मुख्य समाचार समाज

दाङमा मोटरसाईकलको ठक्करबाट गम्भीर घाइते महिलाको उपचारका क्रममा निधन

माघ २६, दाङ । मोटरसाईकलको ठक्करबाट गम्भिर घाईते भएकी एक महिलाको उपचारको क्रममा ज्यान गएको छ ।

मोटरसाईकलको ठक्करबाट घाईते भएकी तुलसीपुर १७ मानपुर निवासी ६५ बर्षिया छोटकनिया चौधरीको नेपालगंज नर्सिङहोम अस्पतालमा उपचारको क्रममा
शनिवार विहान सवा नौ बजेतिर निधन भएको जिल्ला प्रहरी कार्यालय दाङले जानकारी दिएको छ ।

उनलाई गत माघ २ गते मानपुर नजिकै साँझ साढे सात बजेतिर बिजौरी बाट मानपुर तर्फ जाँदै गरेको रा ३ प ९११६ नम्वरको मोटरसाइकलले ठक्कर दिएको थियो ।

ठक्कर दिने मोटरसाइकल र चालकलाई इलाका प्रहरी कार्यालय तुलसीपुरले नियन्त्रणमा लिएको छ ।

 

बस र अटो रिक्सा ठोकिदा दाङमा एकको मृत्यू, ३ जना घाइते

दाङमा शुक्रबार बस र अटो रिक्सा ठोकिदा एक जनाको मृत्यु भएको छ भने ३ जना घाइते भएका छन् ।

जिल्ला प्रहरी कार्यालय दाङले घोराही उप–महानगरपालिका १७ कटुवाखोला स्थित बसले अटोलाई ठक्कर दिदा अटोमा सवार घोराही उप–महानगरपालिका–१८ गिठेपानी बस्ने बर्ष ५३ कि मङगली बिकको उपचारको क्रममा मृत्यू भएको जानकारी दिएको छ।

घोराहीबाट लमहीतर्फ जादै गरेको ना ६ ख १५३३ नम्वरको बसले रा १ ह २४३३ नम्वरको अटोलाई ठक्कर दिदा अटोमा सवार बिकलाई ठक्कर दिएको थियो । अन्य ३ जना घाइतेको राप्ति स्वास्थ्य विज्ञान प्रतिष्ठान घोराहीमा उपचार भईरहेको प्रहरीले जनाएको छ ।