रिया भने अझै सुरु हुन सकेको छैन।

नेपालीपक्ष नयाँ प्रक्रियाबाट कामदार लिनुपर्छ भन्ने अडानमा छ भने मलेसियाले विगतको प्रक्रियामा कुनै फेरवदल नहुने प्रस्ट पारिसकेको छ। दुई देशबीच भएको श्रम सम्झौतामा कामदार आपूर्ति गर्दा लाग्ने सबै खर्च रोजगारदाताले व्यहोर्ने भएपछि प्रक्रियाले कुनै असर नगर्ने मलेसियाली अधिकारीले बताउँदै आएका छन्।

मलेसियाले विगतको भिसा प्रक्रिया परिवर्तन नगर्ने निश्चित देखिएपछि नेपालीपक्ष अहिलेलाई मलेसियाले लागु गरेको भिसा प्रक्रियालाई स्वीकार्न करिव-करिव राजि भएको श्रम मन्त्रालय स्रोतले बतायो। तर विगतमा स्वास्थ्य परीक्षण गर्दै आएका संस्थाको संख्यामा वृद्धि हुनुपर्ने अडानमा श्रम मन्त्रालय टसमस नभएपछि स्वास्थ्य संस्था सुचिकृत हुने मापदण्ड पठाएको थियो।

त्यहि मापदण्डकै आधारमा श्रम मन्त्रालयले ९९ सयवटा स्वास्थ्य संस्थालाई सुचिकृत गरेर तिनको नामावाली मलेसिया पठाएको छ। तर मलेसियाले भने स्वास्थ्य संस्था थप्ने/नथप्ने कुनै जवाफ पठाईसकेको छैन।

प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *