समाज

तिहारको आज दोस्रो दिन कुकुरलाई पुजा गरि मनाईदै

कात्तिक २०, काठमाडौ । यमपञ्चक वा तिहारको दोस्रो दिन आज कुकुर तिहार मनाइन्छ । कात्तिक कृष्ण चतुर्दशीको यस दिनलाई नरक चतुर्दशी पनि भनिन्छ । आजको दिन बिहानै जलाशयमा स्नान गरी सालको पातको टपरीमा दियो बालेर पूजा गरी जलमा बगाइन्छ यसो गर्नाले घनघोर मृत्युको अन्धकारबाट जीवात्माले मुक्ति पाउँछ भन्ने विश्वास छ । दिवंगत आत्माको मुक्तिको कामना […]

पत्रपत्रिकाबाट मुख्य समाचार

‘साइकलमन्त्री’ लालबाबु पण्डितसँग गाडीको लस्कर : देशकै प्रदूषित शहरमा काठमाडौं पहिलो

कात्तिक २०, काठमाडौं । संघीय राजधानी काठमाडौंबाट आज प्रकाशित राष्ट्रिय दैनिक पत्रिकामा जीप दुर्घटनामा १० जनाको मृत्यु भएकोदेखि कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेलले छुट्टै भेला बोलाएको, केन्द्र परिवर्तनको होडबाजीमा स्थानीय तह लागिपरेको सम्मका खबर समाचारले स्थान पाएका छन् । त्यसैगरी, देशकै प्रदूषित सहरमा काठमाडौं दरिएको, कतारसँग श्रम सम्झौता नवीकरणका लागि सरकारले तयारी थालेको, सरकारको प्रिन्टिङ […]

समाज

रिटायर्ड वन अधिकृतको कमाइ एक करोड ६० लाख, सम्पत्ति ३ करोड ५१ लाख (कसरि भय यत्रो सम्पति) ?

कार्तिक १९, काठमाडौँ । अख्तियार दुरूपयोग अनुसन्धान आयोगले अवकाशप्राप्त वन अधिकृत विनोदकुमार सिंहविरूद्ध विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको छ। सरकारी सेवामा रहँदा गैरकानुनी रूपमा १ करोड ९१ लाख रूपैयाँ सम्पत्ति आर्जन गरेकोले उनीविरूद्ध सोमबार विशेषमा मुद्दा चलाएको भन्दै अख्तियारले विज्ञप्ति जारी गरेको छ । अख्तियारका अनुसार सिंह र उनको परिवारका सदस्यहरूको चलअचल सम्पत्ति, शेयर […]

मुख्य समाचार समाज

सत्यनारायणको गोरखधन्दा : भारतबाट आफन्त बोलाउँदै, नागरिकता थमाउँदै

कात्तिक १९, मोरङ । भारतीय नागरिकले नेपाली नागरिकता बनाएको नौलो घटना होइन । तर, विराटनगर महानगरपालिका-१ का एक व्यक्तिले भने भारतमा रहेका आफन्तलाई नेपाल बोलाउने र छोराको नागरिकता बनाइदिने गोरखधन्दा नै चलाएको खुलेको छ । सातौं छोराका रुपमा नागरिकता बनाउने क्रममा उनी हालै मात्र पक्राउ परेका छन् । उनी हुन्, ५५ बर्षीय सत्यनारायण पोद्दार । […]

समाज

अब पद्मरत्न तुलाधर सम्झनामा मात्रै, नेवारी परम्पराअनुसार अन्त्येष्टि गरियो

कार्तिक १९, काठमाडौं । आइतबार निधन भएका पूर्व मन्त्री एवम् वरिष्ठ वामपन्थी नेता पद्मरत्न तुलाधरको सोमबार अन्त्येष्टि गरिएको छ । तुलाधरको काठमाडौको शोभाभगवतीमा नेवारी परम्पराअनुसार अन्त्येष्टि गरिएको हो अन्त्यष्टिअघि लाजिम्पाटस्थित तुलाधरको निवासबाट शवयात्रा निकालिएको थियो । कमलाक्षी, असन, बांगेमुढा, असन हुँदै शोभाभगवती पुर्याएर कर्णदीपमा अन्त्यष्टि गरिएको हो । यसअघि उनको पार्थिव शरिरलाई अन्तिम श्रद्धाञ्जलीका लागि लाजिम्पाटस्थित […]

अर्थ/विकास समाज

दाङमा मंसीर देखि १३२ केभि प्रशारण लाईन संचालन हुने : तयारी एस्तो !

कात्तिक १९, दाङ । दाङको लमही–घोराही १३२ केभि प्रसारण लाईन आयोजना मंसीर देखि सञ्चालनमा आउने भएको छ । नेपाल विद्युत प्राधिकरणले निर्माण गरिरहेको प्रसारण लाइन आयोजना मंसीरमा पुरा हुन लागेको हो ।३८ वटा टावर निर्माण गर्नुपर्नेमा ३६ वटा टावर निर्माण पूरा भईसकेको छ भने दुई वटा टावर निर्माणको काम अन्तिम चरणमा पुगेको आयोजना प्रमुख दीपक […]

मुख्य समाचार समाज

पाठ्यक्रम विकास केन्द्रका लेखापाल घुससहित पक्राउ

कात्तिक १९, काठमाडौं । प्रहरीले पाठ्यक्रम विकास केन्द्र, सानो ठिमीका लेखापाल (लायब सुब्बा) गुणराज दाहाललाई घुससहित पक्राउ गरेको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोग, टंगालबाट खटिएको प्रहरी टोलीले २५ हजार रुपैयाँ घुससहित उनलाई पक्राउ गरेको हो । आयोगका प्रवक्ता रामेश्वर दंगालले दाहाललाई काठमाडौं–५, गहनापोखरीस्थित भाञ्जा क्याफे अगाडिबाट पक्राउ गरिएको पुष्टि गरे । ‘राष्ट्रिय बहिरा महासंघ […]

मुख्य समाचार समाज

बोक्सी आरोपमा कुटपिट: ५० हजार जरिवाना, ५० हजारको भोज पञ्च भलादमीको निर्णय

जनकपुरधाम : बोक्सी आरोप लगाउँदै धनुषामा एक महिलालाई निर्घात कुटपिट गरिएको छ । गाउँका पञ्च भलादमीले उनलाई ५० हजार रुपैयाँको भोज खुवाउन र ५० हजार रुपैयाँ जरिवानासमेत गरेका छन् । जिल्लाको धनौजी गाउँपालिका–२ कि ३० वर्षीया मन्तोरियादेवी मण्डललाई जेठाजु इन्दल मण्डल, जेठानी मानकी, भतिजीहरू र घरपरिवारका सदस्यले नै एक वर्षदेखि बोक्सी भन्दै गाली बेइज्जती र […]

मुख्य समाचार समाज

हिन्दु धर्मलाई गाली गर्दै ईसाईको प्रचार गरिरहेका जापानीसहित चारजना पक्राउ

बुटवल : धर्म परिवर्तन गर्ने उद्देश्यले ईसाई धर्म प्रचार गर्दै हिडेको आरोपमा दुई जापानी महिलासहित चारजना महिला बुटवलबाट पक्राउ परेका छन् । बुटवल–१४ पदमपुर क्षेत्रको सुकुम्बासी बस्तीमा बाइबल ग्रन्थ र प्रचारक पुस्तक बोकेर उनीहरु धर्म प्रचारमा हिँडेका थिए । हिन्दु धर्मको कडा आलोचना गर्दै भ्रम छरेको भेटिएपछि स्थानीयबासीले ती महिलालाई पक्राउ गरी प्रहरीलाई बुझाएका हुन् […]

मुख्य समाचार समाज

‘लेडी डन’को यस्तो माया जाल ‘पेस्तोल व्यवस्थापनदेखि सुटरलाई सेल्टरसम्म’

काठमाडौं : नेपाल निर्माण व्यवसायी महासंघका अध्यक्ष शरद कुमार गौचनमाथि गोली प्रहार गरी हत्या गरेको घटनामा प्रहरीले गुन्डा नाइके समिरमानसिंह बस्न्यातकी पत्नी माया शेरचन बस्नेतलाई पक्राउ गरेको छ । गौचन हत्याका लागि ‘सार्पसुटर’ अम्बर बहादुर रानालाई हतियार व्यवस्थापन गरेको अभियोगमा माया पक्राउ परेकी हुन्। महानगरीय प्रहरी अपराध महाशाखाका अनुसार गत साता पक्राउ परेका रानाले गौचन […]