शिवु खनाल/३, दाङ । जबर्जस्ती करणीको प्रयास गर्ने एक ब्यक्ति पक्राउ परेका छन् ।
एक महिना अघि अमिलियामा दुई युवतीलाई जागिर लगाईदिन्छु भनि लमही नगरपालिका वडा नम्बर ९ कालिखोला देखि सडक छेउको वनमा जबर्जस्ती करणीको प्रयास गर्ने बोधराज विक पुर्पक्षका लागि कारागार चलान भएका छन् ।
गएको साउन २ गते अमेलिया खानेपानीमा जागिर लाईदिन्छु भन्दै दुई युवतीलाई लमही अमेलिया सडक खण्ड अन्र्तगत कालिखोलाको वनमा बोलाएर जबर्जस्ती करणीको प्रयास भएको पीडित युवतीले बताए ।
जबर्जस्तीको प्रयास गर्ने तुलसीपुर उप–माहानगरपालिका वडा नम्बर १४ भोजपुर निवासी १८ वर्षीय बोधराज विक कारागार चलान भएका हुन् भने सोही ठाउँ निवासी ३३ वर्षीय अर्का अभियुक्त बिष्णु विक फरार छन् ।
फरार अभियुक्त बिकको खोजी कार्य जारी रहेको लमही प्रहरीले जानकारी दिएको छ ।
-तुलसीपुर अनलाइनबाट