टिप्स

सेक्स नगर्ने मान्छेको आयु किन दोब्बर हुन्छ ? यस्तो छ रोचक वैज्ञानिक तथ्य

मानिसको बुढोपना सम्बन्धी एकजना वैज्ञानिकले सेक्स मानिसको आयु कम गराउने प्रमुख तत्व रहेको बताएका छन् ।

अमेरिकी थिंक ट्यांक बायोजेरेन्टोलोजी फाउन्डेसनका निर्देशक समेत रहेका प्राध्यापक एलेक्स जाभोरोन्कोभले दाबी गरेका छन् की यदि मानिसले सेक्स गर्न छाड्ने हो भने ऊ १५० वर्षसम्म बाँच्न सक्छ ।

आफ्नो नयाँ पुस्तक एजलेस जेनेरेसनमा उनले भनेका छन्( सेक्स विनाको जिवनशैलीले हामीलाई हाम्रो जिन्दगी अझै लामो, निकै लामो उमेरसम्म जिउन सक्षम बनाउँछ । उनले भनेका छन्, ‘मैले कहिलेकाहीँ सेक्स गर्छु । तर स्थायी रुपमा होइन । कहिलेकाहीँ आफ्नै साथी वैज्ञानिकसँग सेक्स गर्छु ।

यसका लागि मलाई माफ गर्नुहोस् । ३६ वर्षे युवा प्राध्यापकले विवाह, सन्तानप्राप्ति तथा विवाहित हुँदाको जिम्मेवारीका कारण खपत हुने उर्जाको प्रक्रियालाई इनर्जी स्यापिंग डिस्ट्रयाक्सन अर्थात् उर्जा बर्बाद गर्ने उन्माद भनेका छन् । यस्तो उन्मादप्रति सावधान रहनुपर्ने उनको सुझाव छ ।

विवाह तथा प्रजननलाई रोक्नुको परिणाम भनेको औषत आयुमा परिवर्तन हुनु हो । उनले सेक्सको साटो मानिसले स्वस्थ रहनका लागि दैनिक उठबस, व्यायाम तथा दौडका साथै कम भोजनमा ध्यान दिनुपर्ने बताए । आफुले पनि फलफूल, दही तथा प्रोटिनजन्य खानेकुराहरुको माध्यमबाट दैनिक १६ देखि १७ सयसम्म क्यालोरी भोजन गर्ने गरेको उनको भनाइ छ ।

उनी भन्छन् एक सय पचास वर्षसम्म बाँच्नु विल्कुलै अवास्तविक होइन । मैले आफु मर्ने योजना बनाइरहेको छैन । तपाइँले ३० वर्षको उमेरपछि केवल यो महसुस गरेर जिउनुपर्छ की जे–पनि सम्भव छ । विश्व स्वास्थ्य संगठनले अघिल्लो हप्ता मात्र भनेको थियो की विश्वका मानिसहरु अब १ सय वर्षसम्म बाँच्नु सामान्य हुनेछ ।

डब्लुएचओका महानिर्देशक डाक्टर मार्गरेट चानका अनुसार स्वास्थ्यका लागि अप्रत्यासित चुनौतिहरु रहेको यो युगमा एउटा प्रवृत्ति तय भैसकेको छ की विश्वका मानिसहरुको जिवन तिव्र रुपमा लम्बिइरहेको छ ।

धेरै मानिसहरु आफु ६० वर्षभन्दा धेरै बाँच्ने भरोसा गर्न सक्ने भएका छन् । स्वास्थ्य प्रणाली, जनशक्ति तथा बजेटको परिणाम निकै सन्तोषजनक रहेको छ ।

मान र श्रीमतीको एकै राशी भएमा के हुन्छ ?

ज्योतिष शास्त्रको अनुसार बाह्र राशी हुन्छ | सबै राशिको फरक-फरक ग्रह हुन्छ जुन चाहिँ मान्छेको स्वभाव अनुसार आधारित हुन्छ | विवाह जस्तो पवित्र कार्यमा पनि राशीले ठुलो भूमिका खेलेको हुन्छ |

दुई व्यक्तिको फरक र एकै किसिमको राशीले विवाहमा ठुलो भूमिका खेलेको हुन्छ | विवाह पछिको जीवन सुखमय हुन्छ कि हुँदैन भन्ने कुरा धेरै हदसम्म राशीले पनि निर्घारित गरेको हुन्छ | तल पढ्नुहोस्ए एकै राशी हुनेहरुको वैवाहिक जीवन यस्तो हुन्छ –

मेष र मेष (ग्रह – मंगल)

यो राशीको व्यक्तिहरु धेरै मेहेनती हुन्छन् | दुबै श्रीमान् र श्रीमती मेष राशिको भयो भने जीवन सुखमै रहन्छ |

बृष र बृष (ग्रह – शुक्र)

मायाँको प्रतिक मानिने यो जोडीमा धेरै मायाँ हुन्छ | उनीहरुको दाम्पत्य जीवन सुखमै बित्छ |

मिथुन र मिथुन (ग्रह – बुध)

यो राशिको मान्छेमा धेरै शंका र चिन्तन गर्ने बानी हुन्छ | त्यहि कारणले गर्दा दुबै बीचमा कहिलै पनि शान्ति हुदैन | त्यसैले यो राशि हुनेहरुले आफ्नो लागि अर्कै राशिको जीवनसाथी खोज्दा निकै लाभदायक हुन्छ |

कर्कट र कर्कट (ग्रह – चन्द्रमा )

यो एकै राशि भएका जोडीहरु बिचमा धेरै झगडा हुन्छ | साथै चिन्तन गर्ने बानीले गर्दा बादविवाद पनि बढी हुन्छ | त्यसैले ज्योतिसहरुले यी एकै राशि भएकाहरुको बैबाहिक जीवन सुखमयी नहुने दावी गर्छन |

सिंह र सिंह (ग्रह – सूर्य)

यी एकै राशि हुने जोडीहरुबीच कहिलेकहिँ झगडा हुनसक्छ तर वैवाहिक जीवन भने सुखी नै रहनेछ | त्यसो त लोग्नेस्वास्नीको झगडा हुन्छ नै तर एक-अर्काप्रति बुझ्नेले आपसमा झगडा भए पनि केहि समयमा मिलिहाल्छन |

कन्या र कन्या(ग्रह – बुध)

यो राशिका जोडीहरु एक अर्काको आवस्यकता पुरा गर्न नसकेर दुबै बिच असन्तुष्टि व्यक्त गर्छन | यस्तो जोडीले आफ्नो सन्तुष्टि पुरा गर्न आफ्नो जीवनसाथी भन्दा अरुलाई ध्यान दिने गरेको ज्योतिसहरुको दावी छ |

तुला र तुला (ग्रह – शुक्र)

तुला राशि-राशि बीच बैबाहिक जीवन भयो भने दुबैजनाको जीवन सुखमै बित्छ | यिनीहरु सामान्य हुने हुनाले यिनीहरुले एकअर्काप्रति सन्तुष्ट हुन्छन |

बृश्चिक र बृश्चिक (ग्रह – मंगल)

यो राशिको दाम्पत्य बिच सधै विवाद रहन्छ | सधै चिन्ता र तनाव सामना गर्नुपर्ने हुन्छ | त्यसैले ज्योतिसहरु यी दुईराशि एकै भएकाहरुसँग बिबाहको लागि राम्रो मान्दैनन |

धनु र धनु (ग्रह – गुरु)

यो राशिको जोडीको जीवन सुखमै बित्छ |

मकर र मकर (ग्रह – शनि)

यो राशीको दाम्पत्य जीवन सफल रहनेछ |

कुम्भ र कुम्भ (ग्रह – शनि)

यो राशिको मान्छेहरु मेहेनती हुन्छ | दुबैजनाको जीवन सुखमै रहनेछ | मेहेनती हुने हुनाले यिनीहरुको जीवनमा धनधान्यले साथ दिन्छ भने त्यसैको उपभोगले उनीहरु सुखी र खुसि हुन्छन |

मीन र मीन (ग्रह – गुरु)

मीन राशी भएको दाम्पतिको जीवन पनि सुख रहने ज्योतिसहरुको दावी छ |

अन्तमा यो पनि:
हामीले हाम्रो जीवन सुखी बनाउने धेरै तरिका छन् | राशि मिल्दैमा एक-अर्काप्रति गरिने ब्यबहारनै राम्रो छैन, एक अर्काले गर्नुपर्ने ख्यालनै छैन र एक अर्कोप्रति मायाँभावनै राख्दैन भने कुनै पनि बैबाहिक जीवन सफल हुँदैन तर स्वभावले पनि धेरै कुरा दर्शाउने हुँदा ज्योतिसहरुले भनेका कतिपय कुराहरु मिल्ने गरेका छन् |

परिवार बनाउन त्यस परिवार भित्रको समझदारी अत्यन्त महत्वपूर्ण मानिने हुँदा आफ्नो वैवाहिक जीवन सफल पार्न एक अर्कोप्रति उत्तरदायी हुनुस् |

आफूले गरेको ब्यबहार राम्रो जस्तो लागेन भने माफी माग्नुस र आफुले गरेको ब्यबहार सच्याउने प्रयास गर्नुस् | आफ्नो जीवन साथीलाई नराम्रो लाग्ने कुराबाट सकेसम्म टाढा रहनुस् | तब जीवन सुखी रहन्छ |

शरीरको कुन अंगको कोठीले के संकेत गर्दछ ? जान्नुहोस्

निधारको दायाँ भागमा कोठीः यो भागमा कोठी हुने मानिसहरु धनवान हुन्छन् । तपाईंलाई कहिले पनि पैसाको कमी हुँदैन ।

निधारको बाँया भागमाः यदि तपाईंको निधारको बाँया हिस्सामा कोठी छ भने तपाईंको जीवन निकै कष्टकर हुने गर्दछ । तपाईं आफ्नो जीवन निकै गाह्रो गरेर बिताउनुहुन्छ ।

निधारको बिचमा कोठीः निधारको बिचमा कोठी हुने व्यक्तिका लागि यो शुभ संकेत हो । अनुहारको यो भागमा कोठी भएका कारण तपाईंको जीवनमा कहिले पनि पैसाको कमी हुँदैन । यसका साथै तपाईंले निकै मानसम्मान पनि पाउनुहुन्छ ।

चिउँडोमा कोठीः यदि तपाईंको चिउँडोमा कोठी छ भने तपाईंले भविष्यमा निकै ध्यान दिनुपर्ने हुन्छ । यसले तपाईंको जीवनसाथीसँग कलहको अत्यधिक सम्भावना निम्त्याउने गर्दछ ।

दाहिने आँखामा कोठीः यो शुभ संकेत हो । यसका कारण तपाईंले आफ्नो जीवनसाथीबाट पूरै जिन्दगीभरि माया पाइरहुनुहन्छ ।

बायाँ आँखामा कोठीः यो अशुभको संकेत हो । यसका कारण तपाईंले पूरै जिन्दगी संघर्ष गरेर बिताउनुपर्ने सम्भावना छ।

गालामा कोठीः यदि तपाईंको दाहिने गालामा कोठी छ भने यो शुभको संकेत हो । यसलाई तपाईंले धनवान बनाउँछ । तर यदि तपाईंको बाँया गालामा कोठी छ भने यो अशुभ हो । यसले तपाईंलाई सधैं पैसाको अभावमा बाँच्नुपर्ने संकेत गर्छ ।

ओठमा कोठीः ओठमा कोठी हुने व्यक्तिहरुको भित्रि मनमा निकै प्रेम हुन्छ । यसले तपाईंको कामुक प्रवित्तिलाई पनि दर्शाउँछ ।

कानमा कोठीः यदि तपाईंको दाहिने कानमा कोठी छ भने यसको अथए तपाईंको जीवन निकै छोटो छ तर यदि तपाईंको बायाँ कानमा कोठी भएमा यो शुभ हुन्छ । बाया कानमा कोठीले देखाउँछ कि तपाईं सधैं दुर्घटनाबाट बच्नुहुन्छ ।

गर्दनमा कोठीः गर्दनमा कोठी हुनु निकै शुभ मानिन्छ । यसले तपाईंको पूरै जिन्दगी निकै विलासितामा बिताउँने देखाउँछ । यस्ता व्यक्तिहरुको उमेर पनि लामो हुन्छ ।

हातमा कोठीः यदि तपाईंको दाहिने हातमा कोठी छ भने यो तपाईंको बीरताको संकेत हो जसका कारण मानिसहरु तपाईंलाई सम्मान गर्छन् । बाँया हातमा कोठी हुनेहरुले छोरी नै जन्माउने देखाउँछ ।

महिलाहरु यौन सम्पर्क गर्नु अघि के चाहन्छन ? जानी राखौ

यौन सम्बन्ध पुरुष र महिलाबीचको प्राकृतिक आकर्षणको मुख्य कारण हो । तर यौन सम्बन्ध राख्दा महिला र पुरुषको मनमा कस्तो भाव आउँछ भन्ने विषयमा सबैलाई कौतुहलता हुन्छ ।

यस विषयमा धेरै अध्यन भएका छन् भने लेख रचना समेत लेखिएका छन् । पछिल्लो पटक गरिएको एक शोधले महिलाले ओच्छ्यानमा के चाहन्छन् भन्ने विषयमा नयाँ तथ्य बाहिर ल्याएको छ । यौन विज्ञको सहभागितामा ७०० महिलामा गरिएको अध्यनबाट महिलाहरुले यौन सम्बन्धको बेला के सोंच्छन् भन्ने तथ्य बाहिर आएको हो ।

यौन क्रिडामा पुरा ध्यानः ओच्छ्यानमा हुँदा महिलाहरु आफ्नो पार्टनरले पुरै ध्यान यौन सम्बन्धमै देओस भन्ने चाहन्छन् । सर्वेमा सहभागी करिव ४२ प्रतिशत महिलाले आफूलाई ध्यान दिएको महसुस भए पुरुषको प्यार बढी अनुभव हुने बताएका थिए । आँखाको हाउभाउ, मुखको क्रियाकलाप, चुम्बन, ओंठमा चुम्बन वा संवेदनशील अंगमा स्पर्ष यौन सम्पर्कको समयमा महिलालाई मन पर्ने अध्यनको निष्कर्ष छ ।

पाक क्रिडा महत्वपूर्णः महिलाहरु यौन सम्पर्क शुरु हुनु अघि गरिने क्रियाकलापमा बढि चाख राख्छन् । पाक क्रिडाको माध्यमबाट आफूलाई पुरै उत्तेजित तुल्याएपछि मात्र यौन सम्पर्क शुरु होस् भन्ने महिलाको चाहाना हुन्छ । सर्वेमा सहभागी अधिकाँश महिलाले पुरुषहरु सेक्सको विषयमा अलि रचनात्मक हुनु पर्ने र महिलालाई तयार गर्ने कुरामा विचार गर्नु पर्ने बताएका थिए ।

आनन्द र सन्तुष्टीबीच फरकः किंसले इन्स्टिच्यूटले गरेको शोधमा महिलाले पनि पुरुष जस्तै कण्डोम नलगाइ यौन सम्पर्क गर्दा बढी सन्तुष्टी हुने बताए । यद्यपी कण्डोम लगाउँदा बढी सुरक्षित महसुस हुने उनीहरुको भनाइ थियो ।

विस्तारै गरेको राम्रोः यौन क्रिडाका लागि हतारिने पुरुष महिलालाई मन पर्दैन । उनीहरु आफ्ना संवेदनशील कोमल अंगमा पुरुषले दुख्ने गरी केही पनि नगरुन् भन्ने चाहन्छन् । संवेदनशील अंगसँग संवेदनशीलरुपमै प्रस्तुत भएको उनीहरुलाई मन पर्छ ।

वातावरणको भूमिकाः शोधमा सहभागी अधिकाँश महिलाले उपयुक्त मौषम वा वातावरण नबने यौन आनन्द लिन नसकिने बताए । चिसो मौषममा चिसा खुट्टा लिएर पुरुष यौन क्रिडा गर्न तयार भएपनि महिलालाई त्यसले गाह्रो हुने उनीहरुको भनाइ थियो । त्यसैगरी गर्मीमा सेक्सको चाहाना र आनन्द बढी हुने महिलाको अनुभव छ ।

आसनको भूमिकाः यौन क्रिडामा आसनको भूमिका पनि महत्वपूर्ण हुने महिलाको भनाइ छ । शोधमा सहभागी महिलाका अनुसार सुताएर उनीहरुको तल २-३ सिरानी राखेर यौन क्रिडा गर्दा महिलाले बढी सन्तुष्टी अनुभव गर्ने गर्छन् । तर सुतेका पुरुषमाथि चढेर यौन सम्पर्क गर्दा पनि मजा आउने उनीहरुको भनाइ छ । त्यसै गरी अधिकाँश महिलाले डगी स्टाइल अर्थात महिला चार हात खुट्टा टेकेर बस्ने र पुरुषले पछाडीबाट यौन क्रिडा गर्ने पोजिसन सबै भन्दा आनन्ददायी रहेको बताए ।

विभिन्न तरिकाः अष्ट्रेलियन सेक्स रिसर्चर जूलियट रिचटर्स भन्छन् सर्वेमा सहभागी पाँच जनामा एक महिला मात्र सामान्य तरिकाको सेक्सबाट चरम अवस्थामा पुगेका थिए । अधिकाँश युवतीहरुले पुरुषहरुले हात र मुखको प्रयोग बढी गरेको राम्रो बताए । ९० प्रतिशत युवतीले पुरुषले मुखको प्रयोग गरेपछि मात्र चरम आनन्दमा पुग्ने बताएका थिए ।

हतार नगर्नुस्: अधिकाँश पुरुषहरु महिलाको भन्दा पनि आफ्नो सन्तुष्टीलाई बढी ध्यान दिन्छन् । कतिपय अवस्थामा त महिला तयार नै नहुँदै पुरुष स्खलित हुन्छन् । सर्वेका क्रममा अधिकाँश माहिलाहरुले आफूहरु १० मिनेट भित्र चरम अवस्थामा पुग्ने तर पुरुष त्यतिन्जेल पनि हतारिने बताए ।

संवेदनशील अंगको पहिचानः महिला शरीर आफैमा संवेदनशील चिज हो । तर पुरुषहरु आफ्नै जस्तो गरेर महिलासँग ब्यवहार गर्छन् । सेक्सको शोधका क्रममा महिलाहरु योनीको माथिल्लो भित्री भागमा हुने G-स्पटमा स्पर्ष भए निक्कै छिटो आनन्दित हुने पत्ता लागेको छ । G-स्पटमा चलाउँदा महिला तयार हुने र छिटो चरम सीमामा पुग्ने शोधकर्ताको भनाइ छ । यसका लागि औंलाको प्रयोग महत्वपूर्ण हुन्छ ।

थाकेको बेला वा निद्रामा महिला उत्तेजित हुँदैनन

पुरुषहरु अधिकाँश समय यौनका लागि तयार रहेपनि महिलाको अलि फरक हुन्छ । उनीहरु थाकेको बेला वा निद्राको बेला उत्तेजित हुने सम्भावना निक्कै कम हुन्छ । त्यस्तै उनीहरु थाकेको बेला यौन आनन्दमा पुर्याउँछु भन्नु पनि मुर्खता हुन्छ ।