भाग्यमानी मानिससँग मात्र हुन्छ यी ६ कुरा, तपाईसँग छ कि छैन ? थाहा पाउनुहोस्

यदी कुनै मासिनको जीवनमा यी ६ कुराहरु प्राप्त छन भने उ कहिल्यै पनि दुःखी हुँदैन । यो कुरा महाभारतको उद्योग पर्वमा उल्लेख छ । श्लोक यसप्रकार छ : अर्थाथमो नित्यमरोगिता च प्रिया च भार्या प्रियवादिनी च, वश्यश्च पुत्रो अर्थकरी च विद्या षट् जीव लोकेषु सुखानि राजन् ।।

अर्थ : धन, निरोगी शरीर, सुन्दर पत्नी, मीठो बोल्ने, आज्ञाकारी पुत्र र धनप्राप्त गर्ने विद्या यी ६ कुराले मानिसलाई सुख दिन्छ ।

१. धन : सुखी जीवनको लागि धन सम्पत्ति हुनु आवश्यक छ । बिना धनको न नाम रहन्छ, न मान सम्मान नै मिल्छ । परिवारको पालन पोषण गर्नको लागि धनसम्पत्ति हुनु आवश्यक छ । आजको समयमा शिक्षा प्राप्त गर्नको लागि पनि धनको जरुरी छ । धन बिना कुनै रोगको उपचार सम्भव छैन । वृद्धावस्थामा पनि धनको ठूलो साहारा चाहिन्छ । यसर्थ मानसम्मान, शिक्षादीक्षा, परिवारको पालनपोषण, र रोगलाग्दा उपचारको लागि धनको अति आवश्यक हुन्छ ।

२. निरोगी शरीर : जीवनमा सदैव सुखी रहनको लागि शरीर स्वस्थ हुनु जरुरी छ । यदी शरीरमा कुनै रोग छ भने तपाई राम्रो सँग कुनै पनि काम गर्न सक्नु हुन्न । यस्तो अवस्थामा तपाईं जीवनका हरेक कुराबाट बञ्चित हुनुहुन्छ । यदी तपाईंमा साना साना रोगहरु छन् भने पनि तपाईं कुनै काम राम्ररी गर्न सक्नु हुन्न । श्रम नगरी खान पाईंदैन । श्रम गर्नका लागि शरीर स्वस्थ्य हुनु पर्यो । स्वस्थ्य शरीर नै एकप्रकारले सुखी जीवन हो इश्वरको बरदान हो ।

३. सुन्दर पत्नी : महाभारतमा महात्मा विदुरले भनेका छन्, सुन्दर श्रीमती हुनु पनि एक प्रकारको सुख हो । कारण घरमा सुन्दर पत्नी हुनाले तपाईंको ध्यान बाहिर भड्किदैन । घरमा श्रीमतीसँग हुने व्यवहारबाट तनाब मुक्त भएपछि तपाइको बाहिरीयासँग सम्बन्ध रहँदैन र अनेकौ समस्याबाट बच्न सक्नु हुन्छ । समयमा घरमा आइन्छ । आपसी छलफल र सद्व्यवहारबाट नै घर परिवार संचालन हुन सक्छ ।

४. मीठो बोल्ने पत्नी : सुन्दर त्यस पछि पनि मीठो बोल्ने श्रीमती पाउनु भनेको सुनमा सुगन्ध हो । त्यो पनि अर्को सुख हो । जसले नम्रता पूर्वक कुरा गरेर परिवारका हर सदस्यलाई सुख राख्न सक्छिन् । यदी नमीठो बोल्ने श्रीमती घरमा छन भने दिनहू घरमा विवाद भई रहन्छ र घरको वातावरण अशान्त हुन्छ । यसप्रकार कर्कशा श्रीमती हुनेको घरमा न परिवारले सुख पाउँछ न इष्टमित्र आउँछन् न छर छिमेकि । न उनीहरुको सहयोग प्राप्त हुन्छ ।

५. आज्ञाकारी पुत्र : वर्तमान समयमा सबैभन्दा ठूलो समस्या सन्तान हो । सन्तान यदी गलत बाटोमा लागे भने यसको दोष बुबा आमालाई पर्न जान्छ । सन्तान विद्वान् हुन भनेको ठूलो सुख हो । त्यसैले सन्तानको उच्च शिक्षाको लागि बाबु–आमाले आप्नो भएभरको सम्पत्ति लगाएर विदेशमा पठाउँछन् । कारण बुढेस कालमा सन्तान एकदम जरुरी हुन्छ । छोरो साथमा भएर पनि कुलतमा लागेको छ भने त्यो भने दुःखको कारण बन्दछ । तसर्थ जसको सन्तान आज्ञाकारी छन् उ सुखी हुन्छ । जसको सन्तान मुर्ख छ कुलतमा लागेको छ उ दुःखी । त्यसैले महात्मा विदुर– भन्छन् सज्जन सन्तान हुने जो कोहीले पनि दुख कहिल्यै भोग्नु पर्दैन ।

६. धन पैदा गर्ने विद्या : पैसा त आउँछ जान्छ यो एक नियम नै हो । कयौं पटक यस्तो पनि देखिएको छ कि कोही व्यक्ति कुनै दिन धनवान हुन्छ त केही दिनमै पैसा को लागि तड्पि रहेको हुन्छ । कोही मानिस आफ्नो भएको पैतृक सम्पत्ति अनियन्त्रित रुपले खर्च गर्छन । यस्तो स्थितिबाट बच्नको लागि तपाई सँग यस्तो ज्ञान हुनु प¥यो जसले भएको धन नष्ट पनि नहोस् र काम पनि बनोस् । यदि तपाईंसँग पैसा छैन तर कला छ भने तपाई त्यसप्रकारका कामहरू गर्न सक्नु हुन्छ । सम्मान पूर्वक जिवनयापन गर्न सक्नु हुन्छ ।

३० कटेपछि महिलाले अनिवार्य गराउनुपर्ने ५ परीक्षण, जानी राखौ

व्यस्त दिनचर्या, उमेरअनुसार शरीरमा हुने हर्मोन परिवर्तनका कारण महिलाको जीवन बढी जोखिममा हुन्छ।

पुरुषभन्दा महिलामा हर्मोन बढी मात्रामा गडबड हुने भएकाले पुरुषको तुलनामा महिला विभिन्न रोगबाट प्रभावित हुने गरेका हुन्।त्यसैले हरेक महिलाले आफ्नो स्वास्थ्यप्रति सचेत हुनु आवश्यक छ।

उमेरसँगै हर्मोनमा परिवर्तन आउने हुँदा महिला बढी प्रताडी हुनेगर्छन्।त्यसैले ३० वर्ष उमेर पार गरेका महिलालाई समय समयमा स्वास्थ्य जाँच गराउनुपर्ने विज्ञहरु सल्लाह दिन्छन्।

पछिल्लो समय कतिपय महिला पाठेघरको मुखको क्यान्सर,स्तन क्यान्सर, हड्डी खिइने,थाइराइडजस्ता रोगबाट ग्रसित हुने गरेका छन्।यस्ता रोग लागिसकेपछि नियन्त्रण गर्न र उपचार विधि पनि महंगो भएकाले यस्ता रोग लागेका महिला अकालमै ज्यान गुमाउन बाध्य छन्।

समयमै यस्ता रोगको परीक्षण गर्दा रोग लाग्नबाट बच्न सकिन्छ। यदि रोग लागिसकेको भएपनि समयमै उपचार गर्न सकिन्छ।परीक्षण महंगो पनि छैन। त्यसैले ३० वर्ष उमेर पार गरेका महिलाले यी ५ वटा टेस्ट गराउनु अतिआवश्यक छ।

मेमोग्राम : पछिल्लो समय महिलामा स्तन क्यान्सरको खतरा बढ्दै गएको छ।स्तन क्यान्सर तथा
ट्युमर परीक्षणका लागि विभिन्न विधि भएपनि मेमोग्राम सस्तो विधि मानिन्छ। यो विधिबाट स्तनको एक्सरे लिइन्छ।महिलामा ४० वर्ष उमेर कटिसकेपछि स्तन क्यान्सरको खतरा बढ्ने भएकाले विज्ञको सल्लाहअनुसार मेमोग्राम गराउनुपर्छ।

प्याप स्मेयर टेस्ट : पाठेघरको क्यान्सर पत्ता लगाउने विधि हो प्याम स्मेयर।स्तन क्यान्सरपछि देखिने रोगमा पर्छ पाठेघर मुखको क्यान्सर।प्याप स्मेयर एक साधारण परीक्षण हो। प्याप स्मेयर टेष्टमा महिलाको योनीबाट निश्चित मात्रामा कोशिका निकालेर परीक्षणका लागि ल्याबमा पठाइने गरिन्छ। यो जाँच गर्दा महिलालाई कुनै प्रकारको पीडा महसुस हुँदैन।तीन दशक पार गरेका महिलाले यो टेस्ट गराउनु जरुरी छ।

एचपीवी भाइरस टेस्ट : एचपीवी अर्थात् ह्युमन पेपिलोमा भाइरस एक निकै खतरनाक भाइरस हो।यो सबैभन्दा तीब्र रुपमा फैलने भाइरस हो। कतिपय स्थितिमा यो भाइरसबाट लाग्ने रोगको लक्षण पनि थाहा हुँदैन।प्रायजसो यौन सम्पर्कपछि यो भाइरस फैलने संभावना बढी रहन्छ।

थाइराइड टेस्ट : अनावश्यक तौल बढ्ने बित्तिकै शरीरमा हर्मोनको असन्तुलन हुन्छ।एक अध्ययनअनुसार पुरुषभन्दा महिलामा थाइराइडको समस्या दश गुणा बढी हुन्छ।स्वास्थ्य विज्ञका अनुसार थाइराइड हर्मोन मानव शरीरका लागि आवश्यक हुन्छ। तर यसको मात्रामा गडबड भएमा यसले रोगको रुप लिनेगर्छ। थाइराइडको प्रकारअनुसार उपचार विधि पनि फरक छ।त्यसैले प्रत्येक महिलाले थाइराड हर्मोनबारे स्वास्थ्य जाँच गराउनुपर्छ।

बोन डेन्सिटी टेस्ट : उमेरअनुसार हड्डीजन्य समस्या पनि देखापर्छन्। शरीरमा हड्डीको अवस्थाबारे पनि टेस्ट गराउन सकिन्छ।शरीरमा लाग्ने सानातिना चोटपटकले पनि हड्डी कमजोर बनाउनमा ठूलो भूमिका खेल्छन्।शरीरमा हड्डीको अवस्थाबारे थाहा पाउन बोन डेन्सिटी टेस्ट गराउनु आवश्यक छ।आजकाल गलत खानपानले २० वर्ष उमेर नपुग्दै महिलामा हड्डीको समस्या देखिने गरेको छ।त्यसैले सन्तुलित खानपान खानुका साथै समयमै हड्डीको अवस्थाबारे जाँच गराउनुपर्छ। एजेन्सीको सहयोगमा।

के तपाई पोर्न फिल्म हेर्नुहुन्छ ? सावधान ! यस्तो भयानक स्थिति आउला

अश्लिल चलचित्र हेर्नका लागि तपाई महत्वपूर्ण काम छाड्नु हुन्छ वा एकान्तमा बसेर फिल्म हेरेर समय विताउनुहुन्छ भने त्यो तपाईंको लागि घातक हुन सक्छ ।

एक अनुसन्धानका अनुसार जसले पोर्न फिल्मबढी मात्रामा हेर्छन् उनीहरुको जीवनमा रोमान्स कम हुँदै जान्छ । उनीहरुलाई डेट, कसैसँगको भेटघाट र रमाइलोले खासै असर पर्दैन । किन भने उनीहरुले यी सवैमा भन्दा पोर्न हेर्न मै आनन्दको महशुस गर्छन् ।

अनुसन्धानका अनुसार स्थिती त्यतिबेला खराब हुनसक्छ जब तपाईंलाई डेटिङमा जानुभन्दा पोर्न हेर्न राम्रो लाग्न थाल्छ । यस्तो अवस्थामा तपाईंको आत्मविश्वास खस्किने गर्दछ र तपाईं आफूलाई अरुभन्दा भिन्न पाउनुहुन्छ । यसले तपाईंको सम्बन्धमा नकारात्मक असर पुर्याइरहेको हुन्छ ।

३ सय ५० पुरुष र ३ सय ३६ महिलामाथि गरिएको यो सोध जर्नल अफ सेक्स रिसर्चमा प्रकाशित भएको थियो । आफूलाई चाहेर पनि पोर्न हेर्न रोक्न सक्नुहुन्न भने तपाईंलाई पोर्नको लत लागेको बुझ्नुपर्ने अनुसन्धानले बताएको छ । अनुसन्धान भन्छ, ‘स्थिती त्यतिबेला भयानक बन्ने गर्दछ जब तपाईंलाई पोर्न हेर्नु राम्रो होइन भन्ने थाहा हुँदा हुँदै पनि आफूलाई यसबाट टाढा राख्न सक्नुहुन्न । यस्तो स्थितीमा तपाईंको आत्मविश्वास खस्किन थाल्छ । ’

यदि तपाईंलाई पोर्न हेरेपछि हिनताबोधको भावना पैदा हुन्छ र तपाईं तनाव लिनुहुन्छ भने यसको प्रत्यक्ष असर तपाईंको सम्बन्धमा पर्ने गर्दछ । जसले तपाईको जीवन नै ववार्दद हुनसक्छ । एजेन्सी

दम्पतीबीचको उमेर कति वर्षले अन्तर हुनुपर्छ ? जानी राखौं

हाम्रो समाजमा श्रीमान् भन्दा श्रीमतीको उमेर कम हुन्छ । हामीकहाँ कुनै नव दुलाहका लागि दुलही खोज्दा तुलनात्मक रुपले कम उमेरकै खोजिन्छ । अर्थात दुलाहभन्दा दुलहीको उमेर कम हुनुपर्छ । पितृसतात्मक सोंच-चिन्तनले पनि यसमा काम गरेको हुनुपर्छ ।

अर्कोतिर युवतीहरु पनि आफुभन्दा बढी उमेरका पुरुषसँग दाम्पत्य जीवन विताउने अभिलाषा प्रकट गर्छन् । उनीहरु प्रेम गर्दा होस् वा विवाह गर्दा, आफुभन्दा बढी उमेरका पुरुषसँग गर्न चाहन्छन् । गरिरहेका हुन्छन् पनि । किन ?

किनभने अक्सर युवतीहरु पुरुषबाट सुरक्षा पनि खोज्छ । सामाजिक सुरक्षा, आर्थिक सुरक्षा । युवतीहरु चाहन्छन्, हुनेवाला श्रीमान् परिपक्क होस् । कामको हिसाबले, उमेरका हिसाबले, सोच चिन्तनका हिसाबले, व्यवहार हिसाबले परिपक्क होस् । महिलाहरुमा सुषुप्त रुपले रहेको यही आकंक्षाले पनि उनीहरु आफुभन्दा बढी उमेरका पुरुषसँग सम्बन्ध गाँस्न रुचाउँछन् ।

सायदै होलान्, श्रीमान् र श्रीमतीको उमेर बराबर भएको । धेरैजसो श्रीमतीको भन्दा श्रीमानकै उमेर बढी हुन्छ । तर, कति बढी ? यसको पनि कुनै सीमा छैन । कोही श्रीमान्-श्रीमती १ बर्षका जेठो-कान्छो हुनसक्छन् । कतिमा भने १० वा ११ बर्षको उमेर अन्तर हुनेगर्छ । यस किसिमको उमेर अन्तरले दाम्पत्य सुखमा केही असर गर्छ ?

किनभने विवाह एक यस्तो सम्बन्ध हो, जसमा श्रीमान् र श्रीमतीबीच खास तालमेल हुन जरुरी छ । नभए त प्रेमले जोडिएको यो सम्बन्धमा खटपट आउन सक्छ । अतः तालमेल मिलाउनका लागि उनीहरुको व्यवहार, कार्यशैली, ढंग, सोच, चिन्तन सबै कुरामा तालमेल मिल्नुपर्छ । अतः यस्तो कुरामा तालमेल मिल्नका लागि उमेर पनि जिम्मेवार हुन्छ ।

जस्तो एकजना परिपक्क र अर्को कच्चा छन् भने उनीहरुवीच खास तालमेल हुँदैन ।

जर्जिया एटलान्टाको एमोरी युनिभर्सिटीको अध्ययनकर्ताले यसै सम्बन्धमा एक अध्ययन गरेको थियो । त्यसमा तीन हजार दम्पतीले भाग लिएका थिए । उक्त अध्ययनको ध्येय थियो कि, के कारण दाम्पत्य जीवन लामो समयसम्म सुमधुर रहनछ । अध्ययनका क्रममा उमेर, जाति, पढाई, रोजगार, धर्म, आय, परिवारमा सदस्य संख्याको जानकारी लिइयो । यस किसिमको डाटाबाट अध्ययनलाई भरपर्दो बनाउनका लागि रिलेशनसिप र प्रेमको दृष्टिबाट निष्कर्ष निकाल्न सहज भयो । यो अध्ययन केवल यही कुरा पत्ता लगाउनका लािग गरिएको थियो कि के वास्तवमा सफल र लामो सम्बन्धका लागि पार्टनरबीचको एज ग्यापले कुनै अर्थ राख्छ ?

स्टडीलाई तीन हिस्सामा बिभाजन

यस स्टडीमा हासिल गरिएको जानकारीलाई तीन हिस्सामा विभाजन गरिएको थियो । पहिले, ति दम्पती जसको उमेर अन्तर एक बर्षभन्दा कम छ । यसरी उमेर अन्तर धेरै नहुनेको दाम्पत्य जीवन सुखमय हुन्छ । उनीहरुमा सम्बन्ध विच्छेद गर्ने संभावना अत्यान्तै कम हुन्छ ।

यसैगरी जुन दम्पतीको उमेर अन्तर पाँच बर्षको छ, उनीहरुको ब्रेकअप हुने संभावना १८ प्रतिशत रहन्छ । त्यसैगरी जुन दम्पतीको उमेर अन्तर १२ बर्षभन्दा बढी छ, उनीहरुको सम्बन्ध विच्छेद हुने संभावना अधिक रहन्छ ।

यसको निष्कर्ष के भने, दम्पतीबीच जति धेरै उमेर अन्तर हुन्छ उत्तिनै उनीहरुको सम्बन्धमा खटपट आउने र सम्बन्ध विच्छेद हुने संभावना बढ्छ । यसर्थ दाम्पत्य सुखका लागि श्रीमान् र श्रीमतीको उमेर अन्तर पनि कम हुनुपर्छ । एजेन्सी

बुवा र आमाले यौनसम्पर्क गरिरहेको प्राय थाहा पाइरहन्छु, तर…

बुवा र आमा यौनसम्पर्क गरिरहेको प्राय थाहा पाइरहन्छु कुनैबेला त देखेरपनि नदेखे जस्तो गर्नुपर्छ । जसको कारण मेरो मनमा उहाँहरु प्रति नराम्रो छाप बसेको छ । यसले गर्दा मलाई दिक्दार लाग्न थालेको छ । यो परिस्थितिमा म कसरी सफलता हासिल गर्नसक्छु ?

कतिपय परिवारमा अभिभावकहरु बीचको यस्तो यौन क्रियाकलापका गतिविधिहरु भएका हुन्छन र कतिपय छोराछोरीहरुले थाहा पाएका हुन्छन् । यो एक किसिमको खुल्ला गोपनीयता जस्तै हुने गरेको धेरै बालबालिकाले आफ्ना मिल्ने साथीहरुसँग गुनासो गरेको हुन्छन् । त्यस्तो अनुभव गरेको प्राय छोराछोरीहरुले यसलाई समान्य रुपमा नै लिएका हुन्छन् । तरपनि सबै बालबालिकाले अभिभावकहरुको यस्तो व्यवहार समान्य रुपमा स्वीकार्न सकेका हुदैनन ।

छोराछोरीहरु जो किशोरअवस्थामा पुग्न थाल्दछन, उनिहरुको शारीरिक मानसिक र संवेगात्मक परिवर्तनहरू तीव्र गतिले भइरहेको हुन्छ । सम्झनुहोस् त तपाई आजभन्दा २–४ वर्ष अघि कस्तो हुनुहुन्थ्यो ? शरीर सानो थियो होला । महिनावारी भर्खर शुरु भएको थियो होला । स्तन दुख्ने र विस्तै त्यो स्तन बढ्दै जान थाल्यो होला । यी परिवर्तहरू सँगै तपाईमा यौन आकर्षण वा यौन प्रतिको रुचि र त्यसलाई नजिकबाट नियालेर हेर्न खोज्ने स्वभाव विकास भएको हुनुपर्दछ । त्यसैले, तपाईले बाबा ममीले गरेको यौन क्रियाकलापको हेक्का राख्न थाल्नुभयो ।

अभिभावकहरुले यौनसम्पर्क गरेको थाहा पाउँदा तपाईलाई उहाँहरू प्रति घृणाभाव विकास हुनु पनि तपाईमा हुर्कदै गरेको यौन भावना र चाहानाको उपज हो । यसमा तपाईले दिक्क वा अप्ठयारो मान्नु भन्दापनि सहज र सामान्य रूपमा लिनु पर्छ । विर्सनु नहुने कुरा के भने तपाई हामी यदि हाम्रा आमबुबाले यौन सम्पर्क नगरेको भए जन्मिने नै थिएनौ । त्यसैले, स्वीकार्न पर्ने कुरा के हो भने जसका पनि आमाबुबाले यौनसम्पर्क गर्छन । बरु उनीहरूको यौन सम्पर्कलाई गोप्य राख्न र सहज बनाइदिन तपाईले गर्न सक्नेसम्मको मद्दत गर्नुपर्छ । नरिसाइकन अनुकुल वातावरण भएको समयमा राम्रोसँग कुरा गर्न सक्नुहुन्छ, छोरीले ममीसँग र छोराले बाबासँग कुरा गर्न कुनै अप्ठ्यारो मान्न पर्दैन । यौनका बारेमा खुलेर कुरा नगर्दा त्यसले सधैं नराम्रो असर पारिरहेको हुन्छ ।

बाबाममीको यौन कृयाकलापहरु तपाईले थाहा पाएको छैन भन्ने लागेको हुनसक्छ वा यदि थाहा पाएको छ भन्ने लागेको भएपनि तपाईले आफुलाई उहाँहरुको कृयाकलापका कारणले परेको समस्या यथार्थमा स्पष्टसँग भन्दा राम्रो हुन्छ किनकि कसरी गोपनीयता कायम गर्ने भन्ने उहाँहरु बीच पनि कुराकानी हुनपाउँछ ।

कुरा रह्यो तपाइलाई बुवाआमाको यौनसम्पर्कले गर्दा दिक्क लागेको कुरा, यो दिक्क मान्न पर्ने कुरा होइन । किनकि समाजले यसलाई लाजसरमको विषयबस्तुको रुपमा लिएको हुनाले हामीलाई पनि त्यसको प्रभाव परेको हो । यौन र यौनिकताका बारेमा हामीले कहिल्यै पनि सही जानाकारी नपाएको कारण र अझ त्यससम्बन्धी भ्रमहरु धेरै भएकाले दिक्क लागेको मात्र हो । श्रीमान श्रीमती बीचमा यौनसम्पर्क हुनु सामान्य कुरा हो । त्यसको समाधानको उपाय तपाईसँग मात्रै छ जुन अत्यान्तै सहज तरिकाले समाधान गर्नसक्नु हुन्छ । एजेन्सी

प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *