मुख्य समाचार समाज

२ सय ५५ जना यात्रु सवार जहाजले आकाशमा १० पटकभन्दा बढी फन्को लगाउँदा…

चैत १९ काठमाडौं । गत आइतबार दिउँसो ३: ५५ मा नेपाल एयरलाइन्सको जहाज इन्दिरा गान्धी अन्तर्राष्ट्रिय विमानस्थलबाट काठमाडौंका लागि उडेको थियो।

यो खबर नेपाललाइभमा छ, अन्नपूर्ण नाम दिएइको कलसाइन नाइन एन एएलवाई ए३३०–२०० जहाजमा २ सय ५५ जना यात्रु सवार दिए । उक्त जहाज नेपाल एयरलाइन्सका अनुभवी तथा वरिष्ठ पाइलट श्रवण रिजालको कमान्डमा थियो। जहाजमा को–पाइलटको भूमिकामा थिए रमन घिमिरे।

जहाज जब नेपालको सिमराको आकाशमा थियो, एक्कासि मौसम खराब भएको सूचना आफूले पाएको पाइलट रिजालले बताए।

के भएको थियो? पाइलट श्रवण रिजालकै शब्दमा:

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल टावरबाट मौसम खराब भएको सूचना भइसकेको थियो। टावरको सूचनासँगै सिमरा क्षेत्रको मौसम केही हामीले पनि थाहा पाइसकेका थियौं। मौसम खराब भएका कारण जहाज काठमाडौं विमानस्थलका ल्यान्ड गर्न जान सक्ने अवस्था थिएन।

मौसम खराब भएको सूचना पाउनासाथ जहाजलाई सिमरा पूर्वतिरको आकाशमै होल्ड गर्न थालेँ। बिस्तारै रात पर्दै थियो। जहाजले १० फन्कोभन्दा बढी लगाइसकेको थियो। जहाजमा सवार यात्रुमा त्रास पनि सुरु भएको थियो।

सिमरापूर्वको क्षेत्रमा मौसम खराब थिएन। जहाज पनि बादलमा छिरेको थिएन। तर, रातको समयमा जहाजको लाइटका कारण यात्रुले बादलको छायाँ नजिकै भएको अनुभूत गरेका थिए। कतिपय यात्रुले बान्ता गरेको सूचना ककपिटमा भइसकेको थियो।

आकाशका ३ घन्टासम्म होल्ड गर्न पुग्ने इन्धन पनि थियो। हामीलाई तत्काल नै जहाज डाइभर्ट गरेर अन्य विमानस्थलका जानुपर्ने अवस्था थिएन। हामीले जहाज आकाशमै होल्ड गरिरहेका थियौं। जहाज १ घन्टा १० मिनेटभन्दा बढी होल्ड भइसकेको थियो। यही समयमा टावरका अन्य जहाज डाइभर्ट भएको सूचना हामीले पाइरहेका थियौं। तर, हामीसँग आवश्यक इन्धन भएका कारण मौसम खुले पनि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमै ल्यान्ड गर्ने तयारीमा थियो।

विमानस्थल कार्यालयले मौसम खुलेको सूचना दिएपछि पनि हामीले जहाज सिमरापूर्वकै आकाशमा फन्को मारिरह्यौं। मौसम सुधार हुँदै गएपछि हामी जहाज ल्यान्डका लागि काठमाौंतर्फ लागेका थियौं। काठमाडौंतर्फ लाग्दैगर्दाै जहाज तीन मिनेट हल्लिएको थियो। जहाज नर्मल (लाइट एप्रोच) मा भने थिएन। मोडरेट एप्रोचमा थियो। यो समान्यभन्दा केही असहज अवस्था भने हो। तर, गुराँसेबाट काठमाडौं छिर्दै गर्दा उपत्यकाको मौसम पनि अति नै राम्रो थियो।

हामीले सवधानीका साथ विमानस्थलमै ल्यान्ड गर्न सफल भयौं। जहाज दिल्लीबाट उडेको करिब ३ घन्टापछि मात्रै ल्यान्ड भएको थियो। दिल्ली–काठमाडौंको उडान एक घन्टा १५ मिनेटको हो।