विमानको कुन ठाउँमा लुकेर यात्रा गर्छन् मानिसहरु ? पढ्नुस यस्तो चमत्कार

काठमाडौं । गत आइतबार दिउँसो एक व्यक्ति अचानक आकाशबाट लण्डनको एउटा बगैँचामा खसे ।

जब उनी खसे तब उनको मृत्यु भइसकेको थियो तर आश्चर्यजनक रुपमा उनको शवले कसैलाई खासै क्षती पुर्याएको थिएन ।

एक प्रत्यक्षदर्शीका अनुसार ‘उनी कडा बरफ’ जस्तो भइसकेका थिए ।

पुलिसका अनुसार ती व्यक्ति नाइरोबीबाट हिथ्रो एयरपोर्ट आइरहेको केन्या एयरवेजको विमानको ‘ल्याण्डिङ गियर’ मा लुकेर यात्रा गरिरहेका थिए ।

विमानमा ल्याण्डिङ गियरको अर्थ पाङ्ग्रा र त्यसको पार्टस्हरुको सेट हो जुन अवतरणका बेला खुल्ने गर्छ ।

जमिन र समुन्द्रको बाटो हुँदै ठूलो संख्यामा मानिसहरु युरोप जाने कोसिस गर्छन् तर ल्याण्डिङ गियरमा लुकेर यात्रा गर्ने मामला निकै कम नै सार्वजनिक हुने गर्छ ।

उड्डयन मामलाको रिपोर्टिङ गर्ने पत्रकार डेविड लिवरमाउन्ट भन्छन्, ‘यस्तो प्रकारको यात्रा गरेर गन्तव्यमा जिवितै पुग्नु निकै मुश्किलको कुरा हो ।’

यस्ता उडानमा के हुन्छ ?

लिवरमाउन्टले बीबीसीलाई भने, ‘ल्याण्डिङ गियरमा लुकेर बिना टिकट यात्रा गर्नुको सबैभन्दा ठूलो खतरा योे हो कि टेकअफ पछि जब पाङ्ग्रा भित्र जान्छ तब थिचिएर ज्यान जाने खतरा अत्यधिक हुन्छ ।’

उनका अनुसार यो स्थानमा जलेर मृत्यु हुने खतरा हुन्छ किनभने गर्मी महिनामा पाङ्ग्राको ब्रेकको तापक्रम अत्यधिक हुने गर्छ ।

यदि कोही यसबाट बच्न सक्छन् भने उनीहरुले हाइपोथर्मिया अर्थात् कम तापक्रम वा अक्सिजनको भारी कमीको सामना गर्नुपर्ने सम्भावना अत्यधिक हुन्छ ।

लिवरमाउन्टका अनुसार यो स्थान विमानभित्रको क्याबिन जस्तै वातावरण अनुकूल हुँदैन, त्यसकारण यहाँको तापक्रम निकै भिन्न हुन्छ ।

लामो दुरीको यात्रामा हवाइजहाज निकै माथि पुग्छ र यस्तोमा ल्याण्डिङ गियरको तापक्रम –५० देखि –६० डिग्री सेल्सियससम्म पुग्छ ।

चिसोमा जम्नुबाहेक यति माथि उचाइमा अक्सिजनको कमी हुन्छ र हावाको दबाब पनि कम हुन्छ । यस्तो स्थितीमा फोक्सोले कडा मेहनत गर्नुपर्छ र लगभग शुन्य अक्सिजनको उपलब्धतामा सास फेर्न समस्या हुन्छ ।

जब विमान अवतरणको तयारी गरिरहेको हुन्छ तब पाङ्ग्रा भएको स्थान खुल्छ । यतिबेला यात्री अत्यधिक सतर्क हुन आवश्यक छ ।

लिवरमाउन्ट भन्छन्, ‘धेरैजसो यात्री यतिबेलै खस्छन् किनभने उनीहरु खतरनाक स्थितीमा हुन्छन् । कतिको यतिबेलासम्म मृत्यु भइसकेको हुन्छ भने कोही बेहोस भइसकेका हुन्छन् ।’

कति बाँच्छन् ?

उड्डयन मामलाका विशेषज्ञ एलेस्टेयर रोसेनशी भन्छन्, ‘यस्तो अवस्थामा बच्ने सम्भावना नै हुँदैन वा लगभग शून्य हुन्छ ।’

अमेरिकी संघीय उड्डयन प्राधिकरणले सन् १९४७ देखि दुई जुलाई २०१९ बीच घटित यस्तो मामलामा एउटा आँकडा जम्मा गरेका छन् ।

यो समयअवधिमा प्राधिकरणले ११२ उडानसँग जोडिएका १२६ मामला दर्ता गरेको छ ।

यो अनुसन्धानमा पत्ता लागेअनुसार यस्ता १ सय २६ हवाई यात्रामा ९८ को मृत्यु भएको छ जबकि २८ जना बाँच्न सफल त भए तर उनीहरुलाई पक्राउ गरियो ।

धेरैजसो मृत्यु ल्याण्डिङ वा टेक अफको क्रममा खसेपछि भयो वा यात्राकै क्रममा भयो । केही मामलामा पाङ्ग्रा खुम्चिएपछि किचेर मृत्यु भयो ।

प्राधिकरणको आँकडा अनुसार यस्ता मामला ४० भिन्न देशमा भए जसमा सबैभन्दा धेरै क्यूबा (९), चीन (७), डोमिनिकन रिपब्लिक (८), दक्षिण अफ्रिका (६) र नाइजेरिया (६) सँग सम्बन्धित छ ।

आकाशबाट खसेर मृत्युः

हिथ्रो विमानस्थल नजिकै लुकेर यात्रा गर्ने कुनै व्यक्तिको शव आकाशबाट खसेको यो घटना पहिलो भने होइन ।

सन् २०१५ को जूनमा पश्चिमी लण्डनको व्यावसायिक इलाकाको एउटा छतमा एक व्यक्तिको शव भेटियो । पछि उनी ४२७ मिटरको उचाइबाट खसेको थाहा भयो । उनका सहयात्री निकै गम्भीर अवस्थामा भेटिए । यी दुई ब्रिटिश एयरवेजबाट जोहान्सबर्गमा लुकेर यात्रा गरिरहेका थिए ।

यसको तीन वर्ष अघि सन् २०१२ को सेप्टेम्बरमा मोजाम्बिकका एक व्यत्तिलको शव लण्डनको एउटा सडकमा पाइएको थियो ।

अंगोलााट हिथ्रो आउने एक उडानबाट उनी खसेका थिए ।

त्यसै वर्ष अर्का एक व्यक्तिको हिथ्रो नजिकै खसेर मृत्यु भयो जो केपटाउनबाट आएको विमानमा लुकेर यात्रा गरिरहेका थिए ।

यस्तो यात्रामा कति बाँचे ?

विशेषज्ञले यस्तो प्रकारको यात्रामा मृत्यु निश्चित भएपछि यसका केही अपवाद भएको बताएका छन् ।

तर बाँचेकाहरुलाई पनि ठूलै चोट लागेको, चोटका कारण हात खुट्टा नै काट्नुपर्ने स्थिती सृजना हुने गर्छ ।

छोटो दुरीको उडान वा कम उचाईको उडानमा बाँच्ने सम्भावना अत्यधिक हुन्छ ।

सन् २०१० मा २० वर्षका रोमानियाका एक व्यक्ति वियनाबाट उडान भरेको प्राइभेट जेटमा हिथ्रो एयरपोर्ट पुग्न सफल भए ।

सन् २०१५ मा जोहान्सबर्गबाट लण्डन हिथ्रोसम्म १२ हजार ८ सय ७५ किलोमिटरसम्म यात्रा गर्ने ती व्यक्ति ल्याण्डिङ गियरमा बेहोस पाइएका थिए ।

उनी बाँच्न सफल भए ।

सन् १९६९– २२ वर्षका अमाएन्डो सोकारास रमिरेज क्यूबाको हवानाबाट मेड्रिडसम्मको उडानमा बाँचेका थिए ।

सन् १९९६ – २३ वर्षका प्रदीप सैनी दिल्लीबाट लण्डनको १० घण्टाको उडानमा बाँचेका थिए तर उनका भाइ विजयको हिथ्रो एयरपोर्ट नजिकै खसेका कारण मृत्यु भयो ।

सन् २००२ – तहितीबाट लस एन्जेल्सको बोइंग ७४७ को चार हजार माइलको उडानमा फिदेल मारुही बाँचेका थिए ।

सन् २०१४ः क्यालिफोर्नियाको स्यान जोशेबाट हवाइको माउईसम्म बोईंग ७६७ को ल्याण्डिङ गियरमा यात्रा गर्ने १५ वर्षका याहया आब्दी बाँचेका थिए ।

यस्तो यात्रा कसले गर्छन् ?

लियरमाउन्ट भन्छन्, ‘उडान भर्नुअघि विमानको पूरा जाँच गरिन्छ । साधारणतया यो जाँच ग्राउन्ड स्टाफ, क्रु मेम्बर्स वा कहिलेकाँही दुबैले गर्छन् ।’

त्यसकारण अन्तिम समयमा नै मानिसहरु लुक्न सफल हुन्छन् ।

लियरमाउन्टका अनुसार यस्तो अन्तिम पलमा विमानसम्म पहुँच हुने व्यक्ति मात्र यस्तो गर्न सक्छन् जस्तै ग्राउन्ड स्टाफ वा जसको पहुँच क्लियरेन्स स्टाफसम्म हुन्छ ।

लियरमाउन्ट भन्छन्, ‘उनीहरुलाई थाहा छैन कि यो कति खतरनाक हुन्छ, यसमा मृत्यु लगभग निश्चित छ ।’

प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *