टिप्स

शारीरिक सम्बन्ध राखेपछि के सोच्छन् पुरुष ? जानी राखौ

एउटा सम्बन्ध जोगाउनको लागि जति एक अर्काबीच प्रेम जरुरी छ त्यति नै जरुरी छ एक अर्कासँग नीजि पल विताउनु । त्यसमा शारीरिक सम्बन्ध राख्नु पनि सामान्य नै मानिन्छ । जसले सम्बन्धमा थप मिठास ल्याउँछ ।

तर एउटा अनुसन्धानले यसलाई गलत प्रमाणित गरिदिएको छ । अनुसन्धानको परिणाम माथिको भनाईभन्दा फरक निस्किएको छ । अनुसन्धानको अनुसार शारीरिक सम्बन्ध राखेपछि पुरुषहरु दुखी हुन्छन् ।

महिलामा मात्र होइन पुरुषमा पनि हुन्छ यस्तो समस्या

यो अनुसन्धान जर्नल अफ सेक्स र म्यारिटल थेरापीमा प्रकाशित भएको थियो । जसको अनुसार महिलाहरुजस्तै पुरुष पनि पोस्ट–कोइटल डिस्फोरियाबाट ग्रसित हुन्छन् ।

पीसीडी (पोस्ट–कोइटल डिस्फोरिया) यस्तो बिरामी हो जुन व्यक्तिको भित्र शारीरिक सम्बन्ध बनाएपछि उदासी, चिन्ता, चिडचिडाहट र रिस पैदा हुन थाल्छ ।

अस्ट्रेलियाको क्विन्सल्याण्ड युनिभर्सिटी अफ टेक्नोलोजीका अनुसन्धानकर्ताका अनुसार यस्ता गुनासाहरु महिलामा पाइन्थ्यो । तर, पुरुषहरुमा पनि यस्ता भावनहरु पैदा हुने पहिलो पटक पत्ता लागेको हो ।

यस अनुसन्धानमा संलग्न जोएल म्याकज्कोविएकले बताएअनुसार रिसर्चको लागि अनलाइन सर्वेक्षणको माध्यमबाट अस्ट्रेलिया, अमेरिका, यूके, रुस, न्यूजील्याण्ड, जर्मनी र अन्य देशका गरी १२०८ पुरुषलाई सहभागी गराइएको थियो ।

अनुसन्धानको नतिजाअनुसार चालीस प्रतिशत पुरुषले आफ्नो पूरै जीवनमा पीसीडीको अनुभव गरेको स्वीकार गरे । भने बीस प्रतिशतले चार हप्तामा पोस्ट–कोइटल डिस्फोरियाको प्रभाव महसुष गरेका थिए ।

नेपालीहरु नग्न अवस्थामा वा बत्ति बालेर सेक्स गर्न चाहँदैनन् – किन होला ?

लामो समयको अनुसन्धान गरिरहेकी करुणा नेपाली यौन मनोविज्ञान जटिलतातर्फ उन्मुख हुँदै गएको स्वीकार गर्छिन् ।
नेपालीहरुको यौन ब्यवहार एवम् त्यसले सृजना गरिरहेको तनावले धेरै युगल जोडीहरुको वैवाहिक सम्बन्ध टुट्दै गएको उनको अनुसन्धानले देखाएको छ । जर्मन मनोवैज्ञानिक दोरोभि वेनरकी खास शिष्या करुणासँग नेपालीहरुको यौन मनोविज्ञानका विषयमा गरिएको कुराकानीमा आधारित यौन जानकारी तल अध्ययन गर्नुहोस् ।

मनोबिज्ञान बृहत बिषय हो । संसारमा भएका सबै परिवर्तन मानव मनोबिज्ञानद्धारा सम्भव भएको हो भन्दा फरक पर्दैन । त्यही मानवको एउटा महत्वपूर्ण पाटो उसको परिवार हो । एउटा मानिसको मनोबिज्ञानले परिवारमा कसरी समस्या आउँछ र त्यसलाई कसरी समाधान गर्ने भन्ने बिषय फेमिली थेरापी अन्तर्गत पर्दछ । अर्थात तपाईको परिवारका सदस्यमा कुनै समस्या छ भने त्यो समस्याको समाधान फेमिली थेरापिस्टले गर्न सक्दछ ।

पुरुष होस् या महिला, सुरुमा उँहाहरु आफ्नो पार्टनरको फलानो स्वभाव ठीक छैन, चिलानो ब्यवहार ठीक गर्देनन् भनेर समस्या लिएर आउँछन् । कुरा गर्दे जाँदा मुल कुरा सेक्समा गएर अड्किन्छ । अर्थात् कुनै पनि युगल जोडीमा केही समस्या छ भने कुनै न कुनै रुपमा त्यो समस्याको जड सेक्स सम्बन्धी उनीहरुको धारण र ब्यबहारमा प्रकट हुने गरेको छ ।

नेपालीलाई सेक्स गर्न आउँदैन

सामान्यतया नेपालीलाई सेक्स गर्न आउँदैन । सेक्स भन्ने वित्तिकै नेपालीको मनमा पुरुष लिङ्ग महिलाको योनीमा प्रवेश गर्ने भन्ने कुरामा मात्र फोकस हुन्छ । जब कि यौनमा त्यो अन्तिम कुरा हो । त्यस अघि धेरै भन्ने कुरा, ब्यवहार गर्नै कुरा, आकर्षण गर्नेकुरा यौनभित्र पर्दछन् । त्यसबारे धेरैले ध्यानै दिदैनन् । मुख्य कुरा सेक्समा पुरुष हाबी हुने गरेका छन् ।

अनि महिलाले पनि पुरुषका लागि आफूले सेक्रिफाइस गरेको ठान्दछन् । समस्या त्यहींबाट सुरु हुन्छ । वास्तवमा सेक्स कस्का लागि, केका लागि भन्ने कुरामा हामी प्रस्ट छैनौं ।

सेक्सकै कारण समस्या आएको जोडी कति ?

९९ प्रतिशत । कुनै जोडी प्रारम्भदेखि नै खुसी छैनन् वास्तवमै उनीहरुको विवाह इच्छा बिपरीत भएको थियो भने बेग्लै कुरा हो, नत्र पछी यूगल जोडीमा जति समस्या आउँछन् त्यमा कुनै न कुनै रुपमा यौन जोडीएकै हुन्छ । विश्वस्तरका अध्ययनले पनि यही भन्छ । धेरै जोडी विवाहको ५–७ बर्ष पछि समस्या लिएर आउने गर्छन ।

त्यो बेला उनीहरुको सम्बन्ध लगभग टुटिसकेको हुन्छ । एक अर्कामा दोषारोपण गर्दा उनीहरु घर ढिला आउने, रक्सी खाने, समय नदिने अथवा श्रीमतीले किचकिच गर्ने, अनावश्यक खर्च गर्ने भनेर दोष लगाउने गर्दछन् । तर विवाहको पहिलो बर्ष त्यही ब्यबहार नराम्रो लागेन ? भनेर प्रश्न गरो भने उनीहरु मौन रहन्छन् ।

पहिलो बर्ष उनीहरुलाई त्यही ब्यबहार नराम्रो लाग्दैन, कारण उनीहरुको यौन सम्बन्ध त्यसबेला अहिलेको तुलनामा धेर्रै राम्रो हुन्छ । त्यो बेला एक अर्कालाई समय दिएका हुन्छन्, उनीहरुको रुप र ब्यक्तित्वको बखान भएको हुन्छ । जसै विवाह पुरानो हुदै जान्छ, ती कृयाकलापमा कमी आउँछन्, अनि सम्बन्ध बिग्रन थाल्छ ।

नेपाली महिलाहरु सेक्समा रमाउँन नसक्नुको कारण

उनीहरुलाई सानैदेखि कुनै न कुनै रुपमा सेक्स खराब कुरा हो भनेर सिकाइएको हुन्छ । विवाहअघि सेक्स गर्न हुदैन, परपुरुष सँगको सम्बन्ध पाप हो, पुरुषहरुको काम नै महिलालाई भोग्ने हो भन्ने जस्ता कुरा सुन्दा– सुन्दा सेक्स मेरो पनि आवश्यकता हो, त्यसमा मेरो पनि सक्रिय सहभागिता हुनुपर्छ भन्ने कुरा नै ओझेलमा पर्छ ।

पढेलेखेका महिलाहरुलाई सेक्सको बारेमा धेरै ज्ञान छ भन्ने लाग्न सक्छ, तर अचेतन मनमा गढेका यस्ता कुराले उनीहरु खुलेर रमाइलो गर्न सक्दैनन् । कतिपय महिलाहरु सेक्सको बेला नाङगै हुन सक्दैनन् । बत्ति बालेर सेक्स गर्न मान्दैनन् । यसको मूल कारण नै उनीहरुमा भएको सेक्स प्रतिको बितृष्णा हो । जव कि नाङगो हुनु सेक्सका लागि अनिवार्य जस्तै हो ।

धरै महिलाको लागि यौन लाजको बिषय हो तर लाजको बिषय भन्दैमा उनीहरु त्यसलाई प्रकट गर्दैनन् भन्ने होइन । राम्रो गाजल लगाएर वा चिटिक्क परेर आफ्नो–आफनो यौनिकता प्रर्दशन गरिरहेका हुन्छन् । मानिस कुनै न कुनै रुपमा आफ्नो चाहाना प्रकट गरिरहेको हुन्छ ।
कसैले आखाँमा गाजल लगाउँनु र कसैले आधा स्तन खुला छोड्नुमा खासै भिन्नता छैन । दुबैले बाहिरी मानिसलाई आफुतिर आकर्षित गरिरहेका हुन्छन् । यहाँ महिला मात्र हैन, पुरुषले पनि कहिले फ्रेन्चकट दारी पालेर होस् वा आफुलाई सफाचट् राखेर होस् आफ्नो यौनिकता प्रदर्शन गरिरहेकै हुन्छन् ।

श्रीमान् वैदेशिक रोजगारीमा हुनुहुन्थ्यो…, उनलाई भेट्न मात्र गएकी थिएँ तर यौनसम्बन्ध भयो !

प्रश्न:>>>>>>>
म २७ वर्षीया महिला हुँ। मेरो विवाह १७ वर्षको उमेरमा भएको थियो। त्यो बेला मेरा श्रीमान् वैदेशिक रोजगारीमा हुनुहुन्थ्यो। माया/प्रेम के हो थाहा थिएन। बहकाउमा आएर गाउँकै विवाहित पुरुषसँग हेलमेल भयो र माया/प्रीति बस्यो । उनीसँग शारीरिक सम्बन्ध राखेपछि मलाई गलत गरें भन्ने लाग्यो अनि त्यो घरमा बस्नु उचित लागेन । मैले आफ्नो घर छाडें र सम्बन्ध-विच्छेद गरे ।

जोसँग सम्पर्क भयो, उनी विवाहित भएकाले उनको घर जानु पनि उपयुक्त लागेन । माइती जाने प्रश्न नै भएन । मैले यी सबै बेहोरा अवगत गराएर श्रीमानलाई पत्र लेखें र यथार्थ कुरा बताएँ । अहिले म काठमाडौंमा तरकारी बेचेर जीविका चलाउँदैछु । केही समययता मेरा श्रीमान काठमाडौंमै व्यापार गरेर बसेका छन् । बेला/बेलामा उनको र मेरो भेट हुन्छ। उनले गाउँमा दोस्रो विवाह गरेका छन्। यति हुँदाहुँदै पनि उनी मसँग असल व्यवहार गर्छन्, दुःख(सुख सोध्छन् र विवाह किन नगरेको भनेर सम्झाउँछन्। एक्लै बस्नुभन्दा मेरै डेरामा मसँगै बस भनेर कर गर्छन्। एक दिन म उनलाई भेट्न मात्र गएकी थिएँ, तर हामीबीच यौनसम्बन्ध भयो। यस्तो कुराले म बिलखबन्द र पश्चातापमा परेकी छु। उनको डेरा गएर सधैंका लागि बसौं, म जुठी भैसकें। नबसौं, उनको अनादर गरेजस्तो हुन्छ, द्विविधा र तनावमा छु। अब म के गरौं ?

उत्तर: >>>>>>
तपाईंकै जस्ता घटना थुप्रै मानिसले भोग्दै आएका छन। तपाईं मात्र द्विविधा र तनावमा पर्ने एक्लो हुनुहुन्न। विगतका घटनाले तपाईंलाई पटक(पटक घचघच्याइरहन्छ, यो स्वाभाविक हो। तपाइर्ंले उक्त घटनाबाट शिक्षा लिनुभएको छ कि छैन भन्ने पक्षचाहिँ महत्त्वपूर्ण हो। मनोविज्ञानका हिसाबले आफ्नो पुरानो घटनालाई छलफलमा ल्याएर समाधान खोज्नु नै एक कदमअघि बढ्नु हो। त्यसबाट पाठ सिकेर आगामी दिनमा यस्ता घटना रोक्नुभयो भने द्विविधा र तनावबाट बच्न सकिन्छ। त्यसैले विगतका घटनालाई शिक्षाका रूपमा ग्रहण गरी बाँकी जीवनलाई सुख एवं सन्तोषमय बनाउनु उपयुक्त हुन्छ। घटना दोहोर्‍याइरह्यो भने समस्या बढ्दै जान्छ।

श्रीमान्सँग अलग भएपछि वा सम्बन्धविच्छेदपछि हुने यौनसम्बन्धका बारेमा धेरै लेख प्रकाशित भएका छन्। धेरैले अलग भएपछिको यौनसम्बन्धलाई गलत एवं अस्वस्थकर मान्छन्। मनोविज्ञानका हिसाबमा भने पुनः यौन सम्बन्ध राख्ने कुरा महत्वपूर्ण होइन। महत्त्वपूर्ण कुरा सम्बन्ध कहाँबाट किन बिग्रियो र त्यसलाई कसरी मिलाउने भन्ने हो।

यदि यस्ता कुरा मिलाउन सकियो भने भविष्यको जीवन सुखद हुन्छ, मिलाउन सकिएन भने समस्या अझ बल्झँदै जान्छ। त्यसैले मनोविज्ञानले विगतको कुरा थाहा पाउने तर त्यो घटनाबाटै समस्याको समाधान निकाल्ने कुरामा विश्वास गर्छ। तपाईंको जस्तै समस्या संसारभरि घटिरहेका छन्। यस्ता धेरै घटनामा मनोवैज्ञानिकहरू विभिन्न अनुसन्धान गरिरहेका छन्।

भर्खरै जर्नल अफ सोसिएल साइन्स इन्ड साइकोलोजीले एउटा रोचक तथ्य उजागर गरेको छ। कम्तीमा पनि १३ वर्ष सँगै बसेका र ४ महिनाअघि छुट्टएिका जोडीहरूमा एउटा अनुसन्धान गरिएको थियो। अनुसन्धानमा उल्लेख गरिएअनुसार ८२ प्रतिशत जोडीले अझै पनि सम्बन्धबिच्छेद भएका श्रीमान्(श्रीमतीसँग भेटघाट हुने र २१ प्रतिशतले अझै पनि यौन सम्बन्ध हुने गरेको बताए।

यसरी हेर्दा श्रीमानसँग अलग भएपछि हुने यौन सम्बन्ध तनावयुक्त नै हुन्छ भन्न सकिँदैन। यस्तो सम्बन्धलाई हरेक व्यक्तिले कसरी लिएका छन् भन्ने कुरा महत्त्वपूर्ण हुन्छ। जसले सम्बन्धविच्छेदलाई सहजै स्वीकार गरेको थियो, त्यस्तो व्यक्तिलाई पछि हुने यौन सम्बन्धले ग्लानि गराउँछ तर जसले सम्बन्ध(विच्छेद होस् भनेर चाहेको थिएन उसलाई भने ग्लानि हुँदैन।

हरेक जोडीको सम्बन्ध(विच्छेदपछि हुने यौनसम्बन्ध तनावमय हुन्छ कि हुँदैन भनेर निक्र्योल गर्नुभन्दा तपाईंलाई तपाईंको पूर्वश्रीमान्सँगको यौनसम्बन्ध कस्तो महसुस हुन्छ त्यसलाई आफैंले विचार गर्नु आवश्यक छ। माथि भनिएजस्तो मनोविज्ञानका हिसाबले आफ्नो पुरानो घटनालाई छलफलमा ल्याएर समाधान खोज्ने साहस देखाउनासाथ समाधानतर्फ अघि बढेको मान्न सकिन्छ। यसबाट पाठ सिकेर आगामी दिनमा यस्ता घटना रोक्नुभयो भने बाँकी जीवनलाई सार्थक बनाउन ठोस सहयोग पुग्छ।

तपाईंको मुख्य समस्या के हो भने तपाईं एक्लो हुनुहुन्छ तर तपाईंका पूर्वश्रीमान् विवाहित हुनुहुन्छ। तपाईं आफ्ना विगतका घटनाबाट दुःखी भएकाले श्रीमान्सँग पूर्ववत् सम्बन्ध राख्न चाहनुहुन्छ। एएनजी, समय धेरै बितिसकेपछि कुनै पनि सम्बन्ध पहिलेझैं रहँदैन। त्यसैले यो सम्बन्ध कस्तो हो भनेर आफ्ना पूर्वश्रीमान्सँग छलफल गर्नुहोस्।

छलफल गर्दा कुनै न कुनै निष्कर्ष अवश्य निस्कन्छ। निस्कन नसके तपाईंले यस्ता पश्चातापबाट बच्न मनोविद्हरूसँग सम्पर्क गर्नुपर्ने हुन्छ।

कन्डमबिनै गर्भ नरहने गरि यौनसम्पर्क कसरी राख्ने ? यौन टिप्स

हाम्रो समाजमा बिबाह गरे पछी श्रीमान श्रीमती दुवैलाइ जति सक्यो चाडों सन्तान जन्माउनु पर्ने दबाव हुन्छ । कुनै कुनै परिवारमा पहिले कोहि नामर्द वा बाझोपन छ छैन भन्ने कुरा हेरेर नवबिबाहितलाइ चाडों बच्चा जन्माएर आफ्नो प्रजनन क्षमता प्रमाणित गर्नु पर्ने बाध्याता समेत रहेको पाइन्छ ।

पहिले पहिले गर्भ निरोधक उपाय अहिले को जस्तै बिकशित भैसकेको थिएन र नियमित यौन सम्पर्क पछी बच्चा नजन्मदा त्यसलाई बाझोपन कै अर्थमा लिइन्थ्यो । अहिले गर्भ निरोधक का अनेक उपाय अबलम्वन गरिने हुँदा ति कुराहरु सान्दर्भिक छैन ।

केहि समयको अन्तराल पछी जन्माउन नै गर्भ निरोधकका विभिन्न उपाय बिकशित भएका हुन तर यी विभिन्न उपायको प्रभावकारिता भने फरक फरक हुन्छ । इम्लानटको प्रभावकारिता ९९ .९५ प्रतिशत, कपरटिको ९९ .२० प्रतिशत छ भने तिन महिने सुइ को ९७ प्रतिशत छ ।

कन्डमको कुरा गर्दा नियमित रुपमा सहि तरिकाले प्रयोग गर्दा यसको प्रभाव कारिता ९८ प्रतिशत सम्म हुन सक्छ । तर सामान्य रुपमा प्रयोग गर्दा ८५ प्रतिशत सम्म देखिएको छ । बाह्य स्खलनको विधिलाई सहि ढंगले प्रयोग गर्दा यसको प्रभावकारिता ७३ प्रतिशत सम्म मात्र हुन्छ ।

विर्य स्खलन योनी भित्रै भएको स्थितिमा पनि गर्भ धारणका लागि डिम्ब निष्काशनको समय संग तालमेल मिल्नु आवश्यक छ । श्रीमान कत्तिको अव्यस्त छन् यस कुराले पनि प्रभाव पार्छ । विर्य स्खलन हुनु ठिक अघि योनी बाट लिङ्ग झिक्ने बिधि अपनाए पनि अभ्यस्त नभएका व्यक्तिका लागि यो तरिका अपनाउन गार्हो हुन्छ ।

अब विर्य स्खलन हुने लाग्यो भनेर राम्रो संग थाहा नपाउदा लिङ्ग झिक्न ढिलो भै विर्य योनी भित्रै या योनी खेत्रमा खस्न सक्छ । यस्तो अवस्थामा पनि अबलम्बन गरिएको बिधि काम नलाग्ने भै दिन्छ । त्यस बाहेक उत्तेजनाको श्रोत जे सुकै भए पनि योन उत्तेजना भए पछि अलिकति रस लिङ्गको टुप्पमा देखिन्छ ।

यसमा सामान्यतया शुक्र किट हुदैँन । त्यसैले सामान्य अवस्थामा यो रस सम्पर्क बाट गर्भ रहदैन । तर कति पय अवस्थामा यदि केहि समय पहिले हस्त मैथुन गरेर वा योन सम्पर्क गरेर विर्य स्खलन गरेको भए गर्भ रहने सम्भावना ज्यादै रहन्छ ।

यौनमा पूर्ण रुपमा सन्तुष्टि कसरी पाउने ? यस्ता छन् तरिकाहरु

यौनचाहना प्रकृतिले मानिसलाई दिएको एक विशेषता हो । सबै स्वस्थ व्यक्तिमा यौनचाहना हुन्छ । यौन क्रियाकलापलाई सुमधुर वनाउन गरिने कुनैपनि पूर्व क्रियाकलाप जस्तै रमाइलो वातावरणमा गरिने भोजन, प्रेमवार्ता, सृंगाररसयुक्त ठट्टालाई पनि प्राक्कक्रिडा भनिन्छ । तर कतिपय मानिसहरु एकैचोटी सम्भोग गर्छन । यसो गर्दा पुरुष तथा महिलाको यौनप्रतिक्रिया चक्रमा भएको भिन्नताले दुवैमा चरम यौन आनन्द पाउन गाह्रो हुन्छ । यौन सुख लिने क्रममा तालमेल मिल्दैन ।

मानव यौनसम्पर्कलाई चारवटा चरणमा बाडिएको छ ।

१. उत्तेजनाको चरण-सम्भोगका क्रममा प्रथम चरण केही मिनेटदेखि लामो समयसम्म रहनसक्छ । यो चरणमा मसलमा उत्तेजना आउने, पसिना आउने, लिंगमा तरल पदार्थ बग्ने हुन्छ । यो सम्भोगको तयारीको अवस्था नै उत्तेजनाको चरण हो ।

२. प्लाटो फेज- प्लाटो फेजमा भएको यौन क्रिया निरन्तर रूपमा बढाउँदै लान सकिए एउटा त्यस्तो बिन्दुमा पुगिन्छ जहाँ पुगेपछि व्यक्ति यौन तनावबाट मुक्त हुन्छ।

३. चरमसुख- पूर्णचरम सुख पाउदा यस्तो मांसपेशी खुम्चने, फुक्ने क्रम १० देखि १५ पटकसम्म हुन्छ । यस बेला जुन सुखानुभूति हुन्छ हामी त्यसलाई चरम सुख वा चरम स्वर्गीय आनन्द भन्छौं ।

४. रिजोलुसन फेज- चरमसुख पछि पुनः सबै कुरा सामान्य अवर्थामा आउने क्रम सुरु हुन्छ, जसलाई हामी रिजोलुसन फेज भन्छौं ।

आधारभूत रूपमा महिला तथा पुरुषमा यौन प्रतिक्रिया चक्र उस्तै हुन्छ, तर पनि केही कुरामा भने फरक देख्न सकिन्छ। कतिपय महिलालाई चरमसुखको चरणसम्म पुग्न पुरुषको भन्दा बढी समय लाग्न सक्छ। शीघ्र स्खलन भएर यौनसम्पर्क राम्रोसँग नहुँदा महिलाले यौनसम्पर्क प्राप्त गर्न गारै हुन्छ। यदि चरमसुखको चरणपछि पनि यौन स्टिमुलेसन निरन्तर रूपमा भैरह्यो भने कतिपय महिलाले एकपल्टभन्दा बढी चरमसुख प्राप्त गर्न सक्छन्, तर पुरुषमा भने त्यस्तो हुँदैन। महिला तथा पुरुषबीचको सबैभन्दा महत्वपूर्ण फरक च्भाचबअतयचथ एभचष्यम हो। पुरुषलाई चरमसुख पाएर पुरानै अवस्था फर्किएपछि केही समयका लागि यौन रूपमा उत्तेजित गर्न सकिँदैन।

हुन त तपाईंले श्रीमतीसँग सोध्नुभएकै होला तर, औंला हाली देऊ भन्ने कुरा बुझ्न एकपल्ट महिला यौनाङ्गलाई बुझौं। यहाँ यौन प्रतिक्रिया चक्रमा मात्र होइन, महिलाको यौनाङ्गको फरकपनमा पनि ध्यान पुर्याौउनुपर्छ। तपाईंलाई थाहै होला, महिलाको यौन संवेदनशील अङ्ग भगांकुरु बाहिरतिरै हुन्छ । सामान्यतस् पुरुष माथि र महिला तल रहेर गरिने यौनसम्पर्कले महिलाको भगांकुरलाई घर्षण गर्दैन ।

महिला माथि रहेर महिलाले आफूले चाहेजस्तो कटी प्रदेशलाई चलाउन सक्छिन्, जसले यौनसुख प्राप्त गर्न सहज हुन्छ। शीघ्र स्खलन भएपछि लिङ्ग शिथिल भएर यौनसम्पर्क गर्न नसकेको स्थितिमा चरमसुखतर्फ अग्रसर हुने अवसर नै हुँदैन । तपाईंलाई थाहै होला, यसलाई हात वा औंलाले नै चलाएर यौन चरमसुख प्राप्त गर्न सहयोग गर्न सकिन्छ । यौन प्रसाधन जस्तो भाइब्रेटरको प्रयोग पनि अर्को उपाय हो ।

योनिमा औंला वा अन्य कुनै लिङ्गाकार वस्तु पसाउँदा पनि महिलालाई यौन आनन्द प्राप्त गर्न सजिलो हुन्छ । त्यसबाहेक, स्तन तथा अन्य यौन संवेदनशील अङ्गको मर्दन, घर्षण, अनि चलाउने जस्ता अनेक क्रियालापमा संलग्न हुन सकिन्छ भने अन्य अनेक प्रयोग पनि गर्न सकिन्छ ।

पुरुषहरू जस्तै महिलाहरू पनि यौन उत्तेजक दृश्य, स्पर्श अनि यहाँसम्म कि परिकल्पनाले उत्तेजित हुन्छन् । यौन क्रियाकलापमा संलग्न हुँदा पाक्क्रीडामा संलग्न भए यौन उत्तेजना प्राप्त गर्न र चरमसुखसम्म पुग्न सजिलो हुन्छ । यसले यौनसम्पर्कमा संलग्न दुवै जनालाई यौन चरमसुख साथसाथै प्राप्त गर्न मद्धत पनि मिल्छ ।

शीघ्रस्खलनका लागि

प्रायस् सबैजसो व्यक्तिले आफ्नो जीवनको कुनै न कुनै चाँडै बेला वीर्य स्खलन भएको अनुभव गरेका हुन्छ । घर्षण नै गर्न नपाई लिंग योनिमा छिराउनासाथ वा छिराउनुभन्दा अघि नै वीर्य स्खलन हुने समस्या पुरुषहरूमा देखिने यौनसम्बन्धी समस्याहरूमध्ये सबैभन्दा बढी पाइने समस्या हो । शीघ्र स्खलनको मूल कारण मानसिक नै भएको पाइन्छ ।

कतिपय मानिसमा यौन सम्पर्क वा क्रियाकलापमा राम्रो गर्न नसक्नु गम्भीर चिन्ताको कारण हुनसक्छ । आफ्नो यौन जोडीलाई सन्तुष्ट पार्न सक्दिन कि भन्ने चिन्ताले समस्या बढाउँछ। शीघ्र स्खलनको समस्या कम गर्न आफैंले अवलम्बन गर्न सकिने केही उपाय छन् त्यसका बारेमा छोटकरीमा चर्चा गरौं ।

यौनसम्पर्क रोक्ने सुरु गर्ने

यौनसम्पर्कका क्रममा स्खलन होला जस्तो भएपछि तुरुन्तै लिङ्ग योनिबाट बाहिर झिकेर केही वेर यौन क्रिडालाई नै रोक्ने र यौन उत्तेजना केही कम भएपछि पुन: सुरु गर्ने ।

आशन परिवर्तन गर्ने लोग्नेमान्छे माथि र महिला तलको सट्टा महिलामाथि बसेर सक्रिय भै यौन सम्पर्क गरे शीघ्रस्खलन कम गर्न मद्दत पुग्छ ।

लिंग अँठ्याउने स्खलनहोला जस्तो भएपछि तुरुन्तै लिंग योनिबाट बाहिर झिकेर लिङ्गको फेदलाई बेस्सरी अठ्याउने र वीर्य स्खलन हुन नदिने । यौन उत्तेजना केही कम भएपछि पुनस् यौनक्रिडा सुरु गर्ने ।

कन्डमको प्रयोग गर्ने कन्डमको प्रयोगबाट पनि कतिपयलाई शीघ्र स्खलनको समस्या कम गर्न मद्दत पुगेको छ । यस्तो बेलामा चिप्लो पदार्थ कम भएको तथा बाक्लो किसिमको कन्डमले बढी फाइदा पुर्याउँछ ।

मांसपेशीको प्रयोग गर्ने पिसाब आउँदा रोक्न प्रयोग गरिने मांसपेशीको कसरत गरेर वीर्य स्खलनलाई रोक्ने अभ्यास गर्न सके पनि फाइदा पुग्छ।

त्यसैगरी हस्तमैथुन गर्ने र वीर्य स्खलन होला जस्तो भएपछि रोक्ने र उत्तेजना केही कम भएपछि पुनस् हस्तमैथुन सुरु गर्ने र वीर्य स्खलन होलाजस्तो भए रोकेर यो प्रक्रिया दोहोर्यानउने९तेहेर्याीउने। वीर्य स्खलनलाई राम्ररोसँग नियन्त्रण गर्न सक्छु जस्तो लागेपछि यौनसम्पर्करहित यौन क्रियाकलापमा संलग्न हुने र स्खलन होलाजस्तो भए रोक्ने र उत्तेजना केही कम भएपछि पुनस् सुरु गर्ने।

पछि वीर्य स्खलनलाई पर्याप्त नियन्त्रण गर्न सक्छु जस्तो लागे पछि माथि भनिएजस्तै पहिले यौन साथी बढी सक्रिय हुने गरी यौन सम्पर्क गर्ने । अनि वीर्य स्खलन नियन्त्रण गर्न सकिने स्थिति वा क्षमतालाई हेर्दै विविध तरिका अवलम्बन गर्दै यौनसम्पर्कलाई अघि बढाउने। यसमा समय र धैर्यता निकै लाग्ने र श्रीमतीको सहयोग पनि महत्वपूर्ण हुने कुरा राम्रोसँग बुझ्नुपर्छ।

सेक्स सम्बन्धि नयाँ तरिका, यस्ता छन् ख्याल राख्नैपर्ने टिप्स

सेक्स शारीरिक मात्र नभई मानसिक सम्बन्ध पनि हो । सेक्सका समयमा मानसिक रूपमा पनि एकअर्कामा जोडिएको महसुस गरिन्छ । र, त्यो जरुरी पनि छ ।

धेरै अनुसन्धानले बताएअनुसार सेक्स त्यो व्यक्तिसँग आनन्ददायक हुन्छ, जोसँग आफ्नो भावना पनि मिल्छ । पार्टनर तनावमा भएका बखतमा सेक्स सम्बन्ध राख्नु अनुचित मानिन्छ ।

अन्यथा, त्यसले नोक्सान गर्न सक्छ । हालै आएको एउटा अनुसन्धानले त झन् सेक्स सम्बन्धमा ग्याप हुन जरुरी ठानेको छ ।

दैनिक सेक्स सम्बन्धले नोक्सान गर्न सक्ने अनुसन्धानले देखाएको हो । किन त्यस्तो ग्याप जरुरी भएको होला त रु यहाँ त्यसको कारण उल्लेख गरिएको छ ।

हर्मोन सन्तुलित राख्न स् विवाहपश्चात् महिलाको हर्मोनमा परिवर्तन भइरहन्छ । यो परिवर्तन सेक्सुअल सम्बन्धका कारण हुन्छ । यही कारणले शरीरमा कुनै समस्या नआओस् भन्ने चाहने हो भने सेक्समा ग्याप राख्नुपर्दछ ।

दिक्क नहुन रुचाउनु मानिसको स्वभाव नै हो कि ऊ एउटै चीज दोहोरिरहँदा दिक्क हुन्छ । यसैले आफ्नो सम्बन्ध रोमाञ्चक बनाउन चाहने हो भने पनि केही दिनको ग्यापमा सेक्स सम्बन्ध राख्नुपर्छ ।

उक्त ग्यापमा आफ्नो पार्टनरप्रति माया र निकटता महसुस भएपछि पुन: सेक्स सम्बन्ध राख्नुपर्छ । महिनावारीमा यौनसम्बन्धले निम्त्याउने जोखिमबाट जोगिन मासिक धर्मका दौरान विभिन्न समस्या उत्पन्न भएर महिला बिरामी पनि भइराखेका हुन्छन् ।

जुन महिलामा मासिक धर्मका दौरान थोरै मात्र पनि पीडा हुन्छ, उनीहरूले सेक्स सम्बन्ध राख्न हुँदैन । अन्यथा गम्भीर स्वास्थ्यसमस्या निम्तिन सक्छ ।

सेक्सुअल इन्फेक्सनबाट जोगिन कतिपय समयमा मानिसलाई यौनजन्य संक्रमण एसटीडी (सेक्सुअल ट्रान्समिटेड डिजिज) अथवा एसटीआई (सेक्सुअल ट्रान्समिटिड इन्फेक्सन) हुने गर्छ ।

त्यस बेलामा सेक्स सम्बन्ध राख्न हुँदैन । अन्यथा, त्यस किसिमको इन्फेक्सन सेक्स पार्टनरमा पनि सर्न सक्छ । मानसिक अस्वस्थता स् दुईमध्ये एक जना मात्रै पनि मानसिक रूपमा अस्वस्थ भएको वा अधिक चिन्ता, तनाव वा कुनै समस्याबाट गुज्रिरहेको हो भने सेक्स सम्बन्ध राख्न हुँदैन ।

हतार गर्न हुँदैन कतिपय अवस्थामा तत्काल आफूलाई चाहना भयो भन्दैमा सेक्स गर्न हतारिन हुँदैन । पार्टनर यसका लागि राजी छ कि छैन भन्ने जानकारी राखेर मात्र सेक्स सम्बन्ध राख्न पर्छ । आनन्ददायी सेक्स सम्बन्धका लागि दुवैका तर्फबाट पूर्वतयारी आवश्यक छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *