टिप्स

आफैँसँग डेट र आफैँसँग रोमान्स

टिम हार्डफोर्ड
फिफ्टी थिङ्स द्याट मेड द मोडर्न इकोनमी

करिब डेढ दशक पहिले म्युजिकल कमेडी ‘एभेन्यु क्यु’को गीत निकै चल्तीमा थियो। गीतले भन्थ्यो, ‘द इन्टरनेट इज् फर पोर्न’ अर्थात् इन्टरनेट भनेको सूचना र जानकारीका लागि होइन, अश्लीलताका लागि हो।

टेलिफिल्मकी पात्र केट मोन्स्टर भन्छे, ‘इन्टरनेट साँच्चिकै राम्रो चिज हो।’ ट्रेकी मोन्स्टरको जवाफ आउँथ्यो, ‘हो तर पोर्नका लागि (अश्लीलताका लागि)।

केटले फेरि भन्थी, ‘मसँग तीव्र गतिको इन्टरनेट छ। मैले अरुजस्तो कुरिरहनु पर्दैन।’ ट्रेकीले फेरि जवाफ फर्काउँछे, ‘हो, पोर्नका लागि।’

यो सोमा एउटी सोझी किन्डरगार्टनकी शिक्षिका केट मोन्स्टर किनमेल र जन्मदिनको बधाइ दिनका लागि इन्टरनेटको जुन उपयोगिता हुन्छ, त्यसका लागि बडो खुसी हुन्छे।

यसैमा बीचमा उसको असभ्य छिमेकी ट्रेकी मोन्स्टर प्वाक्क बोल्छे, ‘इन्टरनेट गतिविधि त अन्तरङ्ग गतिविधिका लागि महत्त्वको छ।’

२५ वर्षअघिको टिभी सोको यो भविष्यवाणी अहिले कत्तिको पुग्छ त ? के यी कुरामा सत्यता छ त ? सत्य त छ तर आधाअधुरो।

तथ्याङ्कले भन्छ, इन्टरनेटमा खोजी गरिने सातमध्ये एउटा विषय पोर्नका बारेमा हुन्छ। बाँकी छ त अरु नै विषयमा खोजी हुन्छ।

सबैभन्दा बढी खोजी गरिने पोर्न वेबसाइट पोर्न हब करिबकरिब नेटफ्लिक्स र लिङ्क्डइनजत्तिकै लोकप्रिय छ। यो कति लोकप्रिय छ भने संसारभरिको लोकप्रियताको मापनमा २८ औँ नम्बरमा छ।

एभेन्यु क्यु टेलिभिजन शृंखला २००३ मा आएको थियो। इन्टरनेटको लोकप्रियताको हिसाबले हेर्दा यो निकै अगाडि। त्यो बेला ट्रेकी मोन्स्टरको भनाइ सत्य पनि हुनसक्छ।

सामान्यतः नयाँ प्रविधि ज्यादै महँगो र कम भरोसायोग्य हुन्छ। उनीहरुलाई यस्तो भरोसायुक्त बजार चाहिन्छ, जसमा मानिसहरु चाँडै अभ्यस्त हुन सकून् र यसैको आडमा प्रविधिलाई विकसित गर्न सहयोग गर्न सकियोस्।

जब यो सस्तो र बढी भरोसायुक्त बन्न पुग्छ, यसपछि बजारले आफ्नो पकड बढाउन थालिहाल्छ र अन्य क्षेत्रले यसलाई उपयोग गर्न थाल्छ।

यसै सिद्धान्तका आधारमा पोर्नोग्राफीले इन्टरनेट र यससँग जोडिएका अन्य प्रविधिको विकासमा महŒवपूर्ण भूमिका खेलेको छ। के पोर्नले इन्टरनेटलाई बढाउने भूमिका खेलेको छ त ?

कलाको सुरुवातबाट नै सेक्सले सधैँ आफूलाई प्रस्तुत गर्दै आइरहेको छ। प्रागऐतिहासिक गुफा मानव जातिले शरीरका गुप्ताङ्गका रेखाचित्र बनाउने गर्थे।

११ हजार वर्षअघि नै अन्तरङ्ग राशलीलाको चित्र बनाइएको पाइन्छ। मेसोपोटामियाका एक जना कलाकारले चार हजार वर्ष पहिले टेराकोटाको सहयोगले स्त्री र पुरुषको अन्तरङ्ग क्षेत्रलाई कलाकृतिका माध्यमले जीवन्त बनाएका थिए।

यसको केही शताब्दीपछि उत्तरी पेरुमा मोसेले माटोबाट यस्तै कलाकृति बनाएका थिए। हामीले चिन्ने बुझ्ने गरेको कामसूत्र पनि यही अवधिको मानिन्छ।

कलाको विकासमा योगदान

मानिसहरुले स्त्री/पुरुषका उत्तेजक क्षणहरुलाई कलाकृतिमा उतार्ने गर्थे। यसको अर्थ, तिनको कलाको विकासका पछाडि यसको योगदान छ भन्ने पनि होइन।

गुटेनबर्गले जसै प्रिन्टिङ प्रेसलाई विस्तृति दिए, त्यसपछि रोमान्टिक पुस्तकहरु निकै प्रकाशित हुन थालेका थिए। तर मुख्य बजार भने धार्मिक पुस्तक नै थियो।

यसैबीच कलाको क्षेत्रमा १९ औँ शताब्दीमा बिस्तारै फोटोग्राफी छि¥यो। त्यो बेला आर्ट स्टडिजको नाममा त्यो बेला पेरिसका अगुवा स्टुडियोले बडो चम्किलो फोटोको व्यापार गरे।

ग्राहकहरुले यो प्रविधिका लागि बढीभन्दा बढी पैसा दिन राजी भए। एउटा समय त यस्तो थियो कि एउटा उत्तेजक तस्बिरको मूल्य, त्यो बेला एक जना यौनकर्मीलाई दिइने रकमभन्दा पनि बढी हुन्थ्यो। पोर्नोग्राफी शब्द ग्रीसबाट आएको हो, जसको अर्थ ‘लेखन’ वा ‘यौनकर्मी’ हुन्थ्यो।

कलात्मक अभिव्यक्तिमा त्यो बेला एउटा अर्को क्रान्तिकारी आगमन भइसकेको थियो, चलचित्रको। फिल्म उद्योग बढ्नका लागि पोर्नको कुनै ठूलो हात थिएन। यसको स्वाभाविक कारण थियो, फिल्म निर्माण महँगो हुन्थ्यो। विशाल दर्शकले तिरेको रकमले नै यसको मूल्य पाइन्थ्यो।

यसको अर्थ थियो, मानिसहरु सामूहिक रुपमा नै यसलाई हेरुन्। हुन त कयौँ मानिसहरुले पोर्नोग्राफी हलमा नै हर्न पाइयोस् भनेर सामूहिक रुपमा नै पैसा उठाउने पनि गर्थे। तर पोर्नोग्राफी फिल्म सामूहिक रुपमा हेर्न सर्वसाधारणले उति सहज अनुभूत गर्दैनथे।

पोर्न र प्रविधिको विकास

१९६० को दशकमा पिप–सो बुथ चल्ने गथ्र्यो। यो एउटा बाइस्कोपजस्तो थियो। यसमा पैसा हालेर अश्लील दृश्यहरु हेर्न पाइन्थ्यो।

त्यो बेला एउटा बुथले सातामै हजारौँ डलर कमाइ गथ्र्यो। तर त्यो पनि सार्वजनिक स्थलमा हुने भएकाले कयौँले त्यहाँ जान रुचाउँदैनथे।

एकान्तमा एक्लै बसेर पोर्न हेर्नुको रमाइलो भने भिडियो क्यासेट रेकर्डर (भिसिआर) आएपछि मात्र सम्भव बन्यो।

पेचन बार्स ‘द इरोटिक इन्जन’मा भन्छन्, ‘भिसिआरपछि नै पोर्न एउटा आर्थिक र प्राविधिक रुपमा पावरहाउसका रुपमा आफैँ अघि बढ्न थाल्यो।’

सुरुमा त भिसिआर निकै महँगो हुन्थ्यो। तर जसैजसै नयाँ नयाँ प्रविधि आउँदै जान थाल्यो, पोर्नले ती प्रविधिलाई अँगाल्दै जान थाल्यो।

केबल टिभी र इन्टरनेट

१९७० को दशकको उत्तराद्र्धमा सिनेमा हलमा कम चलेका फिल्महरु भिडियो टेपमा आउन थाले। यिनले क्रमशः सफलता हात पार्ने बित्तिकै नयाँ बजारको मौका छोपिरहेको पोर्न उद्योगले आफ्ना फिल्मलाई भिडियोमा जारी गर्न थाले।

यो समयको केहीपछि नै भिडियो टेप प्रविधि यति सस्तो भयो कि घरघरमा भिडियो पुग्न थाल्यो। घरघरमा फिल्म हेर्ने माहोल बन्दै जाँदा लुकीछिपी घरका सदस्यले पोर्न पनि हेर्न थाले र यसले आफ्नो बजार सुरक्षित गर्न थाल्यो।

यही कुरा केबुल टेलिभिजन र इन्टरनेटका कुरामा पनि दोहोरिन्छ। १९९० को दशकमा भएको एउटा अध्ययनले देखाउँछ, त्यो बेला बाँडिने छमध्ये पाँच तस्बिर अश्लीलतासँग सम्बन्धित हुन्थ्यो।

केही वर्षपछि एक अर्को शोधमा इन्टरनेट च्याट रुममा हुने गतिविधि पनि सेक्सका कुरा अत्यधिक हुने गर्थे।

इन्टरनेटसँग जोडिएको प्रविधिको विकास

त्यसैले त्यो बेला ट्रेकी मोन्स्टरको अनुमान गलत थिएन भन्न सकिन्छ। ट्रेकीले केटसँग भन्छ, ‘पोर्नको भोकले नै फास्ट कनेक्सन, उच्चतम स्तरको मोडेम र ब्यान्डविथको माग बढाउन भूमिका खेल्यो।’

यसले अन्य क्षेत्रहरुमा नयाँ खोजका लागि बाटो पनि बनायो। अनलाइन पोर्न नाउने वेब टेक्नोलजीमा अग्रणी थिए। भिडियोलाई सानो आकारको बनाउने तथा अनलाइन पेमेन्ट गर्ने आदि कुरामा उनीहरु एक कदम अघि बढे।

मार्केटिङ प्रोग्रामहरु जस्तै बिसनेस मोडलले पनि यिनलाई बढाउन ठूलो योगदान ग-यो।

यी सबै आइडियाले तिनलाई बढीभन्दा बढी मानिससम्म पु¥याउन भूमिका खेले अथवा पु¥याउन खोज्न सहयोगी भूमिका खेले। जसै इन्टरनेटको विस्तार भयो, पोर्नसँगै अन्य वस्तुको प्रयोग पनि बढ्दै जान थाल्यो।

हिजोआज प्रोफेसनल पोर्नोग्राफरका लागि इन्टरनेटले निकै समस्या उत्पन्न गरेको छ। जसै अखबार र म्युजिक भिडियोजस्ता कुरा अनलाइनमा सित्तैमा उपलब्ध भइरहेको बेला किन कसैले पोर्न किनेर हेर्ने भन्ने भावना बढेर गएको छ। यसका अतिरिक्त पोर्नहब लगायतका अन्य फ्रि वेबसाइट भएकाले पनि पोर्न बेच्न गाह्रो भइरहेको छ।

फ्रि पोर्नको सबैभन्दा ठूलो हिस्सा पाइरेटेड हुन्छ र गैरकानुनी तरिकाले अपलोड गरिएको भिडियो हटाउनु बडो गाह्रो काम हो।

पोर्नको बजार

कस्टम पोर्न बनाउने एउटा नयाँ बजार यतिबेला चल्तीमा छ। यसमा दर्शकले आफूले चाहेको प्लटमा पोर्न फिल्म बनाउन अग्रिम रुपमा पैसा तिर्ने गर्छ।

फिल्म बनाउनेका लागि जे कुरा खराब भइरहेको छ, त्यो एग्रिगेटर वेबसाइटका लागि नाफामूलक साबित भइरहेको छ। तिनले विज्ञापन र प्रिमियम ग्राहक फेला पारिरहेका छन्।

यो बेला पोर्न इन्डस्ट्रीमा माइन्डगिक कम्पनी सबैभन्दा अगाडि छ। योसँग पोर्नहबसमेत १० शीर्ष पोर्न वेबसाइटमध्ये सात वटाको मालिक बन्न पुगेको छ।

भ्यान्कुभर स्कुल अफ इकोनमिक्सकी प्राध्यापक मेरिना एडसेडका अनुसार, बजारमा यस किसिमको एकाधिकार हुनु एउटा समस्या नै हो। उनी भन्छिन्, ‘एउटै मात्र कम्पनीले तपाईंको फिल्म किन्छ भने तपाईंले उसलाई बाध्य भएर उसले भनेजति रकममा बेच्नुपर्छ। जबकि तपाईंले आफ्नो नाफा कुस्त लिएर मात्र बेच्न पाउनु पथ्र्यो।’

‘यसले पोर्नोग्राफरको नाफामा कमी त आउँछ नै, यसले कलाकारमाथि समेत दबाब बढेर जान्छ,’ उनी भन्छिन्, ‘जे काम गर्न कलाकार रुचाउँदैनन्, उनीहरुले त्यही गर्नुपर्ने हुन्छ र त्यो पनि कम दाममा।’

‘एभेन्यु क्यु’मा ट्रेकी मोन्स्टर दिनभरि केही गर्दैन। उसको काम भनेको पोर्न सर्च गर्नु मात्र हो। त्यसैले अरु पात्रहरु उसको यो गतिविधिबाट दिक्क हुन्छन्। अन्य साथीहरु त्यो बेला हैरान हुन्छन्, जब ऊ आपूmलाई करोडपति भएको दाबी गर्छ।

ऊ भन्छ, ‘उतारचढावयुक्त बजारमा सबैभन्दा सजिलो र भरपर्दो लगानी भन्नु नै पोर्न हो।’

यस पटक पनि पुनः ट्रेकी मोन्स्टर करिब करिब सही कुरा बताइरहेको छ तर उसले भनेजस्तो चाहिँ पक्कै पनि होइन। यो त पक्का हो, पोर्नमा पैसा छ।

तर यसमा पैसा कमाउने सही तरिका चाहिँ त्यो नयाँ प्रविधिमा लगानी गर्नु हो, जसले अब नयाँ फड्को मार्ने बेला भएको छ। यो पत्ता लगाउनु फेरि उति सजिलो भने छैन।

उहिलेको जमानामा फोटो स्टुडियो, भिसिआर, हाइस्पिड मोडम बन्थे। हिजोआज माइन्डगिकले निर्माण गरेको एल्गोरिदम हो, यसले आइडिया बताउँछ।

ट्रेकी मोन्स्टरको भविष्यको गीत के होला ? सायद, ‘रोबोट्स आर फर पोर्न’ अर्थात् ‘रोबोट चाहिँ अब पोर्नका लागि तयार छन्।’
अर्थात्, टेक्नोलजी विकसित गर्नमा सेक्सको भूमिका अझै सकिएको भने छैन।

अटोसेक्सुअल युवतीको कथा

तपार्इंलाई बडो अजिब लाग्ला, म आफैँलाई देखेर उत्तेजित हुन थाल्छु। यस्तो चाहिँ कहिलेकाहीँ कुनै पुरुष वा स्त्रीलाई हुने गर्छ, कुनै विपरीतलिङ्गी भेट्दा।

त्यसो त अन्य टिन एजरहरुलाई झैँ मलाई पनि मेरो व्यक्तित्व र हेर्दा आकर्षक छु कि छैन भन्ने चिन्ता लाग्छ। जसै म नुहाएर आउँछु, कपडा लगाउँछु र ऐनामा हेर्छु, आफ्नै अनुहार देखेर मोहित हुन पुग्छु र मलाई अचाक्ली यौनाकर्षण बढेर आउँछ।

खासमा मलाई कहिलेकाहीँ मन तुलबुल भएर आयो भने ऐनामा उभिन्छु र आफूलाई हेर्नेबित्तिकै कतै नभएको यौन आकुलता बढेर आउँछ।

मेरो शरीर आकर्षित गर्ने किसिमका नहुन सक्छ। म पातली छु। मेरो काँध लामो छ। मेरा कपाल घुङ्गिएको छ। बाहिरको कुनै आकर्षक पुरुषले मलाई यत्तिकैमा हे¥यो भने कस्तो अनाकर्षक केटी भन्ला। तर जसै म आफू नाङ्गै ऐनामा उभिन्छु, आफैँप्रति भुतुक्क हुन्छु।

मलाई पहिला किन यस्तो हुन्छ भन्ने थाहा थिएन। १७ वर्षको उमेरमा जब मेरा साथीहरुसँग यौनका गफगाफ हुन थाले, क्रमशः मेरो यौनिकता कस्तो होला भन्ने चासो बढेर गयो र नयाँ किसिमको यौनिकताका बारेमा थाहा भयो।

बालापनदेखि नै सँगै हुर्किएका मेरा साथीहरुसँग म यौनिकताका अनुभवका बारेमा कुरा गर्ने गर्थें। उनीहरुले जसै आफ्ना अनुभव सुनाउँथे, मलाई अचम्म लाग्थ्यो किनभने म उनीहरुजस्ती थिइनँ। मैले सुनाएका कुराहरुलाई लिएर उनीहरुले मेरो हाँसो उडाउँथे।

उनीहरुले हाँसो उडाउँदा र बनाइएका चुट्किलामा हाँस्थेँ। हाँस्दै गर्दा म सोच्थेँ, मेरो के गल्ती छ ? यसपछि नै मलाई थाहा भयो, म अरुभन्दा फरक छु। म आफैँप्रति सेक्सुअल्ली आकर्षित हुन्छु र यही कुराले मलाई अन्यभन्दा फरक बनाएको छ। यसमा मेरो के गल्ती त ?

समयसँगै म आफैँप्रति आशक्त हुने कुरा मन पराउन थालेकी छु। म आफूलाई मन पर्न थालेको छ र यसमा अरुले के भन्लान् भन्ने सोच्न छाडिदिएकी छु।

हालै मलाई म आफैँप्रति आशक्त हुने कुरा वैज्ञानिक भाषामा ‘अटोसेक्सुअल’ भनिँदोरहेछ भन्ने थाहा पाएँ। कसैले मलाई तिमी कस्तो मान्छे हौ भनेर सोध्यो भने गर्वका साथ सुनाउने गर्छु, ‘म अटोसेक्सुअल हुँ।’

अटोसेक्सुआलिटी के हो ?

आफ्नै शरीर हेरेर नै आफैँलाई दिने यौन सुख वा पाइने यौन सुख या आफ्नै शरीरबाट आशक्त भइने चिजलाई विज्ञानले ‘अटोसेक्सुअल’ नामकरण गरेको छ।

यस्ता मानिसहरु समलिङ्गी हुँदैनन्, उनीहरु ‘गे’ वा ‘लेस्बियन’ पनि हुँदैनन्। अटोसेक्सुअल मानिस कुनै पनि लिङ्ग (स्त्री÷पुरुष)प्रति आकर्षित हुँदैनन्।

अटोसेक्सुअल शब्दलाई परिभाषित गर्न वैज्ञानिकहरुले निकै मिहिनेत गरेका थिए। यो शब्दलाई ठीक तरिकाले परिभाषित गर्नका लागि न त आवश्यक डाटा छ न त पर्याप्त शोधअनुसन्धान नै।

सन् १९८९ मा यो शब्दलाई पहिलो पटक बहसमा ल्याउने काम डा. बर्नार्ड एपलबाउमले गरेका थिए। उनी यौन मनोविशेषज्ञका रुपमा परिचित थिए। उनले एउटा शोधपत्र तयार पारेका थिए र सोही शोधमा पहिलो पटक अटोसेक्सुअल शब्द फुराएका थिए। उनले त्यो बेला नै आफ्नो शरीरसँगै सेक्सुअल्ली आकर्षित हुने भनी परिभाषित गरेका थिए।

आफैँसँग डेट र आफैँसँग रोमान्स

माइकल आरोनले हालै ‘मोर्डन सेक्सुआलिटीः द ट्रुथ अबाउट सेक्स एन्ड रिलेसनसिप’का लेखक हुन्। उनले सो पुस्तकमा अटोसेक्सुआलिटीका बारेमा लेखेका छन्। उनले पुस्तकमा भनेका छन्, आफैँमा आकर्षित हुनु स्वाभाविक भए पनि केही व्यक्ति अरुको तुलनामा आफैँलाई छोएर बढी उत्तेजित हुन्छन्। यस्ता व्यक्ति नै ‘अटोसेक्सुअल’ हुन्।

मलाई भने धेरैले त्यो रुपमा कहिल्यै बुझेनन्। तिनले मलाई ‘आत्ममुग्ध’ (नार्सिसिस्ट) ठाने। आफैँलाई प्रेम गर्ने र मुग्ध हुने मनोवैज्ञानिक अवस्था आत्ममुग्धता हो। तर लन्डन विश्वविद्यालयका प्राध्यापक डा. जेनिफर म्याकगोवन भन्छिन्, ‘नार्सिसिस्टिक पर्सनालिटी डिसअर्डर’को बिरामीमा सहानुभूतिको अभाव, प्रशंसाको आवश्यकता या स्वयं आफूलाई लिएर ज्याना इमोसनहरु हुन्छन्। यस्तो लक्षण भएका व्यक्तिलाई आत्ममुग्ध भन्न सक्नुहुन्छ तर मेरो चाहिँ त्यस्तो समस्या थिएन। म आत्ममुग्ध व्यक्ति थिइनँ। यी सबै लक्षणभन्दा मेरो लक्षण फरक थियो। अटोसेक्सुआलिटीले नै मेरो अवस्थालाई स्पष्ट पाथ्र्यो।

डा. जेनिफर भन्छिन्, ‘अटोसेक्सुअलहरु आफैँसँग यौन सम्पर्क गर्दा राम्रो महसुस गर्छन् जबकि नार्सिस्ट अरुकै चासो र चाखमा रुचि राख्छन्। सहानुभूति या प्रशंसाको कमीजस्ता कुरासँग अटोसेक्सुआलिटीको कुनै साइनो छैन।’

अन्य केही विशेषज्ञका मान्यता के छ भने अनय मानिसजस्तै अटोसेक्सुअल मानिसहरुमा पनि सेक्सुआलिटीका बेग्लाबेग्लै मानक देखिन्छन् र त्यसको स्तर पनि फरक–फरक हुन्छ। केही मानिसहरु अटोसेक्सुअल हुनुका साथै अटोरोमान्टिक पनि हुन्छन्। अटोरोमान्टिक मानिसहरु आफैँ डेटमा जाने, राम्रो मौसम हुनेबित्तिकै एक्लै घुम्न निस्कने हुन्छ।

अटोसेक्सुअल हुनुका साथसाथै मलाई कहिलेकाहीँ आम व्यक्ति जस्तै हुने इच्छा पनि हुन्थ्यो। मलाई कहिलेकाहीँ साथीहरुसँग मेरो भावना किन बुझ्न नसकेका होलान् भनेर बहुतै रिस उठेर आउँथ्यो।

पछिल्लो समय म आफ्नो ब्वाइफ्रेन्डसँगै बस्न थाले। ऊसँगै बस्न थालेपछि भने मैले अलग्गै महसुस गर्न थालेकी छु। के भइरहेको छ भने, ब्वाइफ्रेन्डसँग समय बिताउँदा वा खासगरी यौन सम्बन्ध बनाउन खोज्दा एक्लै जस्तो महसुस हुन्थ्यो, त्यस्तो हुन छाडेको छ। म ऊसित रमाइलो मान्नै नसक्ने अवस्थामा पुगिसकेकी छु।

यस्तो बेलामा चाहिँ मलाई लाग्छ, म अन्य सामान्य मानिसजस्तै महसुस गरे कति जाती हुन्थ्यो होला तर फेरि पनि मलाई लाग्छ, सेक्सुआलिटी भनेको सामान्य कुरा पनि होइन भने सामान्यजस्तै हुनुपर्छ भन्ने पनि त छैन !

हालै मैले एउटा अनलाइनमा फिमेल अटोसेक्सुअललाई फेला पारेँ। यसपछि मैले आफ्ना भावना पोखेँ। ऊसित कुरा गरेपछि भने मलाई रमाइलो लाग्यो, कम्तीमा मेरो भावना बुझ्ने त कोही रहेछ भन्ने महसुस भयो। अहिले हामी हामीजस्तै सोच राख्ने व्यक्तिहरुको खोजीमा छौँ। यस्तो हुँदा म आफैँ एक्लै छैन भन्ने भावनाले दह्रो ढाढस दिँदोरहेछ।

धेरैजसो मानिसले यो कुरा बुझ्न सक्तैनन् भन्ने मलाई थाहा छ। मानिसले हामीलाई हेरेर सिधै यो त यस्ती हो भनिदिन सक्छन् किनभने महसुस गर्नुभन्दा धारणा बनाउन सजिलो छ।

प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *